Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

रवीन्द्र र धवललाई निःसर्त रिहा गर्न पशुपतिको माग

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा। धवल शमशेर राणा लगायत राष्ट्रवादीहरूलाई सरकारले तत्काल निस्सर्त रिहा गर्नु पर्ने माग गरेका छन् ।

पत्रकारसँगको एक भेटघाट कार्यक्रममा राणाले भने, ‘संवैधानिक राजसंस्था चाहियो, सनातन हिन्दु अधिराज्य चाहियो, संघीयता खारेजी होस्, भ्रष्टाचार र कुशासनको अन्त्य होस् भनी चैत्र १५ गते नेपाली जनताले गरेको शान्तिपूर्ण कार्यक्रममा सरकारले जनतामाथि गोली चलायो, बर्बरतापूर्वक दमन गर्‍यो । बिना कारण गैरकानुनी रूपमा जनतालाई पक्राउ गर्‍यो ।

‘यस सन्दर्भमा म वर्तमान सरकारलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद डा. धवल शमशेर राणा लगायत अन्य राष्ट्रवादी साथीहरूको निस्सर्त रिहाइको माग गर्दछु,’ राणाले भने ।

राणाले तीनकुने घटनामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नगर्ने सरकारको भूमिकामा आशंका व्यक्त गरे । उनले भने, ‘घटनाको सन्दर्भमा एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषी उपर कडा कारबाही गर्न म जोडदार रूपमा आह्वान गर्दछु ।’

राणाले भने, ‘त्यति मात्र हैन, वास्तवमा यस किसिमको आयोग तत्काल गठन भई, त्यसको निष्कर्ष प्राप्त भएर कारबाही भइसक्नु पर्दथ्यो । यस प्रकारको ढिलासुस्तीमा पनि सरकार नै पूर्ण दोषी छ । सरकारको यो पाशविक दमन र बर्बरतापूर्ण कारबाहीको म घोर भर्त्सना गर्दछु । ’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending