काठमाडौं । जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रबिन्दु बनाएर गए राति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुई वटा भूकम्पमा परी आठ जना घाइते भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार भूकम्पमा परी रुकुम पश्चिममा दुई र जाजरकोटमा ६ जना घाइते भएको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जाजरकोट, रुकुम पश्चिम र कालीकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवनहरूमा सामान्य चिरा परेको एवं भवनहरू चर्किएको विवरण जनाएको छ ।
अधिकांश व्यक्तिहरू बसिरहेका भवन संरचना भत्किएरभन्दा पनि भूकम्प आएको बेला आत्तिएर घरको छत वा अग्लो भागबाट हामफाल्दा, असावधानीपूर्वक घरबाहिर अत्तालिएर भाग्न खोज्दा घाइते भएका पनि प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आज जारी गरेको सूचनामा भनिएको छ, ‘भूकम्प गएको बेला वरपरको स्थिति समेत विचार गर्दै सावधानीपूर्वक सुरक्षित स्थानमा जान, अब उप्रान्त भवन संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी हुने गरी बनाउन एवं भूकम्पीय सुरक्षाको दृष्टिकोणबाट पालना गर्नुपर्ने नियमहरूको अनुशासनपूर्वक पालना गर्न सबैमा प्राधिकरण विशेष अनुरोध गर्दछ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८१ - १०:२२
भोजपुर । सागसब्जीखेती प्रवर्द्धन गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिका–३ भुल्केमा ‘एक घर,एक टनेल’कार्यक्रम सञ्चालन भएको छ । किसानलाई व्यावसायिक साग...
चैत्र २९ गते, २०८१ - ०९:५५
काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार...
चैत्र २९ गते, २०८१ - ०९:४५
काठमाडौं । लुम्बिनी र मणिपाल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौं आएर आन्दोलन गरेका छन्। काठमाडौंको नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किस्ट,...
चैत्र २९ गते, २०८१ - ०८:५५
तीनकुने घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्ने
चैत्र २९ गते, २०८१ - ०८:३५
काठमाडौं । काठमाडौंमा गत चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनका क्रममा भएको हुलदंगाका कारण भएको क्षतिमा हालसम्म निर्जीवन बीमा कम्पनीहरुले ५ करोड रुप...
चैत्र २९ गते, २०८१ - ०७:४५
काठमाडौं । मुसाले पनि लाइमलाइटमा आएर तपाईलाई छक्क पार्न सक्छ। अफ्रिकी मुसा रोनिन यसको उदाहरण हो। अहिले रोनिनको नाम गिनिज बुक अफ रेकर्डमा दर्ता भए...
चैत्र २९ गते, २०८१ - ०७:१५
काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हु...
चैत्र २९ गते, २०८१ - ०६:५०
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। ...
चैत्र २८ गते, २०८१ - १५:५०
नवलपुर । सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । बाटो विस्तारका क्रममा ठाउँ ठाउँमा कटान भएको र कल्भर्ट निर्माणका लाग...
चैत्र २८ गते, २०८१ - १५:५०
काठमाडौं । कालिकोट–सुर्खेत जोड्ने कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराती भएको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो। सडक ...
प्रतिकृया लेख्नुहोस्: