Ntc summer Offer
Khabar Dabali १ बैशाख २०८२ आईतवार | 13th April, 2025 Sun
Investment bank

ऊर्जामन्त्रीको दोहोरो चरित्र - विद्युत् खरिद समझदारी गर्दा कुलमानलाई हटाए, हितेन्द्रलाई त्यही मूल्यमा आयात गर्न दिए

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बदनियतपूर्वक हटाएको भन्ने आरोपलाई आफैँले पुष्टि गरेका छन् । मन्त्री खड्काले जे विषयमा कुलमानसँग स्पष्टीकरण मागेर बर्खास्त गरेका थिए, त्यही विषयमा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न अनुमति दिएका छन् । यसले मन्त्री खड्काको ‘दोहोरो चरित्र’ पनि उजागर गरेको छ । 

पावर एक्सचेन्ज कमिटी (पिइसी)को बैठकमा भएको समझदारीअनुसार प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यलाई मन्त्री खड्काले विद्युत् आयातको जिम्मेवारी दिएका छन् । जबकि मन्त्री खड्काले कुलमानसँग यो विषयमा पनि स्पष्टीकरण माग्दै बर्खास्त गरेका थिए । 

३० माघमा भारतको नयाँदिल्लीमा सम्पन्न पिइसी बैठकमा भारतको बिहार र उत्तर प्रदेशबाट १३२ केभी प्रसारणलाइन हुँदै आयात गरिने विद्युत्को खरिद दर प्रतियुनिट ७.९८ भारुबाट १.५ प्रतिशतले बढाएर ८.१ भारु पुर्‍याउने सहमति भएको थियो । तर, यो प्राधिकरणको सञ्चालक समितिबाट पारित भएर नियमन आयोगबाट अनुमोदन गर्न बाँकी नै थियो । पहिला पनि त्यही अभ्यासमा यो समझदारी कार्यान्वयन हुन्थ्यो । 

तर, ऊर्जामन्त्री खड्काले स्वीकृति नलिई राज्यलाई आर्थिक दायित्व बढाउने काम गरेको भन्दै पदबाट हटाउने धम्कीसहित कुलमानलाई स्पष्टीकरण सोधेका थिए । त्यसमा संयुक्त ऊर्जासचिवस्तरीय बैठकको नेतृत्व गरेका ऊर्जासचिव सुरेश आचार्यको हस्ताक्षर थियो । २९ माघमा दुवै देशका ऊर्जामन्त्रीले नेतृत्व गरेको संयुक्त ऊर्जासचिवस्तरीय बैठकको माइन्युटमा पनि यो समावेश थियो । तर, उक्त बैठकमा स्वीकृति नलिई गएर विद्युत् खरिद दर बढाएर समझदारी गरेको भन्दै ऊर्जासचिव आचार्यकै हस्ताक्षरमा कुलमानलाई स्पष्टीकरण सोधिएको थियो । 

त्यसलगायतका आधारमा कुलमानलाई ११ चैतको मन्त्रिपरिषद् बैठकले हटाएर शाक्यलाई नियुक्ति गरेको थियो । अहिले शाक्य आएपछि प्राधिकरणले पिइसीअन्तर्गत त्यही दरमा विद्युत् आयात गरेको हो । 

सुरुमा कुलमानलाई निरुत्साहित गर्ने गरी २२ असोज, १३ कात्तिक र मंसिर तेस्रो साता स्पष्टीकरणकै शैलीमा मन्त्रालयले १५, सात र तीनबुँदे ‘विवरण’ मागेको थियो । पछि उनलाई हटाउनका लागि २२ पुसमा सातदिने, १३ फागुनमा २४ घण्टे र २२ फागुनमा तीनदिने स्पष्टीकरण सोधिएको थियो । त्यसमा १३ फागुन र २२ फागुनको स्पष्टीकरणमा यससम्बन्धी बुँदा समावेश छन् । 

१३ फागुनको स्पष्टीकरणमा ‘...बैठकमा नेपाली प्रतिनिधिमण्डलको टोली नेताको हैसियतमा जाँदा कुन निकायको स्वीकृति लिएर जानुभएको हो ? ... तपाईंले अर्थ मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी प्राप्त गर्नुभएको हो ?’ भन्दै स्पष्टीकरण सोधिएको थियो । 

यसैगरी २२ फागुनमा गत वर्षको बैठकमा समेत भएको सहमतिलाई थप गरेर स्पष्टीकरण सोधिएको थियो । ‘...पिइसीको क्रमशः १५औँ र १६औँ बैठकमा भारतीय आर्थिक वर्ष ०२४/२५ र ०२५/२६ का लागि द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकबाट तय भएको सहमतिपत्रमा हस्ताक्षर गरी आफूलाई अधिकार नै नभएको कार्य गरेर आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेको हुँदा कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावलीअनुसार तपाईं (कुलमान)लाई पदबाट किन नहटाउने ?’

११ चैतमा कुलमानलाई हटाउँदा मन्त्रिपरिषद्ले देखाएको १० बुँदे कारणमा दोस्रो नम्बरमा यही बिषय उल्लेख छ । ‘सन् २०२४ मार्च ११ र २०२५ फेब्रुअरी १२ मा भएको पिइसीको क्रमशः १५औँ र १६औँ बैठकमा भारतीय पक्षसँग नेपालको तर्फबाट वार्ता टोली प्रमुखको हैसियतमा कार्य गर्दा सरकारको पूर्वसहमति र सञ्चालक समितिको स्वीकृतिविना सहमतिपत्रमा हस्ताक्षर गरी आफूलाई अधिकार नै नभएको विषयमा सम्झौता गर्नुभएको,’ कुलमानलाई हटाइएको पत्रमा उल्लेख छ । 

मन्त्री खड्काले सोहीअनुसार विद्युत् आयात गर्न शाक्यलाई मौखिक सहमति दिइसकेपछि प्राधिकरणले विद्युत् आयात सुरु गरिसकेको छ । साथै, उक्त समझदारी कार्यान्वयन गर्ने प्रक्रिया पनि अघि बढाउन लागिएको छ । 

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले पनि पिइसीबाट विद्युत् आयात भइरहेको बताए । साथै, पछिल्लो पिइसी बैठकमा भएको समझदारीलाई कार्यान्वयन गर्ने प्रक्रिया पनि अघि बढाउन लागेको उनको भनाइ छ । ‘पिइसीबाट मार्च २८–२९ देखि नै विद्युत् आयात भइरहेको छ । त्यसको मूल्यको विषयमा म भने जानकार छैन । पिइसीले महिना पुगेपछि बिल पठाउँछ । त्यसवेला मूल्यबारे जानकारी आउँछ,’ उनले भने, ‘निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले पिइसी बैठकमा नयाँ दरबारे समझदारी गर्नुभएको थियो । त्यो उहाँ व्यक्तिले नभएर कार्यकारी निर्देशकको रूपमा समझदारी गरी हस्ताक्षर गर्नुभएको थियो । त्यो समझदारी कसरी इन्डोस गर्ने भनेर छलफल भइरहेको छ । इन्डोसकै प्रक्रियामा छ ।’

प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भने सम्पर्कमा आउन चाहेनन् । यद्यपि, उनले कतिपय ठाउँमा पिइसीको बैठकमा भएको पछिल्लो समझदारी अर्थात् प्रतियुनिट ८.१० भारुमा विद्युत् आयात गरेको प्रतिक्रिया दिएका छन् । 

विद्युत् आयात गरेपछि त्यो कार्यान्वयन गर्नुपर्ने दबाबमा प्राधिकरण छ । त्यो नगरे पिइसीले सिधै पाँच प्रतिशतले मूल्य बढाएर बिल पठाउनेछ । जुन प्रतियुनिट ८.३७ भारु पुग्नेछ । र, त्यो कुलमानले गरेको समझदारी गरेको दरभन्दा पनि बढी हो । वार्षिक रूपमा बैठक बसेर मूल्य समायोजन नगरेमा पिइसीले सिधै पाँच प्रतिशतले मूल्य बढाउन सक्ने पूर्वसहमति छ ।

पिइसीअन्तर्गत भारतको बिहार र उत्तर प्रदेशबाट सन् १९९१ देखि विद्युत् आयात हुँदै आएको छ । त्यसमा आवश्यक निर्णय गर्ने विषयमा प्राधिकरणको कार्यकारी निर्देशकलाई नै अधिकार दिइएको छ । पछिल्लोपटक पिइसी बैठकमा हुने निर्णयलाई सञ्चालक समितिबाट पारित गरेर आयोगदेखि अनुमोदन गर्न सुरु गरिएको थियो । त्यहीअनुसार पछिल्लो पिइसीको बैठकमा समझदारी गर्दा कुलमान पदबाट हटाइएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसरी पुग्यो दुर्गा प्रसाईंको लोकेशनसम्म प्रहरी, किन गर्दैछन् आत्मसमर्पण गरेको दाबी ?

काठमाडौं । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेका दुर्गा प्रसाईं १५ दिनपछि प्रहरीको हिरासतमा परेका छन्। घटनाको समयावधिमा आ...

ओली सरकार ढाल्न कांग्रेसले आँट गरे माओवादी बाहिरै बसेर समर्थन गर्न तयार छ : प्रचण्ड

देउवाले ओलीजस्तो जालझेल नगर्नाले विश्वास छ, म ०८४ सम्म प्रधानमन्त्री बन्दिनँ

बालीनाली जोगाउन गाह्रो भएपछि नवलपुरका किसानले रोजे माछापालन

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यवर्ती वन क्षेत्रबाट आउने वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याउन थालेपछि यहाँका किसान माछापालनतर्...

वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरू भयो ‘रात्रि बजार’

पर्सा । वीरगञ्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ । शुक्रबारदेखि सुरू भएको रात्रि बजार चैत ३१ गतेसम्म वीरगञ्जको आर्दशनगरस...

वर्ष २०८१ का अकल्पनीय विपद्ः जलवायुजन्य सङ्कट गहिरिँदै

काठमाडौँ । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको लेदोसहितको पहिरो (डेब्रिज)का कारण सडकमा गुडिरहेका दुईवटा य...

प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त

काठमाडौँ । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् । प्रतिन...

आजको मौसम : यी तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षा

काठमाडौँ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा...

६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ ।  ६९ मेगावाट क्...

यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्...

आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट

लेखनाथ । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गर्दै छ । महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । पोखरामा आयोजना गर्न लागेको २०औँ फेवा ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending