काठमाडौं । काठमाडौं र ललिपुरका विभिन्न ठाउँमा आज पाँच घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर काठमाडौं र ललितपुरका विभिन्न वितरण केन्द्रका विभिन्न फिडरअन्तर्गका स्थानहरूमा शनिबार विद्युत अवरूद्ध हुने जनाएको छ ।
काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको थानकोट फिडर अन्तर्गत पर्ने नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङ क्षेत्रमा विद्यत पोल स्थानान्तरण कन्डक्टर स्तरोन्नति गर्नका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ ।
काठमाडौंकै रत्नपार्क वितरण केन्द्रको दरबारमार्ग फिडरअन्तर्गत जमलपुल अगाडी, विश्वज्योति हल एरिया, यलो पगोडा, अन्नपुर्ण होटेल भित्रसम्म, निर्वाचन आयोग अगाडिसम्म बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
ती क्षेत्रमा भूमिगत तार बिच्छ्याउनका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै ललितपुरको लगनखेल वितरण केन्द्रको इमाडोल २ फिडर अन्तर्गत पर्न ग्वार्को, इमाडोल, कृष्णमन्दिर, ढुंगेसागुँ, बोजेपोखरी, टिकाथली, नर्कटे, लुभ, चाँगाथली क्षेत्रमा दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
लगनखेल वितरण केन्द्रकै जावलाखेल फिडर अन्तर्गत जावलाखेल, कुमारिपाटि, नटोल क्षेत्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै लगनखेल वितरण केन्द्रकै रिङरोड फिडर अन्तर्गत जिल्ला प्रशासन कार्यालय ललितपुर, एभिएम चोक, कुसुन्ति, कान्तिपुर कोलोनि, नखिपोट, शिवचोक, चुम्लुङ्ग भवन लगायतका क्षेत्रमा ११ बजेदेखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ । तोकिएको काम निर्धारित समयअगावै सम्पन्न भए तोकिएको समयभन्दा अगाडि विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: