काठमाडौं । कुवेतमा एक नेपाली महिलाको हत्या भएको छ । मंगाफस्थित एक आवासीय भवनमा बस्दै आएकी रोजिना राईको हत्या भएको हो । करिब ५ महिनाअघि मात्र कुवेत पुगेका रोजिनाको प्रेमी भोजपुर घर भएका सुनिल राईले धारिलो हतियार प्रहार गरी उनको हत्या गरेका हुन् ।
कुवेतमा रहेका सामाजिक अभियन्ता घनश्याम थापा मगरले प्रेम सम्बन्धमा खटपट आएपछि सुनिलले रोजिनाको हत्या गरेको हुनसक्ने बताए । प्रेम सम्बन्धमा खटपट भएपछि रोजिनाले अर्कै प्रेमीसँग सम्बन्ध जोडेको रिसमा सुनिलले मादक पदार्थ सेवन गरेर चक्कु र पेचकस प्रहार गरेर हत्या गरेको अभियन्ता थापाले बताए ।
हत्या अभियुक्त सुनिल र रोजिनाबीच विगत ६ वर्षदेखि प्रेम सम्बन्ध थियो । रोजिनाकै योजनाअनुसार कुवेत पुगेका सुनिल डेलिभरी कम्पनीमा कार्यरत थिए । प्रेमिकाले समय नदिएको, फोन सम्पर्क गर्दा बाहिर छु भनेर झुक्क्याउने गरेको कारण उनी रिसले आगो बनेका थिए । त्यसपछि उनले हत्या योजना बनाएका थिए ।
बिहीबार रोजिना मंगाफस्थित अर्का साथी रोजिनको कोठामा थिइन् । उनले सुनिललाई फेसबुक म्यासेन्जरमा ब्लक गरेकी थिइन् । आफ्नो प्रेमिका त्यहाँ गएको निश्चित भएपछि हत्या गर्ने योजनासहित उनी आफू बस्ने ठाउँ फाहिलबाट चक्कु र पेचकस लिई अन्य दुई साथीलाई साथ लिएर मंगफमा रोजिनको कोठामा पुगे ।
कोठामा घण्टी बजाउँदा ढोका नखोलेपछि उनले ढोकामा लात्ताले हान्न थाले । अति भएपछि रोजिनाले धोका खोलिन् र उनीहरू दुवैबीच वादविवाद बढ्दै गयो । त्यसपछि धारिलो हतियार चक्कु प्रहार गरेर रोजिनाको विदेशी भूमिमा ज्यान लिए ।
अहिले उनलाई कुवेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनले प्रेम सम्बन्धमा खटपट भएपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । सामान्यतया कुवेतमा हत्या गर्नेलाई मृत्युदण्ड दिने कानुन छ । अब मृतकको परिवारले ब्लडमनी स्वीकार नगरे उनलाई पनि त्यहाँ मृत्युदण्ड दिइनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: