Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

सडक विभागका पूर्वमहानिर्देशक खनालको १७ कित्ता जग्गा जफत

खनाल र परिवारका नाममा रहेको सेयर र नगद पनि जफत

खबरडबली संवाददाता

काठमाडौं । सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुर कटुन्जेमा विभिन्न १७ कित्तामा रहेको ६५ आना ३ दाम जग्गा सरकारको नाममा ल्याइएको छ । 

अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ भदौ १२ गते दोषी ठहर गरेको थियो । 

सर्वोच्चले पूर्वमहानिर्देशक खनाललाई एक वर्ष तीन महिना कैद, एक करोड २१ लाख ५२ हजार ४४ रुपैयाँ जरिवाना र स्रोत नखुलेको उनको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । भक्तपुर कटुञ्जेमा विभिन्न १७ कित्तामा रहेको जग्गा गृह मन्त्रालय मातहतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग–सरकारको नाममा ल्याइएको हो । 

विभागका महानिर्देशक सुरेश पन्थीले खनालको विभिन्न १७ कित्तामा रहेको जग्गा सरकारको नाममा ल्याएर लालपुर्जा बनाइसकिएको बताए । ‘उहाँको भक्तपुरको कटुञ्जेमा रहेको सर्वोच्चको फैसला बमोजिम स्रोत नखुलेको जग्गा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागरसरकारको नाममा ल्याइएको छ । मिति २०७९ असार ३१ गते लालपुर्जा पनि विभागले प्राप्त गरिसकेको छ ।’

सरकारले सर्वोच्चले फैसला गरेको १० वर्षपछि जग्गा जफत गरेर आफ्नो नाममा ल्याएको हो ।  इन्जिनियर खनाल विभिन्न सडक आयोजनामा प्रमुख भएर काम गर्दै २०५६ साल कात्तिक १७ गतेदेखि २०५८ साल पुस २५ गतेसम्म विभागको महानिर्देशक भएका थिए । अकुत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खनालको घरमा छापा हानी अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो । 

खनालको मुद्दा विशेष हुँदै सर्वोच्च पुगेर टुंगिएको थियो । आयोगले तीन करोड ९७ लाख ४० हजार सात रुपैयाँबराबरको सम्पत्ति जफतको माग गरी दायर गरेको मुद्दामा विशेष अदालतले २०६२ जेठ २० गते दोषी ठहर गरी एक वर्ष कैद र एक करोड २० लाख २३ हजार जरिवाना तथा स्रोत नखुलेको सम्पत्ति जफतको गर्ने फैसला गरेको थियो । त्यसविरुद्ध खनाल सर्वोच्च अदालतमा पुनरावलोकनमा गएका थिए । सर्वोच्चले विशेषको फैसलालाई सदर गर्दै खनाललाई दोषी ठहर गरेको थियो । 

खनाल सर्वोच्चले दोषी ठहर गर्दै कैदसमेतको फैसला गरेपछि फैसला आएको १० दिनमा भदौ २१ गते आफैं काठमाडौँ जिल्ला अदालतमा जरिवाना र बिगोबमोजिमको रकम बुझाई कैद भुक्तानका लागि डिल्लीबजारस्थित सदर खोर गएका थिए । 

खनाल र परिवारका नाममा रहेको सेयर र नगद पनि जफत

सडक विभागका पूर्वमहानिर्देशक खनालको विभिन्न बैँकको सेयर र विभिन्न बैँक तथा फाइनान्सका खातामा रहेको पैसा समेत सरकारले जफत गरेको छ । 

उनीसहित उनकी श्रीमती पद्मा खनाल तथा छोराहरू अभिषेक खनाल र आभास खनालको सेयर र रकम पनि जफत भएको छ । 

खनालको स्टयाण्डर्ड चार्टडै बैँक लिमिटेडको खातामा रहेको एक लाख ७८ हजार दुई सय ३६ रुपैयाँ ७४ पैसा, नेपाल बैँक लिमिटेड धरानको खातामा रहेको तीन लाख १० हजार तीन सय १३ रूपैयाँ तीन पैसा, राष्ट्रिय वाणिज्य बैँक टंगालको खातामा रहेको दुई लाख दुई सय १६ रुपैयाँ २४ पैसा, नेपाल बैँक लिमिटेडको खातामा रहेको ५७ हजार छ सय ३७ रुपैयाँ ८७ पैसा, राष्ट्रिय वाणिज्य बैँक लिमिटेड धरानमा रहेको खाताको ८६ हजार छ सय ६१ रुपैयाँ ७६ पैसा र नेपाल बैँक लिमिटेड सिटी अफिसमा रहेको खाताको ४१ हजार नौ सय ९७ रुपैयाँ २१ पैसा जफत भएको महानिर्देशक पन्थीले जानकारी दिए । 

त्यस्तै उनको एस फाइनान्स कम्पनी लि. कान्तिपथमा रहेको २५ हजार ९७६ रुपैयाँ ५७ पैसा पनि जफत भएको छ ।  

त्यस्तै उनकी श्रीमती पद्माको स्ट्याण्डर्ड चाटर्ड बैँक लिमिटेडमा रहेको एक लाख ५ हजार १८ रुपैयाँ ७० पैसा, राष्ट्रिय वाणिज्य बैँक टंगालमा रहेको दुई लाख २६ हजार ७ सय ४८ रुपैयाँ ४८ पैसा तथा सोही बैँकको धरान शाखामा रहेको एक लाख ९४ हजार चार सय ४२ रुपैयाँ २२ पैसा जफत गरिएको छ । 

छोरा अमितको राष्ट्रिय वाणिज्य बैँक टंगालमा रहेको एक लाख ७२ हजार ५५३ रुपैयाँ २३ पैसा जफत गरिएको छ भने अर्का छोरा आभासको राष्ट्रिय वाणिज्य बैँक टंगालमा रहेको एक लाख ९३ हजार २७८ रुपैयाँ ६९ पैसा र स्ट्याण्डर्ड चाटर्ड बैँकमा लिमिटेडमा रहेको एक लाख ३ हजार दुई ४७ रुपैयाँ ३९ पैसा जफत भएको छ । 

त्यस्तै पूर्वमहानिर्देशक खनालको डाउन डेभलपर्स कम्पनीको १७ हजार कित्ता सेयर, छोरा अमित र आभासको पनि १७र१७ हजार कित्ता सेयर जफत गरिएको महानिर्देशक पन्थीले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending