काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणमा देखिएको राजनीतिक दलबीचको एकता कार्यान्वयनमा पनि देखिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
संविधानसभाबाट संविधान घोषणापछि बैठकलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनमा जतिसुकै प्रतिकुलता देखिएपनि एकतावद्ध भएर कडाइका साथ सामना गर्नुपर्नेमा जोड दिए ।
उनले भने, \'स्वतन्त्र देशका हामी स्वाभिमानी नागरिक हौँ । संविधान निर्माणसँगै हाम्रो राजनीतिक, सामाजिक, आर्थिक संरचनाको रुपरेखा हामी आफैँले कोरेका छौँ। सफलताको यस सुखद् क्षणमा हामी सबै उत्साहित हुँदै खुसीले ओतप्रोत भएका छौ ।\'
अघिल्लो संविधानसभाको प्रारम्भदेखि नै उतार चढाव पार गर्दै अनवरत प्रयास आज सार्थक भएको बताउँदै उनले सबै राजनीतिक दलको सुझबुझ र जनताको गहिरो चाहना बमोजिम संविधानसभाबाट संविधान जारी गर्न सफल भएको उल्लेख गरे ।
नयाँ संविधान कार्यान्वयन चूनौतीपूर्ण छ, नेतृत्वले कार्यान्वयनमा इमान्दारीता र प्रतिवद्धता देखाउन जरुरी छ भन्दै उनले संविधान जारी भएसँगै नेपाली जनताको भविस्य सुनिश्चित भएको बताए ।
हामीले निर्माण गरेको संविधानमा हाम्रो भावी समृद्धिको मार्गचित्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशीतालगायत विभिन्न आन्दोलन र क्रान्तिका उपलब्धीलाई संस्थागत गरेको उनको कथन थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: