काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएसँगै रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामाका लागि दबाब परेको छ । मेरिटोक्रेसीमार्फत नियुक्त भएका उपकुलपति बरालले राजीनामा दिएसँगै रेक्टर प्राडा खड्क केसी र रजिस्ट्रार प्राडा केदार रिजाललाई समेत राजीनामाका लागि दबाब परेको हो ।
बरालले चैत १५ गते स्वास्थ्यको कारण देखाउँदै राजीनामा पत्र बुझाएर गृहनगर पोखरा गएका थिए । तर, हालसम्मको उनको राजीनामा स्वीकृत भएको छैन । उनको राजीनामा स्वीकृत नभएको बेला उनको आफ्नै टिममा रहेका रेक्टर र रजिस्ट्रारलाई समेत राजीमाका लागि दबाब पर्न थालेको हो ।
विद्यार्थी संगठनहरू, प्राध्यापक तथा कर्मचारीहरूले केसी र रिजाललाई समेत राजीनामा दिन माग गर्दै आएका हुन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिवि इन्चार्ज प्रशान्त भण्डारीले रेक्टर र रजिस्ट्रारले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका छन् । एमाले नेता तथा कार्यकर्ताहरूले उपकुलपति बरालले ल्याएका आफ्नो टिमका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरेका हुन् ।
अखिल (क्रान्तिकारी) भने रेक्टर र रजिस्ट्रारलाई उपकुलपतिको राजीनामा फिर्ता ल्याउन दबाब दिएका थिए । उपकुलपतिको राजीनामा फिर्ता नभएको खण्डमा रेक्टर र रजिस्ट्रार दुवैको राजीनामा माग्ने चेतावनी क्रान्तिकारीका नेताहरू दिएका थिए ।
जसले गर्दा रेक्टर र केसी र रजिस्ट्रार रिजालले बराललाई राजीनामा फिर्ता गराउनका फकाउँदै आएका छन् । बराल निकटका केही व्यक्तिहरू पोखरा नै पुगेका थिए । पोखरा पुगेको टोलीसँग बरालले काम गर्ने सहज वातावरण बनाइदिएको खण्डमा मात्रै राजीनामा फिर्ता लिने प्रतिक्रिया दिएको स्रोतले बतायो ।
त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै प्रतिबद्धता आउनुपर्ने उनको अडान थियो । त्यस्तै त्रिविका प्राध्यापक तथा कर्मचारीहरूले समेत उपकुलपतिले राजीनामा दिइसकेपछि उनले ल्याएको टिमले समेत राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्री तथा अन्य कहीँ कतैबाट सहयोग नपाइएको भन्दै उपकुलपति बरालले राजीनामा दिएका थिए । तर, उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको बताएका छन् ।
अहिलेसम्म उनको राजीनामाका विषयमा के गर्ने भन्ने विषयमा कुलपति तथा प्रधानमन्त्री ओलीले कुनै निर्णय लिइसकेका छैनन् । राजीनामा स्वीकृतरअस्वीकृत गर्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बरालको राजीनामापछि हालसम्म त्रिविमा उपकुलपतिविहीन बनेको छ । त्रिवि ऐन अनुसार उपकुलपति नभए रेक्टरलाई ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिन सकिने व्यवस्था छ । तर, रेक्टरलाई समेत उक्त जिम्मेवारी दिइएको छैन ।
उक्त अवधिमा सिफारिस समिति गठन गरी उपकुलपति चयन र नियुक्तिको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ । कुनै पनि प्रक्रिया अगाडि नबढ्दा विश्वविद्यालय नेतृत्वविहीन बनेको छ । जसले गर्दा शैक्षिक तथा प्रशासनिक काम ठप्प भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: