Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सडक विभागका पूर्वमहानिर्देशक खनालको १७ कित्ता जग्गा जफत

खनाल र परिवारका नाममा रहेको सेयर र नगद पनि जफत

खबरडबली संवाददाता

काठमाडौं । सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुर कटुन्जेमा विभिन्न १७ कित्तामा रहेको ६५ आना ३ दाम जग्गा सरकारको नाममा ल्याइएको छ । 

अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ भदौ १२ गते दोषी ठहर गरेको थियो । 

सर्वोच्चले पूर्वमहानिर्देशक खनाललाई एक वर्ष तीन महिना कैद, एक करोड २१ लाख ५२ हजार ४४ रुपैयाँ जरिवाना र स्रोत नखुलेको उनको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । भक्तपुर कटुञ्जेमा विभिन्न १७ कित्तामा रहेको जग्गा गृह मन्त्रालय मातहतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग–सरकारको नाममा ल्याइएको हो । 

विभागका महानिर्देशक सुरेश पन्थीले खनालको विभिन्न १७ कित्तामा रहेको जग्गा सरकारको नाममा ल्याएर लालपुर्जा बनाइसकिएको बताए । ‘उहाँको भक्तपुरको कटुञ्जेमा रहेको सर्वोच्चको फैसला बमोजिम स्रोत नखुलेको जग्गा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागरसरकारको नाममा ल्याइएको छ । मिति २०७९ असार ३१ गते लालपुर्जा पनि विभागले प्राप्त गरिसकेको छ ।’

सरकारले सर्वोच्चले फैसला गरेको १० वर्षपछि जग्गा जफत गरेर आफ्नो नाममा ल्याएको हो ।  इन्जिनियर खनाल विभिन्न सडक आयोजनामा प्रमुख भएर काम गर्दै २०५६ साल कात्तिक १७ गतेदेखि २०५८ साल पुस २५ गतेसम्म विभागको महानिर्देशक भएका थिए । अकुत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खनालको घरमा छापा हानी अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो । 

खनालको मुद्दा विशेष हुँदै सर्वोच्च पुगेर टुंगिएको थियो । आयोगले तीन करोड ९७ लाख ४० हजार सात रुपैयाँबराबरको सम्पत्ति जफतको माग गरी दायर गरेको मुद्दामा विशेष अदालतले २०६२ जेठ २० गते दोषी ठहर गरी एक वर्ष कैद र एक करोड २० लाख २३ हजार जरिवाना तथा स्रोत नखुलेको सम्पत्ति जफतको गर्ने फैसला गरेको थियो । त्यसविरुद्ध खनाल सर्वोच्च अदालतमा पुनरावलोकनमा गएका थिए । सर्वोच्चले विशेषको फैसलालाई सदर गर्दै खनाललाई दोषी ठहर गरेको थियो । 

खनाल सर्वोच्चले दोषी ठहर गर्दै कैदसमेतको फैसला गरेपछि फैसला आएको १० दिनमा भदौ २१ गते आफैं काठमाडौँ जिल्ला अदालतमा जरिवाना र बिगोबमोजिमको रकम बुझाई कैद भुक्तानका लागि डिल्लीबजारस्थित सदर खोर गएका थिए । 

खनाल र परिवारका नाममा रहेको सेयर र नगद पनि जफत

सडक विभागका पूर्वमहानिर्देशक खनालको विभिन्न बैँकको सेयर र विभिन्न बैँक तथा फाइनान्सका खातामा रहेको पैसा समेत सरकारले जफत गरेको छ । 

उनीसहित उनकी श्रीमती पद्मा खनाल तथा छोराहरू अभिषेक खनाल र आभास खनालको सेयर र रकम पनि जफत भएको छ । 

खनालको स्टयाण्डर्ड चार्टडै बैँक लिमिटेडको खातामा रहेको एक लाख ७८ हजार दुई सय ३६ रुपैयाँ ७४ पैसा, नेपाल बैँक लिमिटेड धरानको खातामा रहेको तीन लाख १० हजार तीन सय १३ रूपैयाँ तीन पैसा, राष्ट्रिय वाणिज्य बैँक टंगालको खातामा रहेको दुई लाख दुई सय १६ रुपैयाँ २४ पैसा, नेपाल बैँक लिमिटेडको खातामा रहेको ५७ हजार छ सय ३७ रुपैयाँ ८७ पैसा, राष्ट्रिय वाणिज्य बैँक लिमिटेड धरानमा रहेको खाताको ८६ हजार छ सय ६१ रुपैयाँ ७६ पैसा र नेपाल बैँक लिमिटेड सिटी अफिसमा रहेको खाताको ४१ हजार नौ सय ९७ रुपैयाँ २१ पैसा जफत भएको महानिर्देशक पन्थीले जानकारी दिए । 

त्यस्तै उनको एस फाइनान्स कम्पनी लि. कान्तिपथमा रहेको २५ हजार ९७६ रुपैयाँ ५७ पैसा पनि जफत भएको छ ।  

त्यस्तै उनकी श्रीमती पद्माको स्ट्याण्डर्ड चाटर्ड बैँक लिमिटेडमा रहेको एक लाख ५ हजार १८ रुपैयाँ ७० पैसा, राष्ट्रिय वाणिज्य बैँक टंगालमा रहेको दुई लाख २६ हजार ७ सय ४८ रुपैयाँ ४८ पैसा तथा सोही बैँकको धरान शाखामा रहेको एक लाख ९४ हजार चार सय ४२ रुपैयाँ २२ पैसा जफत गरिएको छ । 

छोरा अमितको राष्ट्रिय वाणिज्य बैँक टंगालमा रहेको एक लाख ७२ हजार ५५३ रुपैयाँ २३ पैसा जफत गरिएको छ भने अर्का छोरा आभासको राष्ट्रिय वाणिज्य बैँक टंगालमा रहेको एक लाख ९३ हजार २७८ रुपैयाँ ६९ पैसा र स्ट्याण्डर्ड चाटर्ड बैँकमा लिमिटेडमा रहेको एक लाख ३ हजार दुई ४७ रुपैयाँ ३९ पैसा जफत भएको छ । 

त्यस्तै पूर्वमहानिर्देशक खनालको डाउन डेभलपर्स कम्पनीको १७ हजार कित्ता सेयर, छोरा अमित र आभासको पनि १७र१७ हजार कित्ता सेयर जफत गरिएको महानिर्देशक पन्थीले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending