पाेखरा । पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रुपमा गर्दै आइरहेको कार्यक्रम ‘समता कला कार्यशाला’को ६५औं शृंखला गैह्रीथर समाजघर सिक्लेस, कास्कीमा सम्पन्न भयो ।
फाल्गुन २२ गते साँझमा भएको उद्घाटन कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व प्रतिनिधि सभाका सदस्य माननीय मानबहादुर गुरुंगले क्यानभासमा चित्र बनाएर उद्घाटन गर्दै पोखरेली युवा सांस्कृतिक परिवारले कला, संगीत र साहित्यका माध्यमले देशको मौलिक संस्कृति, सीप र रीतिथिति जोगाउँन गाउँ गाउँमा आइपुग्नु भएकोमा प्रशंसा गर्दै सबै मानिससंग केही न केही क्षमता हुन्छ, त्यसलाई उपयोग गर्न मेहनत गर्नुपर्छ र मेहनतीलाई नै महत्व दिनुपर्छ, भने ।
मादी गाउँपालिका वडा १ का अध्यक्ष देवीजंग गुरुंगले आफ्ना कविता वाचन गर्दै सिक्लेसले बिगतमा गरिसकेको ‘क्यानभासमा सिक्लेस’ भन्ने कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने वचन दिए ।
वातावरणविद् डॉ हुमबहादुर गुरुंगले ‘ज्ञान, सिर्जना र मनोरंजनका लागि समता कला कार्यशाला अत्यन्तै महत्वपूर्ण भएको र यस्ले सिक्लेसलाई देश बिदेशमा चिनाउँन मद्दत पुग्ने भन्दै जलवायु परिवर्तनका कारणले हिउँ पग्लंदै गई हिमालहरु कालो हुँदै गएका, देशभर भैरहेको आगलागीले पनि समस्या बढाएकोमा चिन्ता व्यक्त गरे ।
पोखरेली युवा सांस्कृतिक परिवार सल्लाहकार वरिष्ठ कलाकार प्राज्ञ बुद्धि गुरुंगले कार्यक्रममाथि प्रकाश पारेकाे कार्यक्रममा डा. ईश्वरमणि अधिकारी, सरस्वती श्रेष्ठ ‘सरु’, उपेन्द्र पौडेल, चैतन्य अधिकारी, अम्बिकाप्रसाद भट्टराई, विश्वराज रसाइली, विकल्प पराजुली र सविना सुनामले कविता वाचन गरेका थिए ।
संस्थाको कला विभागकी सल्लाहकार ज्योति गुरुंगले स्वागत गरेको कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले गरेका थिए भनें संचालन संस्थाका सचिव एमडी काफ्लेले गरेका थिए ।
भोलीपल्ट यानि फाल्गुन २३ गते बिहान कवि र कलाकारहरुलाई डा. हुमबहादुर गुरुंगको नेतृत्वमा सिक्लेस गाउँ र हिमशृंखलाहरुको अवलोकन गरी त्यहाँको भूगोल, जनजीवन, सामाजिक व्यवस्था, विकास र वातावरण र समस्याहरुको बारेमा जानकारी लिई कलाकारहरुले कला सिर्जना गरेर अपरान्ह तीनबजे पोखरा फिर्ता भए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: