Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

लुम्बिनीका विभिन्न जिल्लामा हावाहुरी, चट्याङ लागेर रोल्पा र अर्घाखाँचीमा दुई जनाको मृत्यु

सांकेतिक तस्विर
खबरडबली संवाददाता

रुपन्देही। रोल्पाका बुधबार राति हावाहुरीसहित परेको वर्षा र चट्याङले एकजनाको मृत्यु भएको छ भने केही भवनहरुमा क्षति पुगेको छ ।

चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिल स्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको छ । यसै गरी चट्याङ लागेर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौरस्थित लिसेपानी गाउँका ७२ वर्षीय यमबहादुर घर्तीको मृत्यु भएको छ । घरको दलानमा बसिरहेका अवस्थामा आज बिहान चट्याङ लागेर बेहोस भएका उनलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा लगिएको थियो । उपचारका क्रममा साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा रहेका अन्य परिवार भने सकुशल छन् ।

गए रातीको हावाहुरीले प्रदेशका विभिन्न जिल्लामा क्षति पुराएको छ । बाँकेको वनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवनको टिनको छाना,पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छानो हावाहुरीले उडाइदिएको छ । ती दुवै भवनमा तत्काल बस्न सक्ने अवस्था नरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बर्दियाको मधुवन नगरपालिका १ स्थित शंकर रावलको फुसले छाएको एक तले दुई कोठा घर चट्याङ परेर आगलागी भई जलेको छ ।

अर्घाखाँचीमा गए रातीको हावाहुरीले पाणिनि गाउँपालिका ६ धातिबाङ्गमा १७ घर गोठका छाना उडाएको छ। वडा भरीमा ११ वटा घर र ६ वटा गोठका छानो हावाहुरीले उडाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए। हावाहुरीले छानो उडाएका घरगोठ तथा अन्य क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको वडा अध्यक्ष पौडेलले बताए।

सन्धिखर्क नगरपालिका १० धरमपानीका  कमल जिसिको कुखराको खोर गए रातीको हावाहुरीले भत्काइ पूर्णरुपमा क्षति भएको छ। खोर भत्किएपछि खोरमा रहेका झन्डै १ सय ५० वटा बोइलर कुखरा च्याप्पिएर मरेका छन्।

हावा हुरीसँगै परेको वर्षाको कारण शितगंगा नगरपालिका १२ देउराली बस्ने भीम बहादुर चित्रेको टिनले छाएको २ तले कच्ची घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। छानो उडाउनुको साथै घरको गारोसमेत भत्किएको छ।

गए राति आएको हुरी बतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । राति १०ः०० बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्था अहिलेसम्म हुन नसकेको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामछिानेले जानकारी दिए ।

उनले विद्युत् आपूर्ति हुन अझै केही समय लाग्ने उल्लेख गर्दै मुख्य प्रसारण लाइनको काम सकिएपछि अन्य ठाउँको काम सुरु हुने बताए । ‘सबै ठाउँको विवरण सङ्कलन भइरहेको छ र यसका लागि अझै केही समय लाग्छ,’उनले भने ।

खराब मौसमका कारण ३३ केभी प्रसारण लाइनका ‘टावर’मा असर पर्न गएकाले विद्युत् प्रवाहका लागि काम भइरहेको जानकारी दिँदै लामिछानेले कहाँकहाँ के समस्या आएको भन्ने विषयमा पहिचान हुन बाँकी रहेको बताए ।

उनले कतिपय ठाउँमा विद्युत् पोल परिवर्तन गर्न लागिएको र केही ठाउँमा विद्युतीय तार नयाँ जोड्न थालिएको जानकारी दिए । नेपालगञ्ज९ २२ नहरपुरवामा समेत हुरी बतासले विद्युत्को पोल बाङ्गो बनाउनुका साथै तारमा जस्तापाता अड्किएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जनाएको छ ।

त्यसै गरी, हुरीले डुडुवास्थित इलाका प्रहरी कार्यालय वनकट्टीको जस्तापाता उडाइदिएका कारण त्यहाँस्थित प्रहरीहरू अन्य ठाउँमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

गएरातिको हावाहुरीले पाल्पामा सञ्चालित दोस्रो तानसेन महोत्सव अस्तव्यस्त बनेको छ । चैत्र २२ गतेदेखि सञ्चालन भइरहेको दोस्रो तानसेन महोत्सव गएरातिको हावाहुरीले अस्तव्यस्त बनेको हो ।

हुरीका कारण स्टलमा लगाइएका धेरैजसो टेन्टहरू भत्किएका छन् भने टिनहरू उडाएको छ । सडकमा बनाइएका स्वागत गेटहरु समेत भत्किएका छन् ।

राती परेको भीषण वर्षा र हावाहुरीले बेचबिखनका लागि राखिएका लत्ताकपडा, खानेकुरा, कृषि उपज, हस्तकलाका सामग्री, होटेल, मञ्चलगायत लथालिङ्ग भएको पाल्पा व्यापार संघका अध्यक्ष विष्णु बहादुर कार्कीले बताए ।

महोत्सव स्थल भत्किएको र हिलोका कारण मेला सञ्चालन गर्न नसकिने भन्दै आयोजकले अर्को सूचना नगर्दासम्म स्थगित गरेको छ । सबै स्टलहरू र मञ्च मर्मत गरिसकेपछि मात्र पुनः महोत्सव सञ्चालन गरिने अध्यक्ष कार्कीले बताए । रातीको समयमा विपत्ति भएका कारण कुनै मानवीय क्षति नभएको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending