Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

संविधान घोषणसँगै धनकुटाबासी उत्साहित, साताव्यापी विजय उत्सव मनाइने

\"dipawoli-400\"धनकुटा । संविधानसभाबाट नेपालको संविधान घोषणा भएसँगै धनकुटा जिल्लावासी हर्षित र उत्साहित भएका छन् । आइतबार साँझ नयाँ संविधान घोषणा भएसँगै नेपाली काङ्ग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, राप्रपा लगायतका राजनीतिक दलले स्वागत गरेका छन् । संविधानसभाबाट इतिहासमै पहिलोपटक जनचाहना अनुरुपको संविधान जारी भएकोमा नागरिकहरूले खुसियाली मनाउँदै साँझ घरघरमा दिपावली गरेका छन् । जनताले चुनेका व्यक्तिबाट संविधान बनाउन सफल भएकाले नेपालको संविधान स्वागतयोग्य रहेको नागरिक समाज धनकुटाका अध्यक्ष दोर्णप्रसाद गुरागाँईले बताए । उनले पहिलो संविधानसभाबाट संविधान दिन नसकेको भएपनि दोस्रो संविधानसभाबाट नागरिकले संविधान पाउन सफल भएको भन्दै जनताबाट निर्वाचित बहुमत सभासदको उपस्थितिमा जारी गरेकाले यसलाई सबैले स्वागत गर्नुपर्ने बताए । संविधानसभाबाट अत्याधिक मतले नयाँ संविधान पारित भई आइतबार जारी भएपछि धनकुटामा साताव्यापी रुपमा विजय उत्सव मनाउन थालिएको छ । असोज ३ गते आइतबारदेखि असोज ९ गतेसम्म दिपावली, खुसियाली र्र्याली र सभाको आयोजना गरि मनाइन थालिएको हो । जसमा ३ गते सदरमुकामस्थित मदन चोक, भीमनारायण चोक र चुवाको बोट जस्ता मुख्य चोकमा दिपावली गरिएको छ । असोज ४ गते धनकुटा बजारमा खुसियाली र्याली र चुवाको बोटमा सभाको आयोजना गरिएको छ । यस्तै ५ गते पाख्रिबासमा संयुक्त सभा, ६ गते सिंधुवा बजार र आँखिसल्लामा संयुक्त सभा, ८ गते जीतपुर बजार र मुढेबासको टोक्रोम्वामा र ९ गते मौनाबुधुक राजारानी क्षेत्रको राजारानी बजारमा खुसियाली सभाको आयोजना गरिएको विजय उत्सव व्यवस्थापन समितिका संयोजक टंक चौहानले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending