काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ ।
शुक्रबार झापाको चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत प्रसाईंलाई काठमाडौं ल्याइएको हो । प्रसाईंलाई शुक्रबारै म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ । प्रहरीस्रोतका अनुसार हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ ।
तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं ल्याइएको छ । १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ ।
घटनालगत्तै फरार भएका प्रसाईं भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २२ गते, २०८२ - १५:३४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन स...
बैशाख २२ गते, २०८२ - १५:३३
काठमाडौं ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्...
बैशाख २२ गते, २०८२ - १५:२३
काठमाडौं । नेपाली शेयर बजारमा आज पनि गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार घटेको शेयर बजारमा घट्ने क्रम आज पनि निरन्तर भएको हो । धितोपत्र...
बैशाख २२ गते, २०८२ - १५:१५
काठमाडौं । काठमाडौं महानगरपालिकाले केही विद्यालयहरुले नेपाली भाषामा संवाद गरेमा दण्डित गर्ने वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ ...
बैशाख २२ गते, २०८२ - १५:०८
धनकुटा । धरानबाट धनकुटाजाँदै गरेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको...
बैशाख २२ गते, २०८२ - १५:०२
काठमाडौँ । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई...
बैशाख २२ गते, २०८२ - १४:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ०४७ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग निर्म...
बैशाख २२ गते, २०८२ - १४:५१
'सरकारको दुई तिहाइको बेलुन फुटिसक्यो'
बैशाख २२ गते, २०८२ - १४:४६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनताको मुद्दा छाडेर बिचौलियाक...
बैशाख २२ गते, २०८२ - १४:४०
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति आपत्ति जनाएका छन् । प्रत...
प्रतिकृया लेख्नुहोस्: