काठमाडौं । चैत्र १५ गते तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईँलाई आज काठमाडौं ल्याइँदै छ । उनले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
चैत्र १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।
आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको भएपनि त्यहाँ उनका समर्थकको भीड रहेका कारण सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै भद्रपुर विमानस्थल मार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ।
यता, प्रसाईंको सामाजिक सञ्जाल फेसबुकमा उनी आज बिहान करिब ९ः३० बजे काठमाडौं आन्तरिक टर्मिनलमा आइपुग्ने उल्लेख गरेका थिए । प्रसाईंको फेसबुकमा बिहीबार पनि आफूले प्रहरी समक्ष आत्मसमर्पण गरेको सूचना राखिएको थियो। आत्मसमर्पण गरेका प्रसाईंको उक्त फेसबुकबाट कसले सूचना प्रवाह गर्छ यसबारे भने केही खुल्न सकेको छैन।
स्रोतका अनुसार दुर्गाले आफ्नो यात्रा पशुपतिनगरबाट सुरु गरेका थिए। त्यसपछि दार्जिलिङ हुँदै भारत प्रवेश गरेका थिए। पछि उनी आसामको बक्सा जिल्लाको निकासी गाउँमा २ दिनसम्म अर्थात् ७ अप्रिलसम्म बसेका थिए। त्यसपछि उनी बक्साबाट अबेर राति निस्किएर गुवाहाटी प्रवेश गरेका थिए।
खबर अनुसार उनी गुवाहाटीमा ५ जनासँगै एक होटलमा बसेका थिए। त्यति नै बेलामा यो कुरा आसामका डिजी (प्रहरी महानिर्देशक)लाई थाहा भयो। त्यसलगत्तै उनले उनको आत्मसमर्पण सम्बन्धी निर्देशन दिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: