काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष डा प्रफुल्ल कुमार काफ्लेको आइतबार निधन भएको छ। काफ्ले प्राधिकरणमा २०५८ साल बैशाख १० गतेदेखि २०५९ साल साउन २७ गतेसम्म अध्यक्ष रहेका थिए ।
उनी नेपाल राष्ट्र बैंकको डेप्युटी गभर्नर पदबाट अवकाश पछि साबिकको सेन्चुरी कमर्सियल बैंकको अध्यक्षको जिम्मेवारीमा समेत रहेका थिए । यसबाहेक काफ्लेले विभिन्न वाणिज्य बैंकको सञ्चालक समितिमा समेत रहेका थिए ।
प्रतिकृया लेख्नुहोस्: