Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

एमाले–कांग्रेस गठबन्धनलाई हराउँदै वन वाटिकाको अध्यक्षमा पाण्डे विजयी

खबरडबली संवाददाता

बुटवल । सत्तारुढ प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई हराउँदै शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)को अध्यक्षमा नेत्रविक्रम चन्द विप्लव निकट उम्मेदवार विजयी भएका छन् ।

सचिवमा पनि गठबन्धनका उम्मेदवारलाई बागी उम्मेदवारले फराकिलो मतान्तरले पराजित गरेका छन् ।

केन्द्रको चौथो अधिवेशनबाट अध्यक्षमा एमाले(कांग्रेस गठबन्धनका उम्मेदवार इन्जिनियर किरण खरेललाई १३५ मतान्तरले पराजित गर्दै  विप्लव निकट उम्मेदवार खिमलाल पाण्डे विजयी भएका हुन् । पाण्डे यसअघि उपाध्यक्ष थिए भने खरेल कार्यसमिति सदस्य थिए ।

पाण्डेले ३९६ मत पाएर निर्वाचित हुँदा खरेलले २३४ मत पाए । राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार टिकादेवी आलेले ३९ मत पाइन् । अध्यक्षमा निर्वाचित पाण्डेलाई माओवादी केन्द्रले उम्मेदवारी नै फिर्ता लिएर साथ दिएको थियो भने एमाले र कांग्रेसका असन्तुष्ट पक्षले आन्तरिकरुपमा साथ दिएका थिए ।

यो चुनावमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनीका पूर्वमुख्यमन्त्री लिला गिरी, एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं तिलोत्तमाका पूर्वमेयर वासुदेव घिमिरे र तिलोत्तमाका हालका मेयर रामकृष्ण खाँणले पनि मतदान गरेका थिए ।

७७५ मतदाता रहेको केन्द्रको चुनावमा ६६१ मत खसेको निर्वाचन समितिका संयोजक मोहन चापागाईले जानकारी दिए ।

उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनबाट कांग्रेसका मिनप्रसाद देवकोटा निर्वाचित भए भने सचिवमा सत्ता गठबन्धनकी कमला पाण्डेलाई पराजित गर्दै कांग्रेसबाट बागी उम्मेदवार बनेका विदुर केसी विजयी भए ।

उपाध्यक्षमा देवकोटाले ३७८ मत, गठबन्धनका बागी उम्मेदवार लेखबहादुर खड्काले १३४ मत र राष्ट्रिय जनमुक्ति पार्टीकी चन्दा थापाले १०९ मत पाए । सचिवमा केसीले ३७९ मत पाएर निर्वाचित हुँदा पाण्डेले १८८ मत र राष्ट्रि जनमुक्ति पार्टीकी हिरामति थापाले ५७ मत पाइन् ।

कोषाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनबाट एमालेका मनिराम भट्टराई ३८५ मत पाएर निर्वाचित हुँदा माओवादी केन्द्रका सौरभ भुसालले १७५ र राष्ट्रिय जनमुक्ति पार्टीका उदलसिंह थापाले ६३ मत पाए ।

दुई जना लेखा समिति सदस्यमा स्वतन्त्र उम्मेदवार सन्दीप भट्टराई (३१३ मत) र एमाले–कांग्रेस गठबन्धनबाट विष्णुप्रसाद सुवेदी (२११ मत) विजयी भए । लेखा समिति सदस्यमा गठबन्धनकी मिठुमाया पौडेल (२०२ मत) ,माओवादी केन्द्रकी इन्दु थापा मगर (१४८ मत),स्वतन्त्र उम्मेदवार शंकर पाण्डे (१४८) र राष्ट्रिय जनमुक्तिकी सीता श्रीस (७२ मत) पराजित भए । लेखा समिति संयोजकमा कांग्रेसका प्रदीप पराजुली निर्विरोध निर्वाचित भएका थिए ।

७ जना कार्यसमिति सदस्यमा भने एमाले–कांग्रेस गठबन्धनबाट पाँच जना निर्वाचित भएका छन् । जसमा विन्दु ढकाल, लक्ष्मण मल्ल, सरस्वती बराल, शंकर भण्डारी र पार्वती क्षेत्री छन् । दुई जनामध्ये राममाया पौडेल गठबन्धनबाट बागी उम्मेदवार हुन् भने माओवादी केन्द्रकी ज्योतिमाया थापा निर्वाचित भएकी छन् ।

वार्षिक पाँच लाख पर्यटक घुम्न आउने वन वाटिका लुम्बिनी प्रदेशकै ठूलो र फराकिलो क्षेत्रफल भएको उद्यान हो । शंकरनगर सामुदायिक वन क्षेत्रभित्र रहेको यो उद्यान २०६२ सालदेखि सञ्चालनमा आएको हो ।

वनवाटिकाका मतदाता स्थानीय बुद्धिजिवी बाला कुँवरले उपभोक्ता र समुदायका साझा संस्थाहरुमा राजनीतिक दलहरुले भागबन्डा गरेर पद बाँडेको मतदाताले नरुचाएको चुनावको मत परिणामले पुष्टि गरेको टिप्पणी गरे ।

यसअघि शंकरनगर खानेपानीको चुनावमा पनि कांग्रेस एमाले गठबन्धनका आधिकारिक उम्मेदवारलाई बागी उम्मेदवारले पराजित गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending