काठमाडौं । देशका विभिन्न ठाउँबाट भेला भएका बालबालिकाहरूले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई सुझाव दिएका छन् ।
‘जसको सवाल, उसैको सहभागिताः जसको सवालः उसैको आवाज’ भन्दै जाजरकोट, दैलेख, कालीकोट, सर्लाही, सप्तरी र महोत्तरीलगायतका जिल्लाका बालबालिकाहरूले आफ्ना समस्या र मागहरूलाई विधेयकमा समावेश गर्न सुझाव दिएका हुन् ।
उनीहरूले सुरक्षित शिक्षण वातावरण, समावेशी शिक्षा, शिक्षक र शैक्षिक प्रणाली सुधार, सामाजिक चुनौती समाधान, बालविवाह, लैङ्गिक असमानता र अभिभावकको जागरूकता अभियानलगायतका विषयहरु उठाएका छन् ।
बालबालिकाले उठाएका मुद्दाबारे मन्त्री भट्टराईले बालबालिकाको सुझावलाई ‘भविष्यको नभएर वर्तमानको आवश्यकता’ बताउँदै यी मुद्दाहरू विधेयकमा समेट्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले केही सुझाव पहिले नै विधेयकमा समावेश भएको र बाँकीमा मन्त्रालयले गम्भीरताका साथ लिने जानकारी दिइन् ।
यसैगरी, शिक्षकद्वारा विद्यार्थीमाथि हुने गरेको उत्पीडन लुकाउने चलन रोकी कानुनी कारबाही गर्ने, बालमैत्री र सिकाइमैत्री विद्यालय स्थापनाका लागि स्थानीय तह र अन्य मन्त्रालयसँग समन्वय बढाउने र विद्यार्थी(मैत्री शिक्षा नीति बनाउने साथै शिक्षा नीति निर्माणमा बालबालिकाको आवाजलाई प्राथमिकता दिइने र मन्त्रालयले यी सुझावलाई विधेयकमा समेटेर सुरक्षित, समावेशी र गुणस्तरीय शिक्षा प्रणाली निर्माण गर्ने आफू लागिपरेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: