Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

‘हुलाक प्रमुख ढकालले करोडौं भ्रष्टाचार गरे, नेतादेखि मन्त्रलयसम्मको संरक्षण’

खबरडबली संवाददाता

काठमाडौं । हुलाक सेवा विभाग हुम्लाका निमित्त अधिकृत शंकर प्रसाद ढकालले करोडौंको भ्रष्टाचार गरेको सामाजिक आभियान्ता लक्ष्मी ऐडीले आरोप लगाएकी छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ढाकालले विगत एक दशक भन्दाबढी समय हुम्लामा बसी भ्रष्टाचार गर्दा पनि सम्बन्धीत निकायले उजुरीसमेत नलिएको गुनासो गरेकी हुन् ।

ऐडीका भिनाजु जगवीर रोकायालाई जोगाउने नाममा ११ लाख बढी घुस खाएको प्रतिनिधी उदाहरणको प्रमाण पेस गर्दै ऐडीले भनिन्,“एक दशकमा शंकर ढकालले हुलाक कार्यालयका कर्मचारीहरुबाट विभिन्न शिर्षकमा घुष खाएका छन् ।”

ढकालले हुम्ला हुलाक कार्यालयलाई मिलेमतोमा कमाई खाने भाडो बनाएको आरोप लगाउँदै ऐडिले भनिन्,“जिल्लाका उच्च नेता तथा व्यक्तिहरुसँगको मिलेमतोमा पार्टी कार्यकर्ता तथा आफन्तहरुलाई कागजी भर्ति गर्ने तर, पारिश्रमीक रकम भने आफैले लिएर नीतिगत भ्रष्टाचार गर्दै आएका छन्, यस विषयमा सम्बन्धित निकायले उजुरी नै लिन मान्दैनन् ।”

ढकालले आफूलाई दिइएको अधिकार र अख्तियारीको दुरुपयोग गर्दै सो कार्यालय अन्तरगतका हुलाकी,  हल्कारा र अतिरिक्त हुलाक कर्मचारीका दरबन्दी किन–बेच गरी ब्यापारिकरण गरेको ऐडीको आरोप छ ।
आफूहरुले शंकर ढकालको गलत रवैयाविरुद्ध प्रमाणसहित हुलक सेवा विभाग, सञ्चार मन्त्रालय र समान्य प्रशासन मन्त्रालयमा समेत उजुरी दिदा पनि कसैले पनि सुनुवाई नगरेका गुनासो गरिन् । ऐडीले शंकर ढकाललाई हुम्लाबाट तत्तकाल सरुवा मात्रै नभएर उनलाई बर्खास्त गर्नु पर्ने माग राख्दै भनिन्,“ढकालले करोडौं अनियमिताता गर्नुभएको छ, उहाँलाई जागिरबाट बर्खास्त गरी ससम्पत्ति छानविन गर्नु माग गर्दछु ।”

हुलाक कार्यालय हुम्ला अन्तरगतका पीडत कर्मचारीहरुको तलब शंकर ढकालबाटै अशुल उपर गर्नसमेत सम्बन्धित निकायसँग ऐडीले माग गरिन् । शंकर ढकाललाई संरक्षण गर्ने हुलाक सेवा विभिग, सञ्चार मन्त्रालय तथा उनलाई बारम्बार हुम्लै थमौती गर्ने संघीय मामिला तथा सामान्य प्रशासान मान्त्रलयका कर्मचारी विरुद्ध पनि मुद्धा हाल्ने ऐडीले चेतावनी दिईन् ।

हुम्ला हुलाकबाट ११ पटकसम्म सरुवा गर्दा पनि हरेक पटक उही कार्यालयमा फर्किनुको मुख्य रहस्य नै मिलेमतो र नीतिगत भ्रष्टाचार गर्नका लागि भएको ऐडीको आरोप छ । ढकालले राज्यको करौंडको सम्पत्तिको दोहन गरिरहेको विषयमा हुम्लाका हरेक राजनीतिक दलाका उच्च नेताहरुलाई जानकारी भएपनि उनैलाई संरक्षण रहेको जिकिर गरिन् । हुम्ली जनतालाई हुलाकको कर्मचारी नियुक्त गर्ने र काममा लगाउने तर पारिश्रमीक नदिएको गुनासो आफूहरुसँग आएको बताउँदै भनिन्,“पीडितहरुलाई काममा लगाउने तर काम गरेका छैनौं भनेर थोरै मात्रै तलब दिने तर बाँकी सबै आफै खाने गरेका रहेछन्, यो अति भयो ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending