Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छः राप्रपा सांसद ध्रुव बहादुर प्रधान

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ ।

प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको शुक्रबारको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुनेको घटना सरकारले नै नियोजित रुपमा गराएको आरोप लगाए । ‘उत्तेजित गराउने काम सरकारले गर्यो । हाम्रो बुझाइ– त्यो घटना नियोजित रुपमा गरेको छ,’ सांसद प्रधानले भने, ‘मैले आरोप लगाएँ– प्रधानमन्त्री चुक्नुभएको छ । उक्साहटको काम उहाँले गर्नुभएको छ ।’

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको थियो भने तोडफोड र आगजनीबाट निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो ।

सोही दिन प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधरहरुले गरेको प्रदर्शन सभ्य थियो । राजावादीहरुले गरेको प्रदर्शन भने तनावपूर्ण भएको थियो ।

राप्रपा सांसद प्रधानले प्रहरीले तीनकुनेको मञ्चमा टियर ग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित बनाएको र अप्रिय घटना भएको जिकिर गरे । ‘राजावादी र गणतन्त्रवादी भनेर कम्पेयर गर्न खोजियो । यो ठिक र त्यो बेठीक भन्न खोजियो । प्रधानमन्त्रीले शान्त भनेको सभामा टियर ग्यास हानिएको थियो भने शान्त हुन्थ्यो ?’ प्रधानले प्रश्न गरे ।

पृष्ठभूमि ख्याल नगरी घटनाको वास्तविकता बुझ्न नसकिने उल्लेख गर्दै उनले थपे, ‘राष्ट्रियगान बज्दै गर्दा टियर ग्यास हानिएको छ । अन्तिमसम्म ७–८ सय टियर ग्यास हानियो । यसले देखाउँछ– उत्तेजित गराउने काम सरकारले नै गर्‍यो ।’

उनले थपे, ‘त्यो दिन चेन अफ कमान्ड ब्रेक भएको छ । नेतृत्वको हिसाबले प्रधानमन्त्रीले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ ।’

तीनकुने घटनाको निश्पक्ष छानबिन गरेर सही निचोडमा पुग्न न्यायीक आयोग गठन गर्नुपर्ने उनले बताए । आफूहरुले सरकार र प्रधानमन्त्रीलाई जिम्मेवार देखेको तर सरकारले अस्विकार गरिरहेको अवस्थामा न्यायीक आयोग बनाइनु उपयुक्त हुने उनको राय छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending