बर्दिया । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आवाज सुन्न र भावना बुझ्न जागरण अभियान सञ्चालन गरिएको बताएका छन्।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र आज बढैयातालले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले जनताको साथ लिएर समृद्ध नेपाल निर्माण गर्ने दृढता व्यक्त गरे। अघिल्ला कार्यकालमा भएका केही कमजोरी स्वीकार गर्दै उनले भविष्यमा त्यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाए।
अध्यक्ष प्रचण्डले भने, ‘सत्तामा जान हतार छैन, तर जनताको सवालमा आलोचना गर्न, दबाब दिन र जनतासँग जोडिन प्रतिपक्षको भूमिकामा रहने छौँ।’ उनले जनयुद्ध तथा जनआन्दोलनका क्रममा बर्दिया जिल्लाबाट धेरै सहिद तथा बेपत्ता भएकाले उनीहरूको सम्मान राज्यले गर्नुपर्ने बताए। पहिलो कार्यकालमै सहिदलाई राष्ट्रिय मान्यता दिएको उल्लेख गर्दै अध्यक्ष दाहालले बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र दिने व्यवस्था गरिएको जानकारी दिए।
सत्य निरुपण र बेपत्ता छानबिन आयोगको सिफारिस समितिले छिट्टै काम थाल्ने जानकारी दिँदै उनले भने, ‘ऐतिहासिक बलिदानस्थलहरूमा पार्क बनाइने छ, पीडितपरिवारलाई राहत र एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनेछ।’ कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायत नेताहरूको उपस्थिति थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८१ - १९:३६
काठमाडौँ । तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न र त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न माग गरिएको छ । जवाफद...
चैत्र २४ गते, २०८१ - १९:३०
ताप्लेजुङ।करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई सेवा सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई ...
चैत्र २४ गते, २०८१ - १९:२५
काठमाडौं। कर्णालीमा सुतेर यात्रा गर्न मिल्नेगरी बस सेवा सञ्चालनमा आएको छ । सुर्खेतदेखि काठमाडौंसम्म यात्रुहरुले आइतबारदेखि सुतेर यात्रा गर्न मिल्न...
चैत्र २४ गते, २०८१ - १९:२०
काठमाडौं । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरी(धनबहादुर गिरी)को स्वर, संगीत त...
चैत्र २४ गते, २०८१ - १९:१६
काठमाडौ । काठमाडौको तीनकुनेमा राजावादी समूहले गरेकोप्रदर्शनमा पक्राउ पर्नेको संख्या ६७ पुगेको छ । १५ चैतमा भएको ‘हिंसात्मक’ आन्दोलनमा पक्राउ पर्नेक...
चैत्र २४ गते, २०८१ - १९:१०
रामेछाप । नेपालका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले देशमा समाजवाद स्थापनाका लागि सबै कम्युनिष्टहरू एक ठाउँमा आउनु पर्ने बताएका छन् । आइतब...
चैत्र २४ गते, २०८१ - १९:०४
मुम्बई । ज्याकलिन फर्नान्डिसमाथि दुःखको पहाड खसेको छ किनकी उनकी आमा किमको निधन भएको छ। ज्याकलिनकी आमा लामो समयदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उन...
चैत्र २३ गते, २०८१ - २१:१८
काठमाडाैं । यौनचाहना प्रकृतिले मानिसलाई दिएको एक विशेषता हो । सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व...
चैत्र २३ गते, २०८१ - २१:१५
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–०२ वरगाछीस्थित पाथीभरा माताको मन्दिरमा शनिबार बिहान आगलागी भएको छ। गोपाल परियारको घरआँगनको उत्तरपट्टि रहेको म...
चैत्र २३ गते, २०८१ - २१:१३
काठमाडौं । खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा ...
प्रतिकृया लेख्नुहोस्: