Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रेम सम्बन्धमा खटपटपछि कुवेतमा नेपालीले गरे प्रेमिकाको हत्या

खबरडबली संवाददाता

काठमाडौं । कुवेतमा एक नेपाली महिलाको हत्या भएको छ । मंगाफस्थित एक आवासीय भवनमा बस्दै आएकी रोजिना राईको हत्या भएको हो । करिब ५ महिनाअघि मात्र कुवेत पुगेका रोजिनाको प्रेमी भोजपुर घर भएका सुनिल राईले धारिलो हतियार प्रहार गरी उनको हत्या गरेका हुन् ।

कुवेतमा रहेका सामाजिक अभियन्ता घनश्याम थापा मगरले प्रेम सम्बन्धमा खटपट आएपछि सुनिलले रोजिनाको हत्या गरेको हुनसक्ने बताए । प्रेम सम्बन्धमा खटपट भएपछि रोजिनाले अर्कै प्रेमीसँग सम्बन्ध जोडेको रिसमा सुनिलले मादक पदार्थ सेवन गरेर चक्कु र पेचकस प्रहार गरेर हत्या गरेको अभियन्ता थापाले बताए ।

हत्या अभियुक्त सुनिल र रोजिनाबीच विगत ६ वर्षदेखि प्रेम सम्बन्ध थियो । रोजिनाकै योजनाअनुसार कुवेत पुगेका सुनिल डेलिभरी कम्पनीमा कार्यरत थिए । प्रेमिकाले समय नदिएको, फोन सम्पर्क गर्दा बाहिर छु भनेर झुक्क्याउने गरेको कारण उनी रिसले आगो बनेका थिए । त्यसपछि उनले हत्या योजना बनाएका थिए ।

बिहीबार रोजिना मंगाफस्थित अर्का साथी रोजिनको कोठामा थिइन् । उनले सुनिललाई फेसबुक म्यासेन्जरमा ब्लक गरेकी थिइन् । आफ्नो प्रेमिका त्यहाँ गएको निश्चित भएपछि हत्या गर्ने योजनासहित उनी आफू बस्ने ठाउँ फाहिलबाट चक्कु र पेचकस लिई अन्य दुई साथीलाई साथ लिएर मंगफमा रोजिनको कोठामा पुगे ।

कोठामा घण्टी बजाउँदा ढोका नखोलेपछि उनले ढोकामा लात्ताले हान्न थाले । अति भएपछि रोजिनाले धोका खोलिन् र उनीहरू दुवैबीच वादविवाद बढ्दै गयो । त्यसपछि धारिलो हतियार चक्कु प्रहार गरेर रोजिनाको विदेशी भूमिमा ज्यान लिए ।

अहिले उनलाई कुवेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनले प्रेम सम्बन्धमा खटपट भएपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । सामान्यतया कुवेतमा हत्या गर्नेलाई मृत्युदण्ड दिने कानुन छ । अब मृतकको परिवारले ब्लडमनी स्वीकार नगरे उनलाई पनि त्यहाँ मृत्युदण्ड दिइनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending