काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिगकी नेता शेख हसीनाले मंगलबार आफ्ना पार्टी कार्यकर्ता र समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गरेकी छिन्।
उक्त सम्बोधनमा उनले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागप्रति आपत्ति जनाइन्।
हाल शेख हसीना भारतमा छिन् । गत वर्ष बंगलादेशमा भएको उग्र छात्र आन्दोलनपछि उनी सन् २०२४ को अगस्ट महिनामा भारत आएकी थिइन्।
त्यसयता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले हसीनालाई बंगलादेश बुझाउन भारत सरकारसँग अनुरोध गर्दै आएको छ। यसअघि पनि उनले आफ्ना समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गर्दै आएकी थिइन्।
सम्बोधनमा के भनिन्रु ?
शेख हसीनाले आफ्नो सम्बोधनमा भनिन्, ‘कसैले पनि यो बिर्सनु हुँदैन कि बंगबन्धु शेख मुजिबले अवामी लिगमार्फत बंगाली जनतालाई एकजुट पारेर मुलुकलाई स्वतन्त्रता दिलाउनुभएको थियो।’
उनले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि पनि निशाना साध्दै भनिन्, ‘मोहम्मद युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश छैन।’
युनुसले विदेशी सहयोगमार्फत एक ‘पूर्वनियोजित योजना’ अनुसार सत्ता कब्जा गरेको हसिनाले आरोप लगाइन् ।
शेख हसीनाले अवामी लिगमाथि प्रतिबन्ध लगाउने माग उठाउनेहरूप्रति चर्को प्रतिक्रिया दिँदै भनिन्, ‘यस्ता माग गर्नेहरूको हिम्मत देख्दा म चकित छु।’
उनले थपिन्, ‘उनीहरूले नसोचून् कि मैले सबै कुरा त्यागेर देश छोडेकी हुँ। संविधानअनुसार, म जनताद्वारा निर्वाचित प्रतिनिधि र संसद सदस्यहरूको समर्थन प्राप्त प्रधानमन्त्री हुँ। युनुसको अन्तरिम सरकारको कुनै वैधता छैन।’
बीबीसीका अनुसार शेख हसीनाको यो सम्बोधनबारे बंगलादेश सरकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: