काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था आएमा माओवादी समर्थन गर्ने बताएका छन्। प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका दाहालले यसअघि माओवादी सरकारमा नजाने बताउँदै आए पनि बिहीबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले कांग्रेसले सरकारको विकल्प खोज्नुपर्ने बताएका छन्।
दाहालले भने, “माओवादीले कांग्रेसले भनेअनुसार सरकारमा गएर वा बाहिर बसेर समर्थन गर्न तयार रहेको कुरा मेरो स्पष्ट धारणा हो। अबको कोर्ष भनेको नेपाली कांग्रेस र शान्ति सम्झौताका सहयात्रीहरू एक ठाउँमा आएर सहमति खोज्नु नै सबैभन्दा राम्रो विकल्प हो। तत्कालको कुरा भनेको नेपाली कांग्रेसले विकल्प दिनुपर्छ। देशको वर्तमान संकटको स्थितिमा सबैभन्दा ठूलो दल र शान्ति सम्झौताका हस्ताक्षर दलको नाताले नेपाली कांग्रेसले निकास दिन आँट गर्नुपर्छ।”
माओवादी अध्यक्ष दाहालले कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा माओवादी समर्थन गर्न तयार रहेको कुरा एकदमै स्पष्ट गरे। उनले थपे, "नेपाली कांग्रेसले बाहिरबाट समर्थन गर्न भने पनि हामी तयार छौँ, र सरकारमा आएर समर्थन गर्न भने पनि कांग्रेसको चाहनाअनुसार हामी सहयोग गर्नेछौँ।"
प्रधानमन्त्रीको दौडमा आफू छैन भनेर दाहालले स्पष्ट पारे। "मैले भनेको छु, म प्रधानमन्त्रीको दौडमा ०८४ सम्म छैन। यो एकदमै स्पष्ट कुरा हो," उनले भने।
उनले अहिलेको राजनीतिक परिस्थितिलाई एक सपना नभइ संकटको रूपमा हेरेका छन्। “यो सपना होइन, बिपना हो। राजनीतिक कोर्स परिवर्तन हुन सक्छ। सरकारको नेतृत्व ठूलो पार्टी र शान्ति सम्झौताका हस्ताक्षर दलको नाताले भन्नु भएको हो। मेरो देउवा (शेरबहादुर) सँग विश्वास छ, उनले केपी ओलीजस्तो जालझेल गर्नुभएन," दाहालले भने।
उनीहरूले सरकारको समय रेकर्ड गर्न चाहेनन्, तर कुनै पनि बेला सरकार परिवर्तन हुने संभावना रहेको संकेत दिए। "मलाई लाग्दैन ओली सरकार एक वर्ष पनि चल्नेछ," उनले भने, "यो सरकारको जग अब कमजोर भइसक्यो। हामीलाई गंभीर समीक्षा गर्न आवश्यक छ। राष्ट्र र जनताको पक्षमा संविधान संशोधनको आधार खोज्नुपर्छ।"
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: