बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठुला दल मिलेर बनेको वर्तमान सरकार अंक गणितको हिसाबले बलियो भएपनि जनताको भरोसा र विश्वास आर्जन गर्ने विषयमा चुकेको बताएका छन् । महामन्त्री थापाले जनताको भरोसा आर्जन गर्ने विषयमा सरकारले कामको गति अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय सम्मेलनको बुधवार रुपन्देहीको कञ्चन गाउँपालिका ३ रुद्रपुरमा उदघाटन गर्दै महामन्त्री थापाले कांग्रेस र एमालेको गठबन्धनबाट वनेको सरकार बलियोमात्रै भएर पुग्दैन, जनताको विश्वास आर्जन गर्ने गरी काम गर्न आग्रह गरेका हुन् ।
महामन्त्री थापाले भने–सरकारको कामको गति मिलेको छैन, अव जनताले सरकारबाट हुने सेवाबाट सन्तुष्ट गरि कामलाई अघि बढाउनुपर्दछ ।’
उनले पछिल्लोसमय जनतामा आक्रोश बढिरहेको र राजाबादी समूहले जनतामा रहेको असन्तुष्टीलाई दुरुपयोग गर्ने गरी आगोमा घिउ थप्ने काम गरिरहेको बताए। देशको स्थायित्वका लागि संविधान संशोधनको आवश्यकता औंल्याउँदै महामन्त्री थापाले अव संघ र प्रदेशमा मन्त्रीको संख्या घटाउनु पर्ने र प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गराउने व्यवस्था गर्नुपर्ने धारणा राखे।
थापाले भने– संघ र प्रदेशमा यति धेरै मन्त्री चाहिएको छैन, प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गराएर बढीमा ५ सदस्यीय मन्त्री परिषद बनाऔं भने । नेपाली कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले जनतामा रहेको असन्तुष्टि सम्बोधन गर्ने गरी र देशको आवश्यकतालाई हेरेर संविधानमा पनि संशोधन गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले देशमा विकास भएको छ तर जनताले सोचे र खोजे अनुसारको विकास नभएको कारण असन्तुष्टि बढेकोले अव विकासको गति बढाउनु पर्नेमा जोड दिए ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाही नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण नेपाली कांग्रेस रुपन्देहीका उपसभापति डा। अनिता शाह, बसिउद्धिन खांन, फकुरद्धिन खांन कंचन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल कंचनका सभापति देवीराम रेग्मी नेविसंघका प्रकाश उपाध्याय राम बहादुर थापा सचिव कृष्ण प्रसाद शर्मा लगायतले बोल्दै नेपाली कांग्रेसको संगठन सुदृढीकरण गरेर ०८४ को निर्वाचनबाट ठूलो पार्टी बनाउने संकल्प गर्नुपर्ने बताएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: