बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हरेको भन्दै यसले समाधान नदिने बताएका छन् । नेकपा एमालेले शुक्रबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।
उनले वार्ताका लागि सरकारले बोलाइसकेकाले शिक्षकहरू सडकमा गएर प्रदर्शन गर्नु नपर्ने बताए । ‘समस्याहरू छन्, तर सडक प्रदर्शनमा जानु पर्थेन,’ ओलीले भने, ‘शिक्षकहरूले आफ्नो हित मात्रै हेरेर हुन्न, राष्ट्रको हित र आर्थिक अवस्था पनि हेर्नुपर्छ, भावनामा बगेर समाधान हुँदैन ।’
प्रधानमन्त्रीले उपयुक्त शिक्षा ऐन छिटै ल्याउने बताए । अस्थिरता दोहोरिन नदिन र देश बनाउन कांग्रेस र एमाले मिलेर सरकार बनाएको दावी गरेका ओलीले वर्तमान सरकार कसैले चाहँदैन नढल्ने बताए ।
प्रधानमन्त्री ओलीले आफू र नेकपा एमालेलाई बद्नाम गर्न सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको दावी गर्दै त्यस्ता भ्रम तोड्न सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिए । उनले सबै अफवाहहरूको जवाफ मिसन ८४ ले दिने दावी गरे ।
‘अफवाह फैलाउन लेख्ने, प्रचार गर्ने, नक्कली भिडियो बनाउने, एआईको प्रयोग गरेर बद्नाम गर्ने प्रयास भइरहेको छ,’ ओलीले भने, ‘अलोकप्रिय भयो भनेर कुप्रचार र हल्ला गरेका छन्, यी सबै विषयमा अहिले धेरै बोल्न चाहन्न, सबै कुराको जवाफ मिसन ८४ ले दिन्छौं ।’
प्रधानमन्त्री ओलीले संविधान बनेपछि देश विकासको मार्गमा अघि बढेको बताउँदै वर्तमान सरकार त्यसै मार्गलाई अझ तीव्र बनाउने दिशामा केन्द्रित रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: