Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८२ सोमबार | 5th May, 2025 Mon
Investment bank

बिआरआई परियोजना रोक्ने प्रयास हुँदै छः देव गुरुङ

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बिआराआई परियोजना प्रक्रिया घुमाउरो ढंगले रोक्ने प्रक्रियाको सुरुवात भएको बताएका  छन्  । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाल–चीन इकोनोमिक एण्ड बिजनेस समिट–२०२५’ लाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन्  । 

उनले राष्ट्रिय निकुञ्जभित्र पर्ने राष्ट्रिय आयोजनाअन्तर्गतका सडक सञ्जालका पूर्वाधार निर्माणमा अदालतले गरेको रोक्काप्रति सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

नेपालको उत्तरी क्षेत्रमा जोड्ने सडक सञ्जालमा बिआरआई जोडिएको भन्दै उनले पुनरावलोकनमा जानै नमिल्ने गरी पूर्वाधार निर्माणमा रोक्का गर्ने संवैधानिक इजलासको फैसलाबारे नेपाल र चीनको दुई पक्षीय सम्बन्धका बारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।

दुई देशबिच भएका विकास निर्माणका कतिपय सम्झौताहरू हाम्रै कारण कार्यान्वयन नभएको उनको भनाइ छ । उनले दुई देशबिचको सहायतालाई उच्च प्राथमिकता दिएर तीव्रताका साथ कार्यान्वयनमा लैजानुपर्ने बताए ।  

महासचिव गुरुङले विश्व राजनीतिक परिस्थिति तथा क्षेत्रीय भूराजनीतिक अवस्थाका कारण पनि नेपाल र चीन बिचको सम्बन्धलाई थप परिभाषित र विकसित गर्दै लैजानुपर्नेमा जोड दिए ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन स...

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना काठमाडाैंबाट पक्राउ

काठमाडौं ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्...

ओरालो यात्रा रहेको शेयर बजारमा, कारोबार पनि ओरालो

काठमाडौं । नेपाली शेयर बजारमा आज पनि गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार घटेको शेयर बजारमा घट्ने क्रम आज पनि निरन्तर भएको हो । धितोपत्र...

बोर्डिङ स्कुलमा नेपाली भाषा बोले जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले केही विद्यालयहरुले नेपाली भाषामा संवाद गरेमा दण्डित गर्ने वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ ...

धरानबाट धनकुटा आउँदै गरेको बस दुर्घटना, एक जनाको मुत्यु, १४ जना घाइते

धनकुटा । धरानबाट धनकुटाजाँदै गरेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको...

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकले पाउने छन् १० प्रतिशत छुट

काठमाडौँ । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई...

सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ०४७ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग निर्म...

लोकतन्त्रमाथि बाहिरबाट भन्दा पनि सरकारमा रहेकाहरूबाटै खतरा भएको छः अध्यक्ष प्रचण्ड

'सरकारको दुई तिहाइको बेलुन फुटिसक्यो'

सरकारले जनताको मुद्दा छाडेर विचौलियाको चंगुलमा फसीसक्योः अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनताको मुद्दा छाडेर बिचौलियाक...

अध्यक्ष प्रचण्डको प्रश्नः ‘विदेशमा आँसु, रगत र पसीना बगाउने प्रवासी श्रमिकहरू नीति तथा कार्यक्रममा किन अटेनन् ?’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति आपत्ति जनाएका छन् । प्रत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending