Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

आन्दोलनरत डाक्टरको पिडाः पाँचवर्ष अघि एक महिनाको तलबले ४ तोला सुन आउथ्यो अहिलेको तलबले शून्य दशमलव ३ तोला !

खबरडबली संवाददाता

काठमाडौं  । लुम्बिनी र मणिपाल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौं आएर आन्दोलन गरेका छन्। काठमाडौंको नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किस्ट, पिपुल्स डेन्टल्स कलेजका आवासीय चिकित्सकले माइतीघर मण्डलमा आन्दोलन गरिरहेका छन्।

देशभरका आवसीय चिकित्सकले कामकाज छोड्दा निजी मेडिकल कलेजहरूले भने सरकारले आर्थिक स्रोत सुनिश्चित नगरेसम्म आयोगले तोकेको निर्वाह भत्ता दिन नसक्ने अडान लिएका छन् ।

उनीहरूले या त सरकारबाट आफूहरूलाई अनुदानको व्यवस्था हुनुपर्ने या त पीजी तहको शैक्षिक शुल्क बढाउनुपर्ने अडान लिएका छन् । यसलाई मध्यनजर गर्दै उनीहरुले भनेका छन् , २०२० सालमा डाक्टरको एक महिनाको तलबले ४ तोला सुन आउँथ्यो, अहिलेको तलबले ०।३ तोला १ त्यही तलब पाउन यस्तो आन्दोलन गर्नुपरेको छ ।

यो नाजुक अवस्था सम्म कसरी आईपुग्यो र कति बेला देखि हाम्रो पेसाको अवमूल्यन सुरू भएको हो, एकपटक यो तालिका हेरौं । अझै पनि फ्री ओपीडी, र निशुल्क स्वास्थ्य शिविर चलाउने की, आफ्नो ओपीडी शुल्क कम्तीमा पनि आधा किलो खसीको मासु को मूल्यसँग समायोजन गर्ने ? 

मेरो क्लिनिकमा  मेरो ओपीडी शुल्क आधा किलो खसीको मासु बराबर वा दुई किलो स्याउको मूल्य बराबर भनेर टाँसेर यही भित्तोमा कुनै दिन हाल्नेछ' ।

केही दिनदेखी सेवा बहिष्कार गर्दै आएका आवासीय चिकित्सकहरूले काठमाडौँकेन्द्रित आन्दोलन सुरु गरेका छन्। १७ वटा निजी मेडिकल कलेजमा २ हजारभन्दा बढी आवासीय चिकित्सकहरूले काम छाडेर मेडिकल कलेजमा धर्ना दिएका छन् । 

लुम्बिनी मेडिकल कलेजको दोस्रो वर्षका आवासीय चिकित्सक डा दीपक कँडेल कलेजमा सेवा बहिष्कार गरेर विरोध गर्दा धम्की आएपछि काठमाडौँ केन्द्रित हुन बाध्य भएको बताउँछन्।

‘आयोग र विश्वविद्यालयहरूको निर्णयपछि पनि कलेजले निर्वाह तोकिए बमोजिम दिएन। माघ २५ गते निर्णय भएको थियो। २ महिना पर्खियौँ। तर भत्ता नबढेपछि आन्दोलन सुरु गरेका हौँ। कलेजमा नै आन्दोलन गर्दा धम्की आउन थाल्यो, परीक्षामा सामेल नगराउने धम्की दिन थालियो। अनि माग पूरा गर्न दबाब दिन काठमाडौँ जाने निर्णय गर्‍यौँ,’ उनले भने। 

निजी मेडिकल कलेजले तीन वर्षमा लिने शुल्कभन्दा बढी विद्यार्थीलाई नै फिर्ता गर्नुपर्ने भएपछि आयोगले तोकेको भत्ता दिन नसक्ने उनीहरूको दाबी छ ।

तीनवर्षे पीजी कार्यक्रमका लागि विद्यार्थीसँग हाल निजी मेडिकल कलेजहरूले २२ लाख ९० रुपैयाँ शुल्क लिँदै आएका छन् । जसबाट निर्वाह भत्ता, उनीहरूको सिकाइमा भएको खर्च, प्रोफेसरहरूको तलब सुविधा इत्यादि खर्च हुने हुँदा मासिक ४८ हजार भक्ता दिन नसकिने एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजको दाबी छ ।

“हामीले पीजी पढाउँदैनौँ भनेको होइन तर ४८ हजार पारिश्रमिक दिँदा हामीलाई पर्ने आर्थिक भार र त्यसको स्रोतको सुनिश्चितता सरकारले गरिदेओस्,” एसोसिएसनका महासचिव चन्दले भने ।

त्यसका निम्ति सरकारले निजी मेडिकल कलेजहरूलाई अनुदान दिनुपर्ने या त पीजी कार्यक्रमको शुल्क बढाउन अनुमति दिनुपर्ने उनको भनाइ छ ।

काठमाडौं । सरकारले तोकेको पारिश्रमिक माग गर्दै आन्दोलनमा उत्रिएका स्नातकोत्तर तह (पीजी)का आवसीय चिकित्सकहरूलाई निजी मेडिकल कलेजहरूले धम्की दिन थालेका छन् । ड्युटी छोडेर आन्दोलनमा होमिएको भन्दै उनीहरूलाई फेल गराइदिने, अंक काटिदिने, रेजिडेन्सी अवधि बढाइदिने भन्दै धम्की दिएका हुन् ।  

यसरी त्रसित गराउनेमा चितवन मेडिकल कलेजको रेडियोलोजी विभाग, कलेज अफ मेडिकल साइन्स चितवनको डर्माटोलोजी तथा सर्जरी, नेपाल मेडिकल कलेजको एनेस्थेसिया, किष्ट मेडिकल कलेजको अर्थोपेडिक र एनेस्थेसिया तथा मणिपाल मेडिकल कलेजको पेडियाट्रिक विभाग छन् ।

ती विभागमा अध्ययन तथा कार्यरत आवासीय चिकित्सकलाई आन्दोलनमा सहभागी भएकै कारण किस्तामा तिर्नुपर्ने शुल्क तत्काल बुझाउन दबाब दिएका छन् । नबुझाए परीक्षा दिन नदिने धम्की दिएको चिकित्सकहरूले बताएका छन् ।

आयोगले गत माघ २५ को बैठकबाट निजी मेडिकल कलेजमा पीजी अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको सुरुको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरेको थियो । जुन मासिक ४८ हजार ७३७ रुपैयाँ हुन आउँछ ।

केही निजी मेडिकल कलेजले भने आयोगको निर्णय कार्यान्वयन गर्न नसकिने बताएको छ । बरु पीजी कार्यक्रम नै नपढाउने अडान लिएपछि आयोगले चैत १३ गते १७ वटा निजी मेडिकल कलेजको सिट कटौती गरेर नयाँ सिट निर्धारण गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending