Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

रौतहटबाट काठमाडौं आउँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा १० जना घाइते, तीनजनाको अवस्था गम्भिर

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतसेमा सुमो दुर्घटना भएको छ  । दुर्घटनामा  १० जना घाइते भएका प्रहरीले जनाएको छ ।

रौतहटको गौरबाट काठमाडौं आउँदै गरेको सुमो आज दिउँसो दुर्घटना इन्द्रसरोवर–२ बतासे भन्ने ठाउँमा दुर्घटनामा परेको हो । भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खण्ड स्थित बतासेमा ना १ ज ५४८५ नम्बरको सुमो ब्रेक फेल हुँदा सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेहरूमा रौतहटको गुजरा नगरपालिका–५ का २१ वर्षीय मिरशन आलम, सोही स्थानका ५५ वर्षीय मुस्ताख अहमद र रौतहटकै इशनाथ नगरपालिकाका ३६ वर्षीय हरशे आलम मन्सुर रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

मिरशन आलम र मुस्ताख अहमद दुवै जनालाई टाउकोमा गम्भीर चोट लागेको छ भने हरशे आलम मन्सुरको अवस्थासमेत गम्भीर रहेको उनले बताए।

यस्तै, अन्य घाइते हुनेहरूमा रौतहटको गुजरा नगरपालिका–४ का १७ वर्षीय मशरुदिन आलम, इशनाथ नगरपालिकाका १९ वर्षीय असमल आलम, गुजरा नगरपालिका–४ का १३ वर्षीय सलिम अन्सारी र गुजरा नगरपालिका–३ की १८ वर्षीय अजुमा खातुन रहेका छन्। मशरुदिन आलमको दाहिने कुममा चोट लागेको छ भने असमल आलम र सलिम अन्सारीलाई शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ। अजुमा खातुनको दाहिने कुइनोमा चोट लागेको बताइएको छ।

यसैगरी, सवारी धनी र एक अन्य घाइते युवकको परिचय खुल्न नसकेको भए पनि उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ । घाइतेहरूको उपचारका लागि काठमाडौँ पठाइएको छ भने सुमो चालक रौतहटको गुजरा नगरपालिका–४ बस्ने २३ वर्षीय चालक राजन चौधरी समेत सामान्य घाइते भएका छन्। उनी प्रहरीको निगरानीमा उपचारत रहेको मकवानपुर प्रहरीले जनाएको छ। 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुमो चालक प्रहरी चौकी खानीखेतको सम्पर्कमा रहेको उनले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending