Ntc summer Offer
Khabar Dabali २६ चैत्र २०८१ मंगलवार | 8th April, 2025 Tue
Investment bank

तीनकुने घटनामा संलग्न थप सातजना प्रहरी नियन्त्रणमा, ६६ पुग्यो पक्राउपर्नेको संख्या

खबरडबली संवाददाता

काठमाडौं ।  काठमाडौंको तीनकुनेमा गत शुक्रबार भएको प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न थप सातजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पक्राउ परेका व्यक्तिहरूमध्ये १ जनालाई राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी अभियोगमा तथा ६ जनालाई उपद्रव कसुरमा पक्राउ गरिएको हो ।

राज्यविरुद्धको कसुरमा रूपन्देही, देवदह नगरपालिका–९ घर भएका ४७ वर्षीय प्रेम थापा मगर पक्राउ परेका छन् ।

अपराधिक उपद्रव कसुरमा झापा गौरादह नगरपालिका–१ का २१ वर्षीय समीर मगर, रामेछाप सुनापति गाउँपालिका–१ का २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङ फुलुङ नगरपालिका–३ का २३ वर्षीय सुशिल बराल पक्राउ परेका छन् ।

त्यसैगरी, नुवाकोट बेलकोटगढी नगरपालिका–७ का २७ वर्षीय रमेश राई, अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही र संखुवासभा पाँचखपन नगरपालिका–२ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३९ वर्षीय मुकुन्द दहाललाई पनि पक्राउ गरिएको छ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि मंगलबार तीनकुने घटनामा प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो । त्यसअघि पक्राउ परेका ४१ जनासहित हालसम्म तीनकुने घटनामा संलग्न भएको आरोपमा ६६ जना पक्राउ परिसकेका छन् ।

काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि पक्राउ परेकाहरूको म्याद ७ दिन थप गरिएको प्रहरीले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजावादी शक्तिहरुकाे साथमा राप्रपाको प्रदर्शन, सीसी क्यामेरा र ड्रोनबाट निगरानी

२ हजार प्रहरी परिचालनकाे तयारी

दुर्गा प्रसाईंका दाइ पक्राउ

काठमाडौं । सोमबार दुर्गा प्रसाईंका दाइ राकेश  प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।  उनलाई   चैत १...

आईएनसीको आयोजनामा क्यान्सर सचेतना र सम्मान समारोह सम्पन्न

काठमाडौं । इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय...

भैरहवामा ‘महिला लेजेण्ड टी–२० सिरिज’ सुरु, सन् २००९ टिम विजयी

भैरहवा  । रुपन्देहीको भैरहवामा मुलुकमै पहिलोपटक पूर्व महिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सुरु भएको छ । नेपालमा पुरुष लेजेण्ड...

भैरहवामा ‘महिला लेजेण्ड टी–२० सिरिज’ सुरु, सन् २००९ टिम विजयी

भैरहवा  । रुपन्देहीको भैरहवामा मुलुकमै पहिलोपटक पूर्व महिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सुरु भएको छ । नेपालमा पुरुष लेजेण्ड...

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमक...

माओवादीमा एक तह बढुवा रोकिएपछि विद्यार्थी नेता आक्रोशित

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)का अवकाशप्राप्त नेताहरूको पार्टीभित्र एक तह बढुवा सिफारिस स्थगित गरिएकोमा विद्यार्थी नेताहरूले चर्को असन्तुष्टि ...

तीनकुने घटनामा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ

ट्राफिक लाइट तोडफोड गरेको आरोपमा कुमार तामाङ पनि पक्राउ

मापदण्ड विपरीतका सवारीलाई रोक लगाउँदै यातायात मन्त्रालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृहमन्त्रालयसँग समन्वय गरि मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन्...

वायु प्रदूषणले हवाई उडान प्रभावित हुँदा विमानस्थलमा यात्रु अलपत्र

काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न सहरमा उच्च वायुप्रदूषका कारण हवाई उडान प्रभावित भएको छ। प्रदूषणबाट धेरै प्रभावित काठमाडौंको त्रिभुवन अन्तर्र...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy