चितवन । जिल्लाको माडीमा बस दुर्घटना हुँदा बाह्र जना घाइते भएका छन् । भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना६ख ९३६६ नम्बरको बस आज दिउँसो माडी नगरपालिका–१ वनकट्टामा दुर्घटना भएको हो ।
सो बसमा पच्चिस जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार बस अनियन्त्रित भई रुखमा ठोक्किएको हो । घाइते सबैको स्थानीय बघौडा अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये दुई जना सामान्य उपचार गरी घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको उनले जानकारी दिए । घाइते सबै खतरामुक्त रहेको कार्यालयले जनाएको छ । बस चालक फरार रहेकाले खोजी जारी रहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८१ - २०:२३
काठमाडौँ । पाँच दिनदेखि जारी शिक्षक र विद्यालय कर्मचारीहरूको आन्दोलन कारण माध्यमिक शिक्षा परीक्षा ९एसइई० र विभिन्न कक्षा तहका वार्षिक परीक्षाको उत्तरप...
चैत्र २४ गते, २०८१ - २०:१६
काठमाडौं ।अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। ...
चैत्र २४ गते, २०८१ - १९:३६
काठमाडौँ । तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न र त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न माग गरिएको छ । जवाफद...
चैत्र २४ गते, २०८१ - १९:३०
ताप्लेजुङ।करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई सेवा सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई ...
चैत्र २४ गते, २०८१ - १९:२५
काठमाडौं। कर्णालीमा सुतेर यात्रा गर्न मिल्नेगरी बस सेवा सञ्चालनमा आएको छ । सुर्खेतदेखि काठमाडौंसम्म यात्रुहरुले आइतबारदेखि सुतेर यात्रा गर्न मिल्न...
चैत्र २४ गते, २०८१ - १९:२०
काठमाडौं । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरी(धनबहादुर गिरी)को स्वर, संगीत त...
चैत्र २४ गते, २०८१ - १९:१६
काठमाडौ । काठमाडौको तीनकुनेमा राजावादी समूहले गरेकोप्रदर्शनमा पक्राउ पर्नेको संख्या ६७ पुगेको छ । १५ चैतमा भएको ‘हिंसात्मक’ आन्दोलनमा पक्राउ पर्नेक...
चैत्र २४ गते, २०८१ - १९:१०
रामेछाप । नेपालका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले देशमा समाजवाद स्थापनाका लागि सबै कम्युनिष्टहरू एक ठाउँमा आउनु पर्ने बताएका छन् । आइतब...
चैत्र २४ गते, २०८१ - १९:०४
मुम्बई । ज्याकलिन फर्नान्डिसमाथि दुःखको पहाड खसेको छ किनकी उनकी आमा किमको निधन भएको छ। ज्याकलिनकी आमा लामो समयदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उन...
चैत्र २३ गते, २०८१ - २१:१८
काठमाडाैं । यौनचाहना प्रकृतिले मानिसलाई दिएको एक विशेषता हो । सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व...
प्रतिकृया लेख्नुहोस्: