Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

नयाँ वर्षमा बससेवाको अफरै अफरः ८२ वटा फ्री टिकटदेखि बम्परमा ८२ हजार नगदसम्म

खबरडबली संवाददाता

काठमाडौँ । सार्वजनिक बसको नेपालको एक मात्र अनलाइन टिकेटिङ प्लेटफर्म बससेवाले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा विभिन्न अफर ल्याइएको कम्पनीले जनाएको छ ।

बससेवाको नयाँ वर्ष अफर आज (२४ चैत) देखि ६ वैशाखसम्म लागू हुनेछ । यस अवधिमा बससेवामार्फत बसको टिकट काट्ने यात्रुहरू यस योजनामा सहभागी हुन सक्नेछन् । अफरको बम्पर उपहारस्वरूप एक जना भाग्यशाली विजेताले ८२ हजार रुपैयाँ नगद उपहार पाउनेछन् । 
यसैगरी, ४ जना विजेताले ८ हजार २०० रुपैयाँ नगद जित्न सक्ने बससेवाले जनाएको छ । यस्तै, अफर अवधिभरमा टिकट काट्नेमध्ये ८२ जनाले निःशुल्क टिकट प्राप्त गर्नेछन् भने हरेक टिकट बुकिङमा ५०० रुपैयाँसम्मको क्यासब्याक अफर राखिएको छ । अर्थात, हरेक टिकट काट्दा अधिकतम ५०० रुपैयाँसम्म नगद तत्कालै यात्रुको वालेटमा फिर्ता आउनेछ ।
नगद उपहार र निःशुल्क टिकट योजनामा एउटा एकाउन्टबाट काटिएको एउटा टिकट मात्र समावेश हुनेछ । यस अफरमा सहभागी हुन बससेवाको मोबाइल एप अथवा वेबसाइटमार्फत टिकट काट्नुपर्ने कम्पनीले जनाएको छ । 
कसरी काट्ने टिकट ?
मोबाइल एप ‘बससेवा’मा लगइन गरेपछि यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी विभिन्न गन्तव्यका बसको सिट बुक गर्न सक्छन् । अथवा, वेबपोर्टलमार्फत कुनै ब्राउजरमा बससेवा डटकम (bussewa.com) बाट पनि टिकट काट्न सकिन्छ । निलो रङ लागेको सिट खाली भएको संकेत हुनाले त्यसमध्ये आफूलाई पायक पर्ने सिट छानेर अनलाइन माध्यमबाट भुक्तानी गरेपछि टिकट बुक हुन्छ । बससेवाले एसएमएसबाट पनि टिकट सुनिश्चित भएको जानकारी गराउँछ । त्यसपछि प्राप्त हुने टिकट सुरक्षित राखेर त्यही देखाएर बसमा यात्रा गर्न सकिन्छ वा टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending