बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा आदेश आउने भएको छ । छविलाल जोशीसहित जिल्ला अदालत, रुपन्देहीको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदनमा आज आदेश आउने भएको हो।
उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको र आदेश लेख्ने काम भइरहेको उच्च अदाललते जनाएको छ।
बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो भने लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो । सो आदेशविरुद्ध दुवै जना उच्च गएका हुन्।
सो सहकारीको ठगीमा आफु संलग्न नै नहुँदा पनि धेरै धरौटी मागिएको भन्दै लामिछानेले साधरण तारेखको माग गरिरहेका छन । उता जिल्ला सरकारी वकिल कार्यालयले भने लामिछानेलाई थुनामै राख्न माग गरेर पनि उच्चमा गएको थियो।
उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको र आदेश लेख्ने काम भइरहेको उच्च अदाललते जनाएको छ।
प्रतिकृया लेख्नुहोस्: