Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज

तस्बिर : बद्री थापा
खबरडबली संवाददाता

काठमाडाैं । ‘एच्यु हेयर  ओयल  ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’को उपाधि विराटनगरकी ब्युटिसियन सुमित्रा खवासले चुमेकी छिन् । बिहीबार अबेर साँझ ललितपुरको च्यासल स्थित ज्यापु एकेडेमी भवनमा सम्पन्न यो प्रतियोगितामा शीर्ष उपाधिसहित सुमित्राले २५ हजार रुपैयाँ र विभिन्न पुरस्कार समेत प्राप्त गरेकी छिन् । उनले भिवर्स च्वाईस र इन्टेलिजेन्ट ब्युटिसियनको अवार्ड पनि चुमिन् ।

‘एच्यु हेयर वेयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’ लागि २२ जना चयन भएको विभिन्न चरणको प्रतिस्पर्धापछि फाइनल राउन्डको लागि १५ जना चयन भएका थिए । उनीहरू बिचको प्रतिस्पर्धामा धादिङकी ब्युटिसियन सुजिता अधिकारीले १५ हजार रुपैयाँसहित फस्ट रनर अपको उपाधि र विभिन्न उपहार जितिन् । उनले ट्यालेन्ट ब्युटिसियनको अवार्ड पनि हासिल गरिन् । १० हजार रुपैयाँसहित सेकेन्ड रनर अपको उपाधि धरानकी ब्युटिसियन स्मृति सुब्बाले प्राप्त गरिन् । स्मृतिले वेस्ट ड्रेस र वेस्ट क्याटवाकको उपाधि पनि हासिल गरिन् ।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.द्धारा आयोजित ‘एच्यु हेयर  ओयल  ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’मा थर्ड रनरअपसहित वेस्ट मेकअव अवार्ड रचना बज्राचार्यले, पब्लिक च्वाईस र मष्ट ब्युटिफुल अवार्ड रविना ठकुरीले म्यानेजमेन्ट च्वाईससहित वेस्ट नेलआर्ट अवार्ड रोशनी पुजारीले हासिल गरे ।
सो प्रतिस्पर्धामा मष्ट डिसिप्लेन अवार्ड निशा रजकले, वेस्ट मेहन्दी आर्ट अवार्ड स्नेहा चौधरीले, मष्ट फोटोजेनिक अवार्ड दुर्गा सुवेदीले, वेस्ट फिगर अवार्ड सुजिता दयालले, वेस्ट आई अवार्ड सपना रसाइलीले, वेस्ट हेयर स्टाईलिष्ट अवार्ड अञ्जली चौधरीले, मष्ट स्मार्ट अवार्ड रेशु आचार्यले, मष्ट इन्नोसेन्ट अवार्ड मनसरा राईले र हेल्दी हेयर अवार्ड निर्मला पौडेलले प्राप्त गरे ।
जयन सुब्बा मानन्धरको कोरियोग्राफी, कस्मोलोजिस्ट परिषी कारंजितको संयोजन एवम् यस प्रतियोगिताको पहिलो सिजनको विजेता एवम् गायिका सरिता भारतीको व्यवस्थापनमा यो प्रतियोगिता भएको थियो । प्रतियोगिताको ग्रान्ड फिनालेको निर्णायकमा गणेशमान सिंह प्राविधिक शिक्षालयका प्रिन्सिपल डिएन पराजुली, अभिनेता यसराज गराच, फेशन डिजाइनर तथा पूर्व मिसेस् युनिभर्स नेपाल मनीषा डंगोल श्रेष्ठ, अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर अश्विनी कान्त, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक विमला मानन्धर र अग्रज ब्युटिसियन निशा शाक्य थिए ।
कार्यक्रममा प्रमुख अतिथि अग्रज अभिनेता भुवन केसीले विलक्षण क्रियसन र रोज ब्युटी एकेडेमीले ब्युटिसियनहरुको लागि यो एउटा महत्त्वपूर्ण कार्यक्रम गर्दै आएको बताए । उनले विजेताहरूलाई बधाई ज्ञापन गर्दै मेकअप आर्टिस्टकै कारण आफूहरू पर्दामा राम्रो देखिँदै आएको बताए ।
आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् अग्रज ब्युटिसियन सोनी कारंजितले ब्युटिसियनहरुको व्यक्तित्व विकासको लागि विगत ८ वर्षबाट नियमित रूपमा यो प्रतियोगिता आयोजना गर्दै आएको बताइन् ।
अर्का आयोजक एवम् विलक्षण क्रियसन प्रा.लि.का अध्यक्ष तथा पत्रकार, गीतकार डब्बु क्षत्रीले सबैलाई धन्यवाद ज्ञापन गर्दै यो प्रतियोगितामा सहभागी भएर धेरै जना व्युटिसियनहरुको जीवनमा परिवर्तन आएको बताए ।
अग्रज अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलले पनि कार्यक्रममा विजेताहरूलाई शुभकामना दिँदै यो कार्यक्रम ब्युटिसियनहरु का लागि  आउँदा दिनमा निरन्तर अघि बढाउनु पर्छ भनिन् ।
विभिन्न सांगीतिक प्रस्तुति सहित भएको यो कार्यक्रममा अग्रज संगीतकार एवम् बाँसुरी वादक सुशील कुमार विश्वकर्मा, अग्रज चलचित्र निर्देशक सुचित्र श्रेष्ठ, अग्रज सञ्चारकर्मी जानुका बराल, अग्रज नृत्य निर्देशक केशव कोइराला, गायक नवीन कुमार पौडेल र फेशन डिजाइनर सञ्चिता बराल सो कार्यक्रमका सम्मानित भए । यस्तै ब्युटिसियन क्षेत्रबाट अग्रज ब्युटिसियनहरु सनम खड्गी, हिरा राई र अनिषा तामाङ सम्मानित भएका थिए ।
कार्यक्रममा यो मन त मेरो नेपाली होका अभिनेता रोशन श्रेष्ठले चलचित्रको शीर्ष गीतमा आफ्नो प्रस्तुति दिएका थिए । यस्तै अग्रज गायिका सत्यकला राई, गायकहरु डेभिड शंकर, ओम सुनार, सानुबाबु महर्जन, नारायण थापा, रमेश पाठक, नवीन कुमार पौडेलले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याएका थिए । कार्यक्रमका नृत्य निर्देशक कृष्ण रसाल र मोडल शिला गजुरेलले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर दर्शकलाई आफूसँगै नचाएका थिए ।
एच्यु हेयर ओयलको मुख्य प्रायोजनमा सम्पन्न यस कार्यक्रमको  सपोर्टरमा जाभिरा कस्मेटिक, किम्बो केराटिन, अक्सिग्लो, स्किन भिटा, नेप्लिज फेशन होम, चिरायु डेन्ट केयर, डि भ्याली रेस्टुरेन्ट एन्ड बार, खल्ती एप, भेल्भेट औरा, सिस्टर बुटिक, लन्डन फेशन हाउस, हिमालयन ब्रुअरी, कपाकस्मिरी सललगायत थिए । कार्यक्रमलाई सेसेमी लिम्बुले सञ्चालन गरेकी थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending