काठमाडौं । मेलम्चीबाट वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी आउने भएको छ । अस्थायी रुपमा हिउँदमा मात्रै आएको मेलम्ची आयोजनाको पानी बर्खाको समयमा पनि नियमित आउने भएको हो।
२०७७ बाट काठमाडौंमा अस्थायी रुपमा पानी ल्याउन थालिएको थियो । २०७८ असार १ गते मेलम्चीमा आएको बाढीले ९० प्रतिशत काम सकिएको ‘इन्टेक’मा पूर्ण क्षति पुगेको थियो। खानेपानी मन्त्रालयबाट भएको अध्ययनबाट पुरानो इन्टेक काम नलाग्ने र नयाँ बनाउनुपर्ने अध्ययनले देखाएको छ। नयाँ संरचना नबन्दासम्म अस्थायी रुपमै नियमित पानी ल्याउने मन्त्रालयले जनाएको छ।
खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले आउने वर्षातमा मेलम्चीको पानी बन्द नहुने बताए। ‘हिउँदमा मात्रै आउने मेलम्ची खानेपानी अब बर्खामा पनि आउँछ’, सहसचिव दुवाडीले भने, ‘अहिलेको तुलनामा स्रोत केही कम हुनसक्छ तर विगतका वर्षमा जस्तो पानी पूर्ण रुपमा बन्द हुँदैन।’
मेलम्ची खानेपानी बोर्डका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र बहादुर पन्तले अस्थायी रुपमा पानी नियमित ल्याउने योजना रहेको बताए। ‘नयाँ कुनै संरचना बनेको छैन। अस्थायी रूपमै काठमाडौंका नियमित पानी ल्याउने योजना छ’, पन्तले भने, ‘वर्षातको समयमा सहायक स्रोतहरु थप गरी सुन्दरीजलमा पानी ल्याउने तयारी छ।’
उनले नयाँ संरचना नबन्दासम्म अस्थायी रुपमा पानी ल्याउने बताए। मेलम्चीबाट करिब दैनिक २० करोड लिटर पानी ल्याइरहेको थियो । चैतको सुख्खायाममा मुहानमा पानीको मात्र कमी भएकाले हाल दैनिक १७ करोड लिटर पानी आइरहेको छ।
‘नयाँ इन्टेक बनाउनको लागि आर्थिक स्रोत जुटाउनुपर्छ’, पन्तले भने, ‘पुरानो इन्टेकको सट्टा नयाँ बनाउनुपर्छ। थप अध्ययन गरी निर्माण गर्न अझै ४–५ वर्ष तयार हुँदैन।’
२०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना पूरा नहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीबाट काठमाडौंमा उद्घाटन गराएका थिए। मेलम्चीको पानी आउने विभिन्न ठाउँमा धारा बनाए पनि नियमित रुपमा आउनसकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: