काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको जुम्ला जिल्ला झल्कने गरी शुक्रबारदेखि काठमाडौंमा तस्वीर र भिडियो प्रर्दशनी भइरहेको छ । प्रदर्शनी आज पनि जारी छ ।
संघीय राजधानीदेखि कर्णाली जोड्ने अभियान ‘कनेक्टिङ कर्णाली’ अभियान अन्तगर्त नयाँ बानेश्वरको एनबी सेन्टरमा प्रदर्शन जारी छ ।
संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू मार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा दैलेख, डोल्पा र मुगुपश्चात जुम्लाको प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा राखिएका केही सांस्कृतिक, प्राकृतिक र धार्मिक पर्यटकी क्षेत्रका तस्वीरहरूः
हवाईजहाजबाट देखिएको हिउँदको समयमा नेपाली भाषाको उद्गमस्थल सिजा उपत्यका ।
ओखलमा विश्वकै अग्लो स्थानम फल्ने मार्सी धान (स्थानीय भाषामा दुम्चे) कुट्दै स्थानीय ।
पञ्चे बाजा बजाउँदै स्थानीय, चाढ पर्वका साथै खुसियाली तथा शुभ कार्यमा बजाउने गरिन्छ ।
नेपाली भाषाको उदगम थलो सिजा उपत्यकामा रहेको कनका सुन्दरी मन्दिर यो मन्दिरमा दसैंमा मेला लाग्ने गर्दछ ।
गुठीचौर गाँउपालिकामा अवस्थित चरन क्षेत्र । यो क्षेत्रमा नेपालकै उच्च स्थानमा भेडापालनको लागि प्रख्यात रहेको छ । यहाँ पालेका भेडाहरको उन स्वदेशमा मात्र नभएर विदेशमा समेत प्रख्यात रहेको छ । जुम्ला जिल्लाको सदरमुकाम जुम्ला बजारदेखि दुई घण्टाको यात्रा पश्चात पुग्न सकिन्छ ।
जुम्ला जिल्लाको तिला नदिरमा जलयात्रा गर्दै आन्तरिक पर्यटकरु । जुम्ला जिल्लाको सदरमुकाम भएर बग्ने तिला नदी कर्णाली नदीमा मिसिन पुग्दछ ।
जुम्ला जिल्लाको सदरमुकाममा गाईजात्रा मनाउदै । भदौ महिनमा कर्णाली प्रदेशको सबैभन्दा लामो जात्राका लाग्ने गर्दछन । त्यही जात्राको पहिलो दिन गाईजात्रा मनाउँदै स्थानीयहरु । गाईजात्रा देखि सुरुभएको जात्रा कृष्ण अष्टमीको भोली पल्ट समाप्त हुने गर्दछ ।
जुम्ला जिल्लामा रहेको पातारासी हिमाल । यो हिमालमा सधैं हिउ जम्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: