काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा। धवल शमशेर राणा लगायत राष्ट्रवादीहरूलाई सरकारले तत्काल निस्सर्त रिहा गर्नु पर्ने माग गरेका छन् ।
पत्रकारसँगको एक भेटघाट कार्यक्रममा राणाले भने, ‘संवैधानिक राजसंस्था चाहियो, सनातन हिन्दु अधिराज्य चाहियो, संघीयता खारेजी होस्, भ्रष्टाचार र कुशासनको अन्त्य होस् भनी चैत्र १५ गते नेपाली जनताले गरेको शान्तिपूर्ण कार्यक्रममा सरकारले जनतामाथि गोली चलायो, बर्बरतापूर्वक दमन गर्यो । बिना कारण गैरकानुनी रूपमा जनतालाई पक्राउ गर्यो ।
‘यस सन्दर्भमा म वर्तमान सरकारलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद डा. धवल शमशेर राणा लगायत अन्य राष्ट्रवादी साथीहरूको निस्सर्त रिहाइको माग गर्दछु,’ राणाले भने ।
राणाले तीनकुने घटनामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नगर्ने सरकारको भूमिकामा आशंका व्यक्त गरे । उनले भने, ‘घटनाको सन्दर्भमा एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषी उपर कडा कारबाही गर्न म जोडदार रूपमा आह्वान गर्दछु ।’
राणाले भने, ‘त्यति मात्र हैन, वास्तवमा यस किसिमको आयोग तत्काल गठन भई, त्यसको निष्कर्ष प्राप्त भएर कारबाही भइसक्नु पर्दथ्यो । यस प्रकारको ढिलासुस्तीमा पनि सरकार नै पूर्ण दोषी छ । सरकारको यो पाशविक दमन र बर्बरतापूर्ण कारबाहीको म घोर भर्त्सना गर्दछु । ’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: