Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

‘वाय प्रदूषणका कारण मुटु रोगी उच्च जोखिममा’

मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँ

खबरडबली संवाददाता

काठमाडौं । केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकाका बासिन्दा रुघाखोकी, घाँटी खसखसाउने, आँखा पोल्ने, श्वासप्रश्वासलगायत विभिन्न समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । 

संयुक्त राष्ट्रसंघको वातावरणसम्बन्धी निकाय ‘युएनईपी’ काअनुसार विश्वव्यापी समस्या निम्त्याएको वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । काठमाडौंमा वायु प्रदूषणकै कारण मानिसको मृत्यु भएको घटना सार्वजनिक नभएको भए पनि यति बेला वायु प्रदूषणसँग सम्बन्धित समस्या लिएर अस्पतालहरूमा जाने बिरामीको संख्या बढेको छ । अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा. अहिस श्रेष्ठले विगत केही दिनदेखि आँखा, नाक, कान, घाँटी तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या लिएर अस्पताल आउनेको चाप बढेको बताए । छातीको समस्याका कारण कतिपय बिरामीलाई आइसियुमा राख्नु परेको समेत उनको भनाइ छ । उनले वायु प्रदूषणका कारण मुटुमा असर गर्ने र हृदयाघातको समेत उच्च जोखिम हुने बताए ।

उनले भने,‘प्रदूषणको कारणले गर्दा बिरामीको चाप अस्पतालहरूमा बिस्तारै बढ्दै गएको छ । विशेष गरेर श्वासप्रश्वासको समस्या लिएर बढी आउँछन् । सँगसँगै आँखा, नाक, कान, घाँटी तथा छालाका समस्या लिएर आएका छन् । घाँटी खसखस गर्ने, आँखा पोल्ने र आँसु आउनेलगायतका समस्या लिएर आएका छन् । छातीका संक्रमण लिएर बिरामीहरू धेरै छन् ।केही बिरामीहरू आइसियुमा समेत राख्ने अवस्था आएको छ । आइसियुको बिरामीको चाप पनि बढेको छ । वायु प्रदूषणले गर्दाखेरि हृदयघात हुने सम्भावना पनि बढी हुन्छ भन्ने अध्ययनले देखाएको छ । हाम्रो अरू अस्पतालका डाक्टरहरूको कुरा सुन्दा पनि मुटुका रोगीहरूको पनि उत्तिकै चाप बढेको छ ।’

डा. श्रेष्ठले वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका तथा गर्भवती र सुत्केरीमा ठूलो जोखिम निम्त्याएको बताए । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा रहेको उनको भनाइ छ । उनले अहिलेको जटिल समयमा व्यायामको रूपमा बिहान हिँड्ने कार्य रोक्नुपर्ने बताए । मर्निङ वाकको नाममा बिहान हिँड्दा थप रोग निम्तिने भन्दै उनले घरमै बसेर व्यायाम गर्न सुझाव दिए । हिँडेर मात्रै व्यायाम हुन्छ भन्ने मान्यताबाट यति बेला पछि हट्नुपर्ने उनको भनाइ छ ।

 उनले भने, ‘उमेर समूहको कुरा गर्दा जहिले पनि स्वास्थ्य जोखिममा  पर्ने भनेकै वृद्धवृद्धा र बालबालिका । अर्को भनेको गर्भवती र सुत्केरी महिला तथा दीर्घरोगीहरु जस्तो मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका रोगी पनि पनि उच्च जोखिममा हुन्छन् । त्यस्ता रोगीले बच्नुपर्ने मेरो सुझाव हुन्छ । हामी स्वस्थ हुनका लागि व्यायाम गर्ने, मर्निङ वाक गर्नेगर्छौं । जब अहिले बाहिर हिँड्दा झन् रोग निम्तिन्छ, बढी अस्वस्थ भइन्छ भने हिँड्नुको के तुक रु त्यसकारण  अहिलेको अवस्था जस्तो छ त्यसलाई विशेष महत्त्व दिनु जरुरी छ ।  अहिलेको अवस्थामा हिडडुल गर्नु एकदम खतरनाक छ । हिडडुल गर्नै पर्ने भए घरकै कोठामा हिँडडुल वा व्यायाम गर्न पनि सकिन्छ । हिँडेर मात्रै व्यायाम हुन्छ भन्ने पनि होइन । हिँडेर मात्रै व्यायाम हुन्छ भन्ने कुरामा अहिले लाग्नु हुँदैन ।’

डा‍‍. श्रेष्ठले वायु प्रदूषणले खतराको तह पार गरेकाले सरकारले जनस्वास्थ्यलाई ध्यानमा राखेर केही न केही निर्णय गर्नुपर्ने बताए । स्वास्थ्य विशेषज्ञहरूसँग परामर्श लिएर सरकारले ठोस निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘सरकारले जनस्वाश्थ्यामा सरोकार राख्ने हो भने यसबारेमा केही न केही सोच्न आवश्यक भइसकेको अवस्था हो । सरकारी तवरबाट के कस्तो निर्णय आउँछ त्यो हेर्न बाँकी नै छ । तर जनस्वास्थ्यको अवस्थालाई खतराको तह पार गरिसकेको अवस्थामा केही न केही निर्णय होला भन्ने ठानेको छ । त्यो सरकारले विशेषज्ञहरूसँग बसेर गर्ने निर्णयको एउटा पाटो भयो तर व्यक्तिगत रूपमा मैले भन्नुपर्दा यो अवस्था आइसकेको छ ।’

डा. श्रेष्ठले वायु प्रदूषण विकराल बन्दै गएकाले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीहरुले समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।  सन्तुलित, पोषिलो र स्वस्थ भोजनमा ध्यान दिनुपर्ने उनको भनाइ छ । बाहिर हिँड्डुल गर्नैपर्ने अवस्थामा मास्क प्रयोग गरेर धेरै हदसम्म बच्न सकिने उनले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending