काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनीहरु चैत १५ गते राति नै पक्राउ परेका हुन् ।
उनीहरुमाथि तीनकुनेमा प्रदर्शनकारीलाई उत्तेजित बनाएर नीजि तथा सार्वजनिक सम्पत्ति तोडफोड गरेको र मानिसको मृत्यु हुने अवस्था सिर्जना गरेको आरोप छ । उनीहरुलाई प्रहरीले राज्यबिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
मिश्र र जवरालाई प्रहरीले सँगै राखेको छ । डा. धवलशमशेर क्यान्सरका विरामी हुन् । पार्टीका नेता कार्यकर्तासँग भेटघाट र आपसमा कुरा गरेर उनीहरु हिरासमा दिन कटाउँछन् ।
दुवैजना मांसाहारी हुन् । हिरासतका अरु थुनुवालाई तयार गरेको खाना दुवै जना खाँदैनन् । आफ्नो इच्छाअनुसार प्रहरीको क्यान्टिनमा खाना अर्डर गर्छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृत भन्छन्, ‘दुवैजना मासु र रोटी खान्छन् ।’
जवरा चाहिँ बेलाबेला स्याउ र काजु खान्छन् । ति अधिकृत भन्छन्, ‘जबराले भनेअनुसार स्याउ र काजु पनि उपलब्ध गराएका छौं ।’ सामान्य पानीले स्वास्थ्य समस्या हुनसक्ने भन्दै उनीहरुले नियमित ‘मिनरल वाटर’ प्रयोग गर्ने गरेका छन् ।
हिरासतको एउटै कोठामा बस्ने उनीहरुलाई भेट्न राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, डा। प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा, ज्ञानेन्द्र शाही र जयन्द्र चन्दले भेटघाट गरेका छन् ।
प्रहरीले उनीहरुलाई शनिबारसम्म छुट्टाछुट्टै राखेको थियो । तर, मिश्रले आफुलाई सामान्य थुनुवासँग राखिएको भनेर गुनासो गरे । अधिकृतहरुसँग उनले भनेका थिए, ‘घुरेर सुत्नै सकिँन, साह्रै भयो ।’
गुनासो गरेपछि प्रहरीले दुवैजनालाई एउटै कोठामा राखेको छ । उनीहरुलाई ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । उनीहरुसँगै ११ जनालाई राज्यबिरुद्धको कसुर र ३० जनालाई आपराधिक उपद्रवसहितको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: