काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका तत्कालीन गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अतिरिक्त सक्रियता देखाएको छ।
दाङ उच्च अदालतबाट प्रक्रियागत रुपमा जिल्ला अदालतहुँदै लामिछाने बसेको स्थायी ठेगानामा आदेशको जानकारी हुनुपर्ने भए पनि प्रहरीले आदेश सार्वजनिक हुने बित्तिकै पक्राउ गरेको हो।
प्रक्रियागत रूपमा दाङ उच्च अदालतको आदेश रूपन्देही जिल्ला अदालत हुँदै लामिछाने बसेको काठमाडौँको प्रहरीलाई जानकारी भएपछि मात्रै पक्राउ गर्नुपर्ने भए पनि आदेश सार्वजनिक भएको केहीबेरमै उनलाई समातिएको छ।
लामिछानेलाई यसरी पक्राउ गर्दा अदालती प्रक्रिया मिचिएको र सरकारले पनि उनीमाथि अनावश्यक धरपकट गरेको भन्दै सार्वजनिक रुपमा आलोचना सुरु भएको छ।
शुक्रबार साँझ उच्च अदालत दाङको आदेश मिडियाबाट सार्वजनिक भएलगत्तै प्रहरीले निलकण्ठ निवासबाट लामिछानेलाई पक्राउ गरेर काठमाडौं प्रहरी परिसरमा ल्याएको थियो।
बुटवलको सुप्रिम सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रूपन्देही जिल्ला अदालतको आदेश अनुसार उनी एक करोड धरौटीमा रिहा भएका थिए।
उक्त आदेश अन्यायपूर्ण भएको र आफूलाई साधारण तारिखमै छाड्नुपर्ने मागदाबीसहित उच्च अदालत पुगेका लामिछानेलाई उल्टै पुर्पक्ष थुनाका लागि पठाउने आदेश भएको हो।
दाङ उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रुपन्देही जिल्ला अदालतबाट लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण रहेको भन्दै सच्याएको हो।
रूपन्देही, काठमाडौँ, चितवनसहितका जिल्लाहरूमा सहकारी ठगी मुद्दा खेपिरहेका लामिछाने ती जिल्लामा धरौटीमा रिहा भएका थिए। पर्साको मुद्दा दर्ता नहुँदै उनलाई रूपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै दाङ उच्च अदालतले थुनामा पठाएको हो।
यसअघि ८४ दिन थुनामा बसेर धरौटीमा रिहा भएका लामिछाने ८५ दिन बाहिर बसेपछि शुक्रबार पुन पक्राउ परेका हुन् । दाङ उच्च अदालतले लामिछानेलाई आफ्नै निवेदनमा पराजित गरिदिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेको निर्वाचन क्षेत्र रहेको चितवनमा आमसभा गर्ने तयारी गरिरहेका बेला उनी पूर्पक्षका लागि थुनामा पुगेका छन्।
यो अवधिमा मौन रहेका लामिछाने चितवनबाटै आफ्ना राजनीतिक कुराहरू भन्ने बताइरहँदा उनलाई शनिबार बिहान थुनामा राख्न प्रहरीले काठमाडौँबाट विमान चढाउने तयारी गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: