काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्नो कुशासन छोप्न सत्तागठबन्धनले विगतको तुलनामा अहिले ‘विकास भएको’ प्रोपगाण्डा फैलाएको बताएका छन् ।
आफ्नो नालायकी र भ्रष्टाचार आम नागरिकले भुलुन् भनेर सरकारले विकास भएको राष्ट्रिय भाष्य निर्माण गर्न खोजेको प्रोपगाण्डा चलाएको उनको दावी छ । गठबन्धन सरकारको आडमा दलाल र बिचौलिया गिरोहबाट राज्यदोहन चलिरहँदा मुलुकको वास्तविक जीवनमा लोकतन्त्र असम्भव रहेको भन्दै भुसालले राज्यदोहनले गणतन्त्रलाई झस्काइरहनेसमेत बताएका छन् ।
महासचिव भुसालले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै यस्तो बताएका हुन् । सरकारले आफूले गरेका पाप पखाल्न रवि रबालेनहरूको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजको उनको भनाइ छ ।
‘चैत्र १५ गते राजावादीहरूले जे गरे त्यो आपराधिक थियो । त्यसको निन्दा–भर्त्सना हुनुपर्थ्यो, भइरहने छ । तर अहिले त्यस घटनाको प्रचार यसरी गर्न थालिएको छ ताकि राजनीतिको चुलीमा बसेर यिनीहरुले गरेका सबै नालायकी र भ्रष्टाचार आम नागरिकले भुलुन्, बरू यिनीहरुलाई उभ्याउनु पर्ने कठघरामा पनि ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईँलाई नै उभ्याइयोस्,’ भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मुलुकमा गएको ७५ वर्षमा केही भएको छ । तर अहिले ‘विकास भएको’ राष्ट्रिय भाष्य निर्माण गर्न एउटा नयाँ प्रोपगण्डा जत्थालाई यसरी खटाइएको छ ताकि यिनको दलालरबिचौलिया गिरोहले गरेको राज्यदोहनको कुन मूल्य चुकाएर मुलुकले आजको बाटो, औसत आयु, स्वास्थ र साक्षरता, मोबाइल फोनजस्ता ‘विकास’ पाएको छ भन्ने तितो यथार्थ नागरिकका दिमागबाट मेटियोस् ।’
रवि लामिछाने र बालेन शाहका हर्कत अशोभनीय रहेको भन्दै महासचिव भुसालले त्यो समूहलाई नेता मान्नेहरूले आफ्नाविरुद्ध नारा लगाउन थालेपछि सत्तागठबन्धन झस्किएको बताएका छन् । ‘रवि लामिछाने र बालेन साहका अल्लारेरउत्ताउला हर्कत अशोभनीय छँदै छन् तर आफ्ना पाखण्डपूर्ण मिहिनेतबाट तयार भएको सामाजिक लफङ्गाहरूको अल्लारे उत्ताउलो समुदायले अरु कसैलाई नेता मानेर आफ्नै विरुद्ध नारा लगाउन थालेपछि सत्ता गठबन्धन झस्किएको छ,’ उनले लेखेका छन्, ‘रविरबालेनहरूको उखरमाउलोलाई यस्तो राष्ट्रिय खतरा देखाउन खोजिँदैछ जसमा सत्ताधारीका पाप पखाल्न पाइयोस् ।’
सत्ताधारीहरू चन्द्र–सूर्य रहेसम्म मुलुकको बेरोजगारी र कुशासनमाथि आफ्नो शासन सुरक्षित रहोस् तर प्रश्न नउठोस् भन्ने चाहिरहेको भन्दै भुसालले वर्तमान राजनीतिले प्रायश्चित नगर्दासम्म गणतन्त्रलाई झस्काइरहने उल्लेख गरेका छन् ।
‘यिनीहरू चाहन्छन्–चन्द्र–सूर्य रहेसम्म मुलुकको यही बेरोजगारी र कुशासनमाथि आफ्नो शासन सुरक्षित रहोस् तर यिनीहरूमाथि प्रश्न नउठोस् । वस्तुतः हाम्रो राजनीतिले प्रायश्चित्त नगर्दासम्म विद्रुप सपनाको ऐँठनले हाम्रो गणतन्त्रलाई झस्काइरहने छ । हामीले यिनीहरूको पाप बोकिरहनु र मुलुकको वास्तविक जीवनमा लोकतन्त्र आउनु असम्भव छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: