Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

यसपालिको बर्खामा पनि उपत्यकामा मेलम्चीको पानी नियमित आउने

खबरडबली संवाददाता

काठमाडौं । मेलम्चीबाट वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी आउने भएको छ । अस्थायी रुपमा हिउँदमा मात्रै आएको मेलम्ची आयोजनाको पानी बर्खाको समयमा पनि नियमित आउने भएको हो।

२०७७ बाट काठमाडौंमा अस्थायी रुपमा पानी ल्याउन थालिएको थियो । २०७८ असार १ गते मेलम्चीमा आएको बाढीले ९० प्रतिशत काम सकिएको ‘इन्टेक’मा पूर्ण क्षति पुगेको थियो।  खानेपानी मन्त्रालयबाट भएको अध्ययनबाट पुरानो इन्टेक काम नलाग्ने र नयाँ बनाउनुपर्ने अध्ययनले देखाएको छ। नयाँ संरचना नबन्दासम्म अस्थायी रुपमै नियमित पानी ल्याउने मन्त्रालयले जनाएको छ। 

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले आउने वर्षातमा मेलम्चीको पानी बन्द नहुने बताए। ‘हिउँदमा मात्रै आउने मेलम्ची खानेपानी अब बर्खामा पनि आउँछ’, सहसचिव दुवाडीले भने, ‘अहिलेको तुलनामा स्रोत केही कम हुनसक्छ तर विगतका वर्षमा जस्तो पानी पूर्ण रुपमा बन्द हुँदैन।’

मेलम्ची खानेपानी बोर्डका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र बहादुर पन्तले अस्थायी रुपमा पानी नियमित ल्याउने योजना रहेको बताए।  ‘नयाँ कुनै संरचना बनेको छैन। अस्थायी रूपमै काठमाडौंका नियमित पानी ल्याउने योजना छ’, पन्तले भने, ‘वर्षातको समयमा सहायक स्रोतहरु थप गरी सुन्दरीजलमा पानी ल्याउने तयारी छ।’

उनले नयाँ संरचना नबन्दासम्म अस्थायी रुपमा पानी ल्याउने बताए। मेलम्चीबाट करिब दैनिक २० करोड लिटर पानी ल्याइरहेको थियो । चैतको सुख्खायाममा मुहानमा पानीको मात्र कमी भएकाले हाल दैनिक १७ करोड लिटर पानी आइरहेको छ। 

‘नयाँ इन्टेक बनाउनको लागि आर्थिक स्रोत जुटाउनुपर्छ’, पन्तले भने, ‘पुरानो इन्टेकको सट्टा नयाँ बनाउनुपर्छ। थप अध्ययन गरी निर्माण गर्न अझै ४–५ वर्ष तयार हुँदैन।’

२०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना पूरा नहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीबाट काठमाडौंमा उद्घाटन गराएका थिए।  मेलम्चीको पानी आउने विभिन्न ठाउँमा धारा बनाए पनि नियमित रुपमा आउनसकेको छैन। 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending