Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

रौतहटबाट काठमाडौं आउँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा १० जना घाइते, तीनजनाको अवस्था गम्भिर

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतसेमा सुमो दुर्घटना भएको छ  । दुर्घटनामा  १० जना घाइते भएका प्रहरीले जनाएको छ ।

रौतहटको गौरबाट काठमाडौं आउँदै गरेको सुमो आज दिउँसो दुर्घटना इन्द्रसरोवर–२ बतासे भन्ने ठाउँमा दुर्घटनामा परेको हो । भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खण्ड स्थित बतासेमा ना १ ज ५४८५ नम्बरको सुमो ब्रेक फेल हुँदा सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेहरूमा रौतहटको गुजरा नगरपालिका–५ का २१ वर्षीय मिरशन आलम, सोही स्थानका ५५ वर्षीय मुस्ताख अहमद र रौतहटकै इशनाथ नगरपालिकाका ३६ वर्षीय हरशे आलम मन्सुर रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

मिरशन आलम र मुस्ताख अहमद दुवै जनालाई टाउकोमा गम्भीर चोट लागेको छ भने हरशे आलम मन्सुरको अवस्थासमेत गम्भीर रहेको उनले बताए।

यस्तै, अन्य घाइते हुनेहरूमा रौतहटको गुजरा नगरपालिका–४ का १७ वर्षीय मशरुदिन आलम, इशनाथ नगरपालिकाका १९ वर्षीय असमल आलम, गुजरा नगरपालिका–४ का १३ वर्षीय सलिम अन्सारी र गुजरा नगरपालिका–३ की १८ वर्षीय अजुमा खातुन रहेका छन्। मशरुदिन आलमको दाहिने कुममा चोट लागेको छ भने असमल आलम र सलिम अन्सारीलाई शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ। अजुमा खातुनको दाहिने कुइनोमा चोट लागेको बताइएको छ।

यसैगरी, सवारी धनी र एक अन्य घाइते युवकको परिचय खुल्न नसकेको भए पनि उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ । घाइतेहरूको उपचारका लागि काठमाडौँ पठाइएको छ भने सुमो चालक रौतहटको गुजरा नगरपालिका–४ बस्ने २३ वर्षीय चालक राजन चौधरी समेत सामान्य घाइते भएका छन्। उनी प्रहरीको निगरानीमा उपचारत रहेको मकवानपुर प्रहरीले जनाएको छ। 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुमो चालक प्रहरी चौकी खानीखेतको सम्पर्कमा रहेको उनले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे आठ अर्ब बढीको खाद्यवस्तु आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ बराबरका विभिन्न १७ प्रकारका खाद्यवस्तु आयात भएका छन्। वी...

राष्ट्रिय खेलकुद परिषद्का पाँच सदस्य नियुक्त

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा पाँच जनालाई नियुक्त गरेका छन्। मन्त्री गुप्ताले ...

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार भारतीय नागरिक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलो गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी ना...

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending