काठमाडौं । भारतको दिल्ली विमानस्थलमा विमान अवतरण गरेपछि एअर इन्डिया एक्सप्रेसका पाइलटको अचानक मृत्यु भएको छ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटले अन्य औपचारिकता पूरा गरिरहेको बेला यो घटना भएको हो ।
स्रोतकाअनुसार श्रीनगर–दिल्ली उडान अवतरण गरेलगत्तै पाइलट अरमानलाई असहज भएको थियो । केही समयपछि उनी बेहोस भए । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर डाक्टरहरूले उनलाई मृत घोषित गरे ।
मृत्युको कारण खुल्न सकेको छैन । शवको पोस्टमार्टम भएपछि मात्र कारण खुल्ने प्रहरीले जनाएको छ । अरमानका सहकर्मीहरूले भने, “उनले अवतरणपछि ककपिट भित्र बान्ता गरे ।” अरमानले हालै विवाह गरेका थिए ।
अनावश्यक रूपमा अनुमान नगर्न एअरलाइन्सको अपिल गर्दै एअर इन्डिया एक्सप्रेसले घटनाप्रति दुःख व्यक्त गरेको छ । “यो कठिन समयमा हामी शोकसन्तप्त परिवारलाई सबै सम्भव सहयोग प्रदान गरिरहेका छौं,” कम्पनीले भन्यो, “कृपया यस समयमा हाम्रो गोपनीयताको सम्मान गर्नुहोस् र कुनै पनि अनावश्यक अनुमान नगर्नुहोस् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: