Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

चीनमा ५० किलोभन्दा कम तौल भएकालाई उडाउन सक्ने तीव्र हावा, चाँडै घर फर्कन आग्रह

खबरडबली संवाददाता

काठमाडौं । चीनको उत्तरी भेगमा बसोबास गर्ने मानिसहरूलाई तीव्र हावाको चेतावनीको कारणले गर्दा चाँडै घर फर्कन भनिएको छ । साथै, विद्यालयहरूमा कक्षाहरू पनि स्थगित गरिएको छ । 

बीबीसीकाअनुसार बाहिरी कार्यक्रमहरू पनि रद्द गरिएका छन् । लाखौं मानिसहरूलाई घर भित्रै बस्न आग्रह गरिएको छ । हावा यति तीव्र छ कि ५० किलोग्रामभन्दा कम तौल भएका मानिसहरूलाई ‘सजिलै उडाएर लैजान’ सक्ने राज्य सञ्चारमाध्यमले चेतावनी दिएका छन् ।

मङ्गोलियाबाट दक्षिणपूर्वतिर चिसो हावा बहने भएकाले शुक्रबारदेखि आइतबारसम्म बेइजिङ, तियानजिन र हेबेई क्षेत्रका अन्य भागहरूमा प्रतिघण्टा १५० किलोमिटरसम्मको हावा चल्ने अनुमान गरिएको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले प्रभावित क्षेत्रका जनतालाई घर भित्रै रहन र बाहिर हुँदा अग्ला भवनहरू, होर्डिङ बोर्डहरू, अस्थायी संरचनाहरू र रूखहरू मुनि नबस्न सल्लाह दिएको छ ।

चीनले आँधीबेहरीको लागि अरेन्ज चेतावनी जारी गरेको यो एक दशकमा पहिलो पटक हो । शनिबार तीव्र हावा चल्दा बेइजिङमा २४ घण्टा भित्र तापक्रम १३ डिग्री सेल्सियसले घट्ने अनुमान अधिकारीहरूले गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending