काठमाडौं । हुलाक सेवा विभाग हुम्लाका निमित्त अधिकृत शंकर प्रसाद ढकालले करोडौंको भ्रष्टाचार गरेको सामाजिक आभियान्ता लक्ष्मी ऐडीले आरोप लगाएकी छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ढाकालले विगत एक दशक भन्दाबढी समय हुम्लामा बसी भ्रष्टाचार गर्दा पनि सम्बन्धीत निकायले उजुरीसमेत नलिएको गुनासो गरेकी हुन् ।
ऐडीका भिनाजु जगवीर रोकायालाई जोगाउने नाममा ११ लाख बढी घुस खाएको प्रतिनिधी उदाहरणको प्रमाण पेस गर्दै ऐडीले भनिन्,“एक दशकमा शंकर ढकालले हुलाक कार्यालयका कर्मचारीहरुबाट विभिन्न शिर्षकमा घुष खाएका छन् ।”
ढकालले हुम्ला हुलाक कार्यालयलाई मिलेमतोमा कमाई खाने भाडो बनाएको आरोप लगाउँदै ऐडिले भनिन्,“जिल्लाका उच्च नेता तथा व्यक्तिहरुसँगको मिलेमतोमा पार्टी कार्यकर्ता तथा आफन्तहरुलाई कागजी भर्ति गर्ने तर, पारिश्रमीक रकम भने आफैले लिएर नीतिगत भ्रष्टाचार गर्दै आएका छन्, यस विषयमा सम्बन्धित निकायले उजुरी नै लिन मान्दैनन् ।”
ढकालले आफूलाई दिइएको अधिकार र अख्तियारीको दुरुपयोग गर्दै सो कार्यालय अन्तरगतका हुलाकी, हल्कारा र अतिरिक्त हुलाक कर्मचारीका दरबन्दी किन–बेच गरी ब्यापारिकरण गरेको ऐडीको आरोप छ ।
आफूहरुले शंकर ढकालको गलत रवैयाविरुद्ध प्रमाणसहित हुलक सेवा विभाग, सञ्चार मन्त्रालय र समान्य प्रशासन मन्त्रालयमा समेत उजुरी दिदा पनि कसैले पनि सुनुवाई नगरेका गुनासो गरिन् । ऐडीले शंकर ढकाललाई हुम्लाबाट तत्तकाल सरुवा मात्रै नभएर उनलाई बर्खास्त गर्नु पर्ने माग राख्दै भनिन्,“ढकालले करोडौं अनियमिताता गर्नुभएको छ, उहाँलाई जागिरबाट बर्खास्त गरी ससम्पत्ति छानविन गर्नु माग गर्दछु ।”
हुलाक कार्यालय हुम्ला अन्तरगतका पीडत कर्मचारीहरुको तलब शंकर ढकालबाटै अशुल उपर गर्नसमेत सम्बन्धित निकायसँग ऐडीले माग गरिन् । शंकर ढकाललाई संरक्षण गर्ने हुलाक सेवा विभिग, सञ्चार मन्त्रालय तथा उनलाई बारम्बार हुम्लै थमौती गर्ने संघीय मामिला तथा सामान्य प्रशासान मान्त्रलयका कर्मचारी विरुद्ध पनि मुद्धा हाल्ने ऐडीले चेतावनी दिईन् ।
हुम्ला हुलाकबाट ११ पटकसम्म सरुवा गर्दा पनि हरेक पटक उही कार्यालयमा फर्किनुको मुख्य रहस्य नै मिलेमतो र नीतिगत भ्रष्टाचार गर्नका लागि भएको ऐडीको आरोप छ । ढकालले राज्यको करौंडको सम्पत्तिको दोहन गरिरहेको विषयमा हुम्लाका हरेक राजनीतिक दलाका उच्च नेताहरुलाई जानकारी भएपनि उनैलाई संरक्षण रहेको जिकिर गरिन् । हुम्ली जनतालाई हुलाकको कर्मचारी नियुक्त गर्ने र काममा लगाउने तर पारिश्रमीक नदिएको गुनासो आफूहरुसँग आएको बताउँदै भनिन्,“पीडितहरुलाई काममा लगाउने तर काम गरेका छैनौं भनेर थोरै मात्रै तलब दिने तर बाँकी सबै आफै खाने गरेका रहेछन्, यो अति भयो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: