पाेखरा । पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रुपमा गर्दै आइरहेको कार्यक्रम ‘समता कला कार्यशाला’को ६५औं शृंखला गैह्रीथर समाजघर सिक्लेस, कास्कीमा सम्पन्न भयो ।
फाल्गुन २२ गते साँझमा भएको उद्घाटन कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व प्रतिनिधि सभाका सदस्य माननीय मानबहादुर गुरुंगले क्यानभासमा चित्र बनाएर उद्घाटन गर्दै पोखरेली युवा सांस्कृतिक परिवारले कला, संगीत र साहित्यका माध्यमले देशको मौलिक संस्कृति, सीप र रीतिथिति जोगाउँन गाउँ गाउँमा आइपुग्नु भएकोमा प्रशंसा गर्दै सबै मानिससंग केही न केही क्षमता हुन्छ, त्यसलाई उपयोग गर्न मेहनत गर्नुपर्छ र मेहनतीलाई नै महत्व दिनुपर्छ, भने ।
मादी गाउँपालिका वडा १ का अध्यक्ष देवीजंग गुरुंगले आफ्ना कविता वाचन गर्दै सिक्लेसले बिगतमा गरिसकेको ‘क्यानभासमा सिक्लेस’ भन्ने कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने वचन दिए ।
वातावरणविद् डॉ हुमबहादुर गुरुंगले ‘ज्ञान, सिर्जना र मनोरंजनका लागि समता कला कार्यशाला अत्यन्तै महत्वपूर्ण भएको र यस्ले सिक्लेसलाई देश बिदेशमा चिनाउँन मद्दत पुग्ने भन्दै जलवायु परिवर्तनका कारणले हिउँ पग्लंदै गई हिमालहरु कालो हुँदै गएका, देशभर भैरहेको आगलागीले पनि समस्या बढाएकोमा चिन्ता व्यक्त गरे ।
पोखरेली युवा सांस्कृतिक परिवार सल्लाहकार वरिष्ठ कलाकार प्राज्ञ बुद्धि गुरुंगले कार्यक्रममाथि प्रकाश पारेकाे कार्यक्रममा डा. ईश्वरमणि अधिकारी, सरस्वती श्रेष्ठ ‘सरु’, उपेन्द्र पौडेल, चैतन्य अधिकारी, अम्बिकाप्रसाद भट्टराई, विश्वराज रसाइली, विकल्प पराजुली र सविना सुनामले कविता वाचन गरेका थिए ।
संस्थाको कला विभागकी सल्लाहकार ज्योति गुरुंगले स्वागत गरेको कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले गरेका थिए भनें संचालन संस्थाका सचिव एमडी काफ्लेले गरेका थिए ।
भोलीपल्ट यानि फाल्गुन २३ गते बिहान कवि र कलाकारहरुलाई डा. हुमबहादुर गुरुंगको नेतृत्वमा सिक्लेस गाउँ र हिमशृंखलाहरुको अवलोकन गरी त्यहाँको भूगोल, जनजीवन, सामाजिक व्यवस्था, विकास र वातावरण र समस्याहरुको बारेमा जानकारी लिई कलाकारहरुले कला सिर्जना गरेर अपरान्ह तीनबजे पोखरा फिर्ता भए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: