बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठुला दल मिलेर बनेको वर्तमान सरकार अंक गणितको हिसाबले बलियो भएपनि जनताको भरोसा र विश्वास आर्जन गर्ने विषयमा चुकेको बताएका छन् । महामन्त्री थापाले जनताको भरोसा आर्जन गर्ने विषयमा सरकारले कामको गति अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय सम्मेलनको बुधवार रुपन्देहीको कञ्चन गाउँपालिका ३ रुद्रपुरमा उदघाटन गर्दै महामन्त्री थापाले कांग्रेस र एमालेको गठबन्धनबाट वनेको सरकार बलियोमात्रै भएर पुग्दैन, जनताको विश्वास आर्जन गर्ने गरी काम गर्न आग्रह गरेका हुन् ।
महामन्त्री थापाले भने–सरकारको कामको गति मिलेको छैन, अव जनताले सरकारबाट हुने सेवाबाट सन्तुष्ट गरि कामलाई अघि बढाउनुपर्दछ ।’
उनले पछिल्लोसमय जनतामा आक्रोश बढिरहेको र राजाबादी समूहले जनतामा रहेको असन्तुष्टीलाई दुरुपयोग गर्ने गरी आगोमा घिउ थप्ने काम गरिरहेको बताए। देशको स्थायित्वका लागि संविधान संशोधनको आवश्यकता औंल्याउँदै महामन्त्री थापाले अव संघ र प्रदेशमा मन्त्रीको संख्या घटाउनु पर्ने र प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गराउने व्यवस्था गर्नुपर्ने धारणा राखे।
थापाले भने– संघ र प्रदेशमा यति धेरै मन्त्री चाहिएको छैन, प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गराएर बढीमा ५ सदस्यीय मन्त्री परिषद बनाऔं भने । नेपाली कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले जनतामा रहेको असन्तुष्टि सम्बोधन गर्ने गरी र देशको आवश्यकतालाई हेरेर संविधानमा पनि संशोधन गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले देशमा विकास भएको छ तर जनताले सोचे र खोजे अनुसारको विकास नभएको कारण असन्तुष्टि बढेकोले अव विकासको गति बढाउनु पर्नेमा जोड दिए ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाही नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण नेपाली कांग्रेस रुपन्देहीका उपसभापति डा। अनिता शाह, बसिउद्धिन खांन, फकुरद्धिन खांन कंचन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल कंचनका सभापति देवीराम रेग्मी नेविसंघका प्रकाश उपाध्याय राम बहादुर थापा सचिव कृष्ण प्रसाद शर्मा लगायतले बोल्दै नेपाली कांग्रेसको संगठन सुदृढीकरण गरेर ०८४ को निर्वाचनबाट ठूलो पार्टी बनाउने संकल्प गर्नुपर्ने बताएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: