Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८२ बुधबार | 23rd April, 2025 Wed
Investment bank

दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउने तयारी

खबरडबली संवाददाता

काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल-भारत सीमा क्षेत्रमा पुगिसकेको छ ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए । उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी जारी राखेको थियो । उनलाई खोज्न नेपाल प्रहरीका तीन विशेष टोली भारत नै पुगेको स्रोतले जनायो ।

उनलाई आज आसामको गुवाहिटी हुँदै झापा ल्याउने र त्यहाँबाट काठमाडौं ल्याउने स्रोतले बतायो । झापाको काँकडभिट्टास्थित सीमा क्षेत्रमा प्रसाईं पारिवारका सदस्य र केही समर्थकहरु समेत कुरेर बसिरहेका छन् ।

प्रहरीले भने विहीबार विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारलाई खण्डन गरेको थियो । प्रसाईंको सचिवालयले भने उनले आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेको छ । दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा भनिएको छ, ‘‘दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालको नामबाट सार्वजनिक एक विज्ञप्तिमा प्रसाईंले जीवन रक्षाका लागि आसाम प्रहरीमा पुगेर आफूलाई सुरक्षित नेपाल पठाइदिने भनेको दाबी गरिएको छ ।

नेपाल प्रहरीले प्रसाईं नेपाल फर्किरहेको जानकारी नरहेको प्रतिक्रिया दिएकाले नेपाल प्रवेशसँगै उनको जीवन खतरामा पर्न सक्ने भन्दै विज्ञप्तिमा जीवन रक्षाका लागि पहल गरिदिन मानव अधिकारकर्मी, सञ्चारकर्मी लगायतलाई अनुरोध समेत गरिएको छ ।

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईं थिए । सो प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।

त्यसपछि प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं फरार भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।

प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगीसहित भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा पुगेको खुलेको थियो । त्यहाँबाट भागेर उनी भारत पसेका थिए ।

प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी समेत हाँकेका थिए । यस्तोमा उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्न सक्ने एक अधिकृत बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘गलत समाचार लख्ने’ प्रधान सम्पादकलाई बयानमा बोलाउन सर्वोच्चको आदेश

काठमाडौ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सम्बन्धमा गलत समाचार लेखेको भन्दै दायर भएको अदालतको अवहेलना मुद्दामा प्रधान सम्पादकलाई बयानका लागि बोल...

कक्षा १२ को नयाँ रुटिन सार्वजनिक, कुन विषय कुन दिन ? (तालिका सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ...

एक हप्ताभित्र जुत्ता, चप्पल र औषधिमा एमआरपी राख्न सरकारको निर्देशन

काठमाडौं । सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता...

तीनकुनेमा बन्दुक खोस्ने युवक भन्छन्ः भिडमा कसले लग्यो पत्तै भएन

काठमाडौं । तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा खोसिएको बन्दुक अझै फेला पर्न सकेको छैन । बन्दुक खोस्ने युवकलाई पहिचान गरेर पक्राउ गरिए पन...

सरकार पूर्ण रूपमा फेल भइसक्योः माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार सम्पूर्ण रूपमा फेल भएको आरोप लगाएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत...

काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्व २१ करोड राजस्व संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले २०८२ बैशाख ७ गतेसम्ममा ७ अर्व २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको छ ।  यस दिनसम्म गएको आर्थिक व...

झण्डै २ वर्षदेखि तलब नपाएपछि खाँडाचक्र नगरपालिकामा कर्मचारीले लगाए ताला

कालीकोट । लामो समयदेखि तलब नपाएपछि कालीकोटको खाँडाचक्र नगरपालिकाका १२१ जना करारका कर्मचारीले मूलगेटमा ताला लगाएका छन् । झण्डै २ वर्षदेखि तलब नपाएपछि उ...

कामको प्रकृति अनुसार श्रमिकको न्युनतम ज्याला तोक्नु पर्छ: श्रम मन्त्री

काठमाडौं । निजामती विधेयकमा मिल्न बाँकी रहेका विषयमा शीर्ष नेतृत्वबीच छलफल गरेर टुंगो लगाइने भएको छ । बुधबारबाट यो विधेयकमाथिको छलफल सकिएको छ । आज बसे...

शीर्ष तहमा छलफल गरेर निजामती विधेयक टुंग्याइने

काठमाडौं । निजामती विधेयकमा मिल्न बाँकी रहेका विषयमा शीर्ष नेतृत्वबीच छलफल गरेर टुंगो लगाइने भएको छ । बुधबारबाट यो विधेयकमाथिको छलफल सकिएको छ । आज बसे...

महिला कर्मचारीले गर्भाधारणको अवस्थामा मातृत्व विशेष बिदा पाउने

काठमाडौं । महिला कर्मचारीलाई गर्भधारणको अवस्थामा मातृत्व विशेष बिदा दिने व्यवस्था संघीय निजामती सेवा विधेयकमा समेटिएको छ । राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending