काठमाडौं । राजावादी प्रदर्शनका क्रममा भाटभटेनीमा स्याउ, सुुन्तला र रक्सी चोर्ने धमाधम छुट्न थालेका छन् । भाटभटेनी लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट रिहा हुन थालेका हुन् ।
चैत १५ गते राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरबाट स्याउ, रक्सी, लत्ताकपडा, कोल्डड्रिंक्स चोर्नेहरूलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न मितिमा पक्राउ गरेको थियो ।
उनीहरू विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइएको थियो । सोही ऐनअनुसार मुद्दा चलाइएका अन्य कसुरदार भने प्रहरी हिरासतमै रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: