Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

लुम्बिनीका विभिन्न जिल्लामा हावाहुरी, चट्याङ लागेर रोल्पा र अर्घाखाँचीमा दुई जनाको मृत्यु

सांकेतिक तस्विर
खबरडबली संवाददाता

रुपन्देही। रोल्पाका बुधबार राति हावाहुरीसहित परेको वर्षा र चट्याङले एकजनाको मृत्यु भएको छ भने केही भवनहरुमा क्षति पुगेको छ ।

चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिल स्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको छ । यसै गरी चट्याङ लागेर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौरस्थित लिसेपानी गाउँका ७२ वर्षीय यमबहादुर घर्तीको मृत्यु भएको छ । घरको दलानमा बसिरहेका अवस्थामा आज बिहान चट्याङ लागेर बेहोस भएका उनलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा लगिएको थियो । उपचारका क्रममा साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा रहेका अन्य परिवार भने सकुशल छन् ।

गए रातीको हावाहुरीले प्रदेशका विभिन्न जिल्लामा क्षति पुराएको छ । बाँकेको वनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवनको टिनको छाना,पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छानो हावाहुरीले उडाइदिएको छ । ती दुवै भवनमा तत्काल बस्न सक्ने अवस्था नरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बर्दियाको मधुवन नगरपालिका १ स्थित शंकर रावलको फुसले छाएको एक तले दुई कोठा घर चट्याङ परेर आगलागी भई जलेको छ ।

अर्घाखाँचीमा गए रातीको हावाहुरीले पाणिनि गाउँपालिका ६ धातिबाङ्गमा १७ घर गोठका छाना उडाएको छ। वडा भरीमा ११ वटा घर र ६ वटा गोठका छानो हावाहुरीले उडाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए। हावाहुरीले छानो उडाएका घरगोठ तथा अन्य क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको वडा अध्यक्ष पौडेलले बताए।

सन्धिखर्क नगरपालिका १० धरमपानीका  कमल जिसिको कुखराको खोर गए रातीको हावाहुरीले भत्काइ पूर्णरुपमा क्षति भएको छ। खोर भत्किएपछि खोरमा रहेका झन्डै १ सय ५० वटा बोइलर कुखरा च्याप्पिएर मरेका छन्।

हावा हुरीसँगै परेको वर्षाको कारण शितगंगा नगरपालिका १२ देउराली बस्ने भीम बहादुर चित्रेको टिनले छाएको २ तले कच्ची घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। छानो उडाउनुको साथै घरको गारोसमेत भत्किएको छ।

गए राति आएको हुरी बतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । राति १०ः०० बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्था अहिलेसम्म हुन नसकेको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामछिानेले जानकारी दिए ।

उनले विद्युत् आपूर्ति हुन अझै केही समय लाग्ने उल्लेख गर्दै मुख्य प्रसारण लाइनको काम सकिएपछि अन्य ठाउँको काम सुरु हुने बताए । ‘सबै ठाउँको विवरण सङ्कलन भइरहेको छ र यसका लागि अझै केही समय लाग्छ,’उनले भने ।

खराब मौसमका कारण ३३ केभी प्रसारण लाइनका ‘टावर’मा असर पर्न गएकाले विद्युत् प्रवाहका लागि काम भइरहेको जानकारी दिँदै लामिछानेले कहाँकहाँ के समस्या आएको भन्ने विषयमा पहिचान हुन बाँकी रहेको बताए ।

उनले कतिपय ठाउँमा विद्युत् पोल परिवर्तन गर्न लागिएको र केही ठाउँमा विद्युतीय तार नयाँ जोड्न थालिएको जानकारी दिए । नेपालगञ्ज९ २२ नहरपुरवामा समेत हुरी बतासले विद्युत्को पोल बाङ्गो बनाउनुका साथै तारमा जस्तापाता अड्किएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जनाएको छ ।

त्यसै गरी, हुरीले डुडुवास्थित इलाका प्रहरी कार्यालय वनकट्टीको जस्तापाता उडाइदिएका कारण त्यहाँस्थित प्रहरीहरू अन्य ठाउँमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

गएरातिको हावाहुरीले पाल्पामा सञ्चालित दोस्रो तानसेन महोत्सव अस्तव्यस्त बनेको छ । चैत्र २२ गतेदेखि सञ्चालन भइरहेको दोस्रो तानसेन महोत्सव गएरातिको हावाहुरीले अस्तव्यस्त बनेको हो ।

हुरीका कारण स्टलमा लगाइएका धेरैजसो टेन्टहरू भत्किएका छन् भने टिनहरू उडाएको छ । सडकमा बनाइएका स्वागत गेटहरु समेत भत्किएका छन् ।

राती परेको भीषण वर्षा र हावाहुरीले बेचबिखनका लागि राखिएका लत्ताकपडा, खानेकुरा, कृषि उपज, हस्तकलाका सामग्री, होटेल, मञ्चलगायत लथालिङ्ग भएको पाल्पा व्यापार संघका अध्यक्ष विष्णु बहादुर कार्कीले बताए ।

महोत्सव स्थल भत्किएको र हिलोका कारण मेला सञ्चालन गर्न नसकिने भन्दै आयोजकले अर्को सूचना नगर्दासम्म स्थगित गरेको छ । सबै स्टलहरू र मञ्च मर्मत गरिसकेपछि मात्र पुनः महोत्सव सञ्चालन गरिने अध्यक्ष कार्कीले बताए । रातीको समयमा विपत्ति भएका कारण कुनै मानवीय क्षति नभएको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending