Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

अमेरिकाले थप ८ नेपालीलाई गर्‍यो निष्कासन

खबरडबली संवाददाता

काठमाडौं ।अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। 

स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक(एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो।  उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको छ। उनीहरुमध्ये पुन, सुवेदी, पुन मगर, पाठक र बुढा अवैध रुपमा तल्लोबाटो मेक्सिको हुँदै अमेरिका पुगेका थिए। उनीहरुलाई अमेरिका प्रवेश गर्ने बित्तिकै प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये पासपोर्ट नभएकाको ट्राभल डकुमेन्ट बनाएर अमेरिकाले नेपाल डिपोर्ट गरेको हो। सेन भने अध्यागमन कानुन अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा डिपोर्टमा परेका हुन्। यद्यपी केके उलंघन गरेको भन्ने खुल्न नसकेको स्रोतले बतायो। 

‘गैह्रकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डिपोर्ट गरिएको रहेछ। अमेरिकाले अवैध नेपालीहरूलाई फर्काउने क्रम जारी राखेको छ,’ स्रोतले भन्यो।

अवैध रुपमा प्रवेश गरेका नेपालीहरुले प्रहरीले पक्राउ गरी नेपाल फर्काएको छ। डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा सपथ लिएपछि अमेरिकाको आप्रवासन सम्बन्धी नीति परिवर्तन भएको थियो। राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि निरन्तर धरपकड गर्दै आएको छ। अहिले पनि ठूलो संख्यामा नेपालीहरू त्यहाँको अध्यागमन प्रहरी आइसीईको निगरानीमा रहेका छन्। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तरकारी गाडीमा १५३ केजी गाँजा बरामद, चालक १२ किमि पछि पक्राउ

ललितपुर । तरकारी बोक्ने गाडीलाई आवरण बनाएर ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले १५३ केजी गाँजा बरामद गरेको छ। धादिङबाट खाली तरकारी क...

​ सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति

खोटाङ । साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।  गाउँपालिकाको स...

रुकुम पूर्वबाट प्रचण्डको राष्ट्रिय प्रभावको दाबीः म जहाँ उठे पनि जित्छु’

काठमाडौं ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू देशका जुनसुकै निर्वाचन क्षेत्रबाट उम्मेदवार बने पनि विजयी हुने दाबी गरेका छन्। रुकुम पूर्वमा आयोजित चुनावी ...

काठमाडौं–३ मा घरदैलोको दौडधुप : रोजगारी र सुशासन एजेन्डामा भिड्दै उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ चुनावी चहलपहलले तातेको छ। दलका उम्मेदवार घोषणापत्र बोकेर घरदैलो अभिय...

जाडो छल्न बेंसी झरेका मुस्ताङी मतदानका लागि गाउँ फर्किंदै

मुस्ताङ। मुस्ताङमा चुनावी माहोल विस्तारै तात्तिन थालेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदा चुनावी चहलपहल सुरु भएको हो। निर्वाचनमा होमिएका उम्म...

देश इतिहासकै सबैभन्दा दर्दनाक अवस्थामाः पूर्वराजा ज्ञानेन्द्र

  काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै ज्ञानेन्द्र शाह ले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको टिप्पणी गरेका छन्। ...

नेतृत्वमै समस्या देखेपछि पार्टी छाडें : ममता शर्मा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी ममता शर्माले पार्टीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै गलत नेतृत्वका कारण नीति र न...

खुलामञ्च अब वडा २७ को जिम्मामा : व्यवस्थापनमा कडाइ, दुरुपयोगमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक खुलामञ्च को संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। महानगरको राजस्व समितिको बैठकले अब...

‘नयाँ’को नारा, पुरानै अनुहार : कर्णालीमा पूर्वसहकर्मीसँगै भिड्दै रास्वपाका उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जान्नेलाई छान्ने’ नारासहित कर्णालीका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। पुर...

के छ नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा ? (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेस ले जनकपुर बाट आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै १० प्रमुख भिजन अघि सारेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE