Ntc summer Offer
Khabar Dabali १ बैशाख २०८२ आईतवार | 13th April, 2025 Sun
Investment bank

माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति पासाङलाई बनायो उपाध्यक्ष

खबरडबली संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी समेत दिएको उच्च स्रोतले जानकारी दियो । 

यसअघि गत माघमै पासाङ पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किएका थिए । जसअनुसार पार्टीले पासाङलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो । 

उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै उनी अनौपचारिक रूपमा माओवादीको आन्तरिक बैठकमा सहभागी हुँदै आएका थिए  । अब भने उनी पदाधिकारीको थप जिम्मेवारीसहित पार्टी राजनीतिमा सक्रिय हुने भएका हुन् । 

पासाङ राजनीतिमा फर्किन लागेकोबारे समाचार पहिलो पटक रातोपाटीले प्रकाशित गरेको थियो ।  समाचार पछि  यसबारे पार्टीभित्र र बाहिर व्यापक बहस समेत सिर्जना भएको थियो । 

पासाङले पार्टी राजनीतिमा फर्किने चाहना राखेपछि प्रचण्डले सुरुमै उनलाई उपाध्यक्ष बनाउन लागेको चर्चा भएको थियो । तर, सर्वत्र आलोचना भएपछि उनलाई जिम्मेवारी दिने प्रचण्डको चाहना स्थगित हुँदै आएको थियो । गत उपराष्ट्रपतिबाट बिदा भएपछि कात्तिक २६ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पहिलोपटक सहभागी भएका उनी त्यसयता माओवादीको केन्द्रीय तहका हरेक बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका थिए । 

गत पुस तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमा पनि उनी आमन्त्रित हैसियतमै सहभागी भएका थिए । उक्त बैठकमा पासाङलाई पार्टीमा जिम्मेवारी दिने विषयमा कैयन केन्द्रीय समिति सदस्यहरूले असहमति समेत राखेका थिए । सोही असहमति र पार्टिभित्रको आन्तरिक समीकरण मिलाउन पासाङलाई पदाधिकारीमा नल्याएका प्रचण्डले हाल आएर भने उपाध्यक्ष बनाएका हुन् । 

तत्कालीन माओवादी जनयुद्धकालका डेपुटी कमान्डर पुन माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा नगएर राजीनामा प्रवेश गरेका थिए ।

 जसअनुसार संसदीय राजनीतिमा लागेका उनी २०७२ सालमा  उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यससँगै माओवादीबाट अलग भएका उनी २०७९ को निर्वाचनपछि भने उपराष्ट्रपति पदबाट बाहिरिएका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यो साता सुनकाे मूल्यमा तीव्र उकालो, नयाँ रेकर्ड कायम

काठमाडौं  । गएको साताको सुन-चाँदी बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । साताको प्रारम्भमा सुनको मूल्य लगातार घट्दै गएकोमा अन्त्यतिर तीव्र वृद्धिसँगै न...

यो साता सुनकाे मूल्यमा तीव्र उकालो, नयाँ रेकर्ड कायम

काठमाडौं  । गएको साताको सुन-चाँदी बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । साताको प्रारम्भमा सुनको मूल्य लगातार घट्दै गएकोमा अन्त्यतिर तीव्र वृद्धिसँगै न...

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै स्थानमा   सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित सडकमा प्र.२-०३-०१८ प ५८३४ नम्बर...

जब प्रेमीले सुटकेश भित्र हालेर ब्वाइज होस्टेलमा प्रेमिका ल्याए....

 काठमाडौं। माया भनेको के हो, जसले मानिसलाई कुनै पनि हदसम्म जान बाध्य तुल्याउन सक्छ ? कोही चन्द्रमा र ताराहरू तोड्ने कुरा गर्छन्, कोहीले आफ्नो ज्यान जो...

६ महिना कैद सजायपछि फरार भ्रष्टाचारी पक्राउ

काठमाडौं । प्रहरीले भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका-१ का पिताम्बर यादव रहेका छन्। उ...

केराका बोट मर्न थालेपछि कृषक चिन्तित

उदयपुर। त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ खाँबु तथा छामलिङ क्षेत्रमा दुई वर्षदेखि व्यावसायिक केरा उत्पादन गर्दै आएका कृषक केराका बोट मर्न थालेपछ...

समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव चयन 

रौतहट ।माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव यादव दोहोरिएका छन्। एकीकृत समाजवादी रौतहटको नवाैं जिल्ला अध...

ह्वात्तै घट्यो काठमाडौँमा वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा

काठमाडौँ। वर्षा र हावाहुरीसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण ह्वात्तै घटेको छ। विश्वकै वायु गुणस्तर मापन गर्ने  ‘एअर क्वालिटी इन्डेक्स’को सूचीमा ...

हामी सत्ता छौं तर सरकारलाई खबरदारी गर्न छाड्दैनौं : शेखबर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका छन्। शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ...

दलहरू यथास्थितिवादी भएकै कारणले राजावादीको सक्रियता बढ्यो : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक दलहरू यथास्थितिवादी भएकै कारणले राजावादीको सक्रियता बढेको बताएका छन्। ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending