Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

तीनकुने घटनामा पक्राउ परेकामध्ये ८९ जना परिवारको जिम्मा

मिश्र र राणासहित ६६ जनाविरुद्ध मुद्दा चलाइँदै

खबरडबली संवाददाता

काठमाडौं ।  काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गत चैत १५ गते गरेको प्रदर्शनपछि पक्राउ परेकामध्ये ८९ जना रिहा भएका छन् ।

तीनकुने, कोटेश्वर, जडीबुटी र सिनामंगल क्षेत्रमा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनामा पक्राउ परेका १४८ मध्ये ८९ जनालाई आफन्त र परिवारको जिम्मामा छाडिएको हो ।

त्यसदिन शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै दुर्गा प्रसाईंको समूहले स्थानीय प्रशासनबाट अनुमति लिएका थिए । गृहमन्त्री रमेश लेखकले शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जानकारी दिए अनुसार प्रतिनिधि सभाका माननीय एवम् धवल शमशे राणा र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित आपराधिक कार्यमा संलग्न १४८ जनालाई नियन्त्रणमा लिइएको थियो ।

जसमध्ये राणा र मिश्रसहित ६६ जनामाथि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर अनुसन्धान भइरहेको उनले बताए  । लेखकका अनुसार शान्तिपूर्ण प्रदर्शन गर्ने भनेका प्रसाईंलै नै चैत १५ गते तीनकुने क्षेत्रमा जम्मा भएको भिडलाई भड्काउने काम गरेका थिए ।

‘प्रदर्शनका क्रममा अगुवामध्ये दुर्गा प्रसाईं चैत १५ गते दिउँसो बा. प्र. ०१–०२८ च. ०२०१ नम्बरको गाडी हाँकी अश्लील शब्द प्रयोग गर्दै, भिडलाई उत्तेजित बनाउँदै सुरक्षाकर्मीलाई किच्ने नियतकासाथ सुरक्षा घेरा तोडे’, मन्त्री लेखकले भने, ‘प्रसाईंले बलपूर्वक सुरक्षा ब्यारिकेडमाथि गाडी हाँकेपछि माहौल बिग्रिन पुगेको थियो ।’

उनले प्रसाईंकै उक्त हर्कतका कारण तीनकुनेको माहौल बिग्रिएको पनि बताएका छन् । ‘प्रसाईंको उक्त हर्कतलगत्तै भिड उत्तेजित भई सुरक्षाकर्मीमाथि ढुंगामुढा र सिसाका बोतल लगायत वस्तु प्रहार गरेका थिए’, उनले भने ।

कार्यक्रमस्थलबाट अगुवा भनिएकाले नै भिडलाई उत्तेजित बनाउने काम गरेको उनले बताए । ‘सबै साथीहरू परपर बसेर हेर्ने होइन, अगाडि वढ्नोस्, संसद् भवन बानेश्वरतर्फ अगाडि बढ्नुहोस्’ भनेपछि अनियन्त्रित बनेको भिडलाई नियन्त्रणमा लिन प्रहरीले मौखिक रुपमा पटकपटक सचेत गराएको थियो’, उनले भने ।

नेतृत्व गरेकाकै उक्साहटमा थप आक्रामक भएको भिडलाई तितरबितर गरी परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्यात्मक रुमपा क्रमश बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको लेखकले बताए ।

‘अनियन्त्रित भिडले सडकको ट्राफिक आइल्याण्ड भत्काउने, तोडफोड गर्ने, सुरक्षाकर्मीमाथि हरतरहले आक्रमण गर्ने जस्ता उच्छृङ्खल गतिविधि निरन्तर जारी राख्दै नजिकै रहेको इन्द्रेणी सहकारीको भवनमा ढुंगा हान्ने र आगजनी सुरू गरेका थिए’, उनले भने, ‘आगजनी नियन्त्रणमा लिन सुरक्षाकर्मीबाट हरसम्भव प्रयास भए पनि दमकल तथा सुरक्षा निकायको गाडीमाथि भिडले आक्रमण गरी अवरोध गरेकोले तत्काल सम्भव नभएको हो ।’

उनले सुरक्षा निकायको समन्वयात्मक परिचालन तथा शान्ति सुव्यवस्था कायम गर्न खटिएका सुरक्षाकर्मीले आफू घाइते हुँदासमेत मानवीय क्षति नहोस भनेर अत्यन्तै संयमता अपनाएको बताए । ‘भिडको उदन्डता र नेतृत्वकर्ताको उक्साहट हेर्दा प्रहरीले संयमता नअपनाएको भए अझै ठूलो क्षति हुने अवस्था सिर्जना हुने थियो’, उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending