काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था आएमा माओवादी समर्थन गर्ने बताएका छन्। प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका दाहालले यसअघि माओवादी सरकारमा नजाने बताउँदै आए पनि बिहीबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले कांग्रेसले सरकारको विकल्प खोज्नुपर्ने बताएका छन्।
दाहालले भने, “माओवादीले कांग्रेसले भनेअनुसार सरकारमा गएर वा बाहिर बसेर समर्थन गर्न तयार रहेको कुरा मेरो स्पष्ट धारणा हो। अबको कोर्ष भनेको नेपाली कांग्रेस र शान्ति सम्झौताका सहयात्रीहरू एक ठाउँमा आएर सहमति खोज्नु नै सबैभन्दा राम्रो विकल्प हो। तत्कालको कुरा भनेको नेपाली कांग्रेसले विकल्प दिनुपर्छ। देशको वर्तमान संकटको स्थितिमा सबैभन्दा ठूलो दल र शान्ति सम्झौताका हस्ताक्षर दलको नाताले नेपाली कांग्रेसले निकास दिन आँट गर्नुपर्छ।”
माओवादी अध्यक्ष दाहालले कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा माओवादी समर्थन गर्न तयार रहेको कुरा एकदमै स्पष्ट गरे। उनले थपे, "नेपाली कांग्रेसले बाहिरबाट समर्थन गर्न भने पनि हामी तयार छौँ, र सरकारमा आएर समर्थन गर्न भने पनि कांग्रेसको चाहनाअनुसार हामी सहयोग गर्नेछौँ।"
प्रधानमन्त्रीको दौडमा आफू छैन भनेर दाहालले स्पष्ट पारे। "मैले भनेको छु, म प्रधानमन्त्रीको दौडमा ०८४ सम्म छैन। यो एकदमै स्पष्ट कुरा हो," उनले भने।
उनले अहिलेको राजनीतिक परिस्थितिलाई एक सपना नभइ संकटको रूपमा हेरेका छन्। “यो सपना होइन, बिपना हो। राजनीतिक कोर्स परिवर्तन हुन सक्छ। सरकारको नेतृत्व ठूलो पार्टी र शान्ति सम्झौताका हस्ताक्षर दलको नाताले भन्नु भएको हो। मेरो देउवा (शेरबहादुर) सँग विश्वास छ, उनले केपी ओलीजस्तो जालझेल गर्नुभएन," दाहालले भने।
उनीहरूले सरकारको समय रेकर्ड गर्न चाहेनन्, तर कुनै पनि बेला सरकार परिवर्तन हुने संभावना रहेको संकेत दिए। "मलाई लाग्दैन ओली सरकार एक वर्ष पनि चल्नेछ," उनले भने, "यो सरकारको जग अब कमजोर भइसक्यो। हामीलाई गंभीर समीक्षा गर्न आवश्यक छ। राष्ट्र र जनताको पक्षमा संविधान संशोधनको आधार खोज्नुपर्छ।"
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: