Ntc summer Offer
Khabar Dabali ३ बैशाख २०८२ मंगलवार | 15th April, 2025 Tue
Investment bank

भोजपुरको भुल्केमा ‘एक घर, एक टनेल’ कार्यक्रम

खबरडबली संवाददाता

भोजपुर । सागसब्जीखेती प्रवर्द्धन गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिका–३ भुल्केमा ‘एक घर,एक टनेल’कार्यक्रम सञ्चालन भएको छ । किसानलाई व्यावसायिक सागसब्जीखेतीमा जोड्न गाउँपालिकाले ‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाको ‘नेपाल जलवायु अनुकूलन कार्यक्रम’मार्फत रु १० लाख र वडाले रु तीन लाख ५० हजार बजेट विनियोजन गरेर किसानलाई टनेल वितरण गरेको रामप्रसादराई–३ भुल्केका वडाध्यक्ष रामु थापामगरले बताए ।

किसानको ५० प्रतिशत लागत साझेदारीमा प्लाष्टिक टनेलसहित अन्य कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष थापामगरले जानकारी दिए । किसानको मागको आधारमा पहिलो चरणमा वडाका १२१ जना किसानलाई टनेल वितरण गरिएको उनले जानकारी दिए ।

“भुल्के क्षेत्रलाई सागसब्जीमा नमूना बनाउने लक्ष्यका साथ अघि बढेका छौँ”, वडाध्यक्ष थापामगरले भने, “यो वर्ष हामीले किसानको लागत साझेदारीमा कृषि सामग्री वितरण गरेका छौँ । तरकारीको लागि उपयुक्त भूगोल रहेकाले यसको खेतीमा जोड दिएका हौँ ।” किसानलाई कम्तीमा पनि तीन वर्षसम्म अनिवार्य खेती गर्ने सर्तसहित टनेल वितरण गरिएको वडाध्यक्ष थापामगरले बताए ।

प्लाष्टिक टनेलसहित थोपा सिँचाइ, मल्चिङ प्लाष्टिक, पाइप, कीरा मार्ने पासो र आवश्यक बीउबिजन पाएको स्थानीय किसान सीताराम मगरले बताए। गाउँपालिका तथा वडाले गरेको सहयोगले व्यावसायिक सागसब्जी खेतीमा लाग्न प्रोत्साहन मिलेको उनले बताए । प्लाष्टिक टनेलसहित आवश्यक बीउबिजन र कृषि सामग्री पाएकाले खेती गर्न सहज भएको उनले बताए।

गाउँपालिकाले गरेको सहयोगबाट थप टेवा पुगेको अर्का किसान देवीप्रसाद भट्टराईले बताए । अन्य बालीको तुलनामा प्रविधि प्रयोग गरेर उत्पादित सागसब्जीबाट छ गुणा बढीसम्म आम्दनी लिएको उनले सुनाए।

किसानलाई प्रविधिमैत्री जैविकखेती प्रणालीमा जोड्न ‘एक घर एक प्लाष्टिक टनेल’को कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । किसानलाई सागसब्जीखेतीसम्बन्धी जानकारी दिन पाँच वटा वडामा केन्द्र स्थापना गरेर प्रशिक्षणको व्यवस्था गरिने उनले बताए ।

अध्यक्ष राईले भने, “अधिकांश किसानको मुख्य आम्दानीको स्रोत नै कृषि छ । खेती प्रणालीलाई व्यवस्थितसँगै आयमूलक बनाउन विभिन्न कार्यक्रम गरिरहेका छौँ । किसानले उत्पादन गरेको कृषिउपजको बजारीकरणको लागि कृषि एम्बुलेन्स खरिद गरेका छौँ ।”

गाउँपालिकालाई तरकारीको ‘हब’ बनाउने लक्ष्यका साथ ‘कृषि गुरुयोजना’ बनाएर कृषिमा लगानी गरिरहेको छ । गाउँपालिकाले उत्कृष्ट खेती गर्ने किसानलाई पुरस्कारको व्यवस्था गरेको अध्यक्ष राईले जानकारी दिए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट

नवलपरासी । पश्चिम नवलपरासीमा बेमौसमी वर्षाले काँचो इँट्टा नष्ट भएको छ। शुक्रबारदेखिको वर्षाले इँट्टा भठ्ठामा पोल्नका लागि तयार पारिएको काँचो इँट्टा...

उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकको संख्या बढ्दै

मुस्ताङ ।  वि.सं. २०८१ मा चार हजार एक सय ३६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्। यस अवधिमा सार्क राष्ट्रका दुई सय ३० जना र अन्य मुलुक...

सुनसरीको देवानगन्जमा गोली चल्यो, १ जना गम्भीर घाइते

सुनसरी । सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली चलेको छ । गोली लागेर १ जना गम्भीर घाइते भएका छन् । देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहत...

लभस्टोरी चलचित्र पुष्पलता’औपचारिक घोषणा

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो दिन नयाँ बर्षको शुभारम्भ संगै नयाँ चलचित्र घोषणा गरिएको छ । ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा चलचित्र...

नयाँ बर्षमा ‘जदौ’ निर्माण घोषणा

काठमाडौं । नयाँ वर्ष ०८२ को अवसर पारेर नयाँ फिल्म ‘जदौ’ निर्माण घोषणा गरिएको छ । भद्रकाली मन्दिरमा सोमबार त्रिकन्याको बाहुलीबाट स्क्रिप्ट पूजा गरि टाइ...

सुनको मूल्य तोलाको साढे २ लाख रुपैयाँ पुग्ने प्रक्षेपण

काठमाडौं । अमेरिका र चीनबीच पछिल्लो समय ट्यारिफका कारण सुरु भएको व्यापार युद्धले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा लगातार बढिरहेको छ। अन्तर्राष्ट्...

ढिलो गरि सुरू भएको एमाले सचिवालय बैठक जारी

काठमाडौं  । नेकपा एमालेले सचिवालय बैठक  जारी रहेको छ।  एमालेले सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाईएको सचिवा...

प्रहरीद्वारा अवैध शालिग्राम शिला बरामद

मुस्ताङ । प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र—३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले ३४ वटा सेतो बोरामा ‘प...

नव वर्षमा पशुपतिनाथको दर्शन गर्नेको घुइँचो(तस्विर)

काठमाडौं । नव वर्ष २०८२ को पहिलो दिन पशुपतिनाथको मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ ।  बागमती नदीको किनारमा रहेको यस मन्दिर काठमाडौं उपत्यकाकै ...

ऐतिहासिक सलहेश फूलवारीमा प्रेमको प्रतीक फूल हेर्न नेपाल–भारतका भक्तजनको भीड (फोटो फिचर )

सिरहा । सिरहामा प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फुल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिका स्थित ऐतिहासिक धार्मिक तथा पर्य...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending