Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८२ बिहीबार | 24th April, 2025 Thu
Investment bank

प्रत्येक वर्ष बैशाख १ गते मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौठो फूल

खबरडबली संवाददाता

उदयपुर । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र ?  त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको संख्या हजारौ हजार हुन्छन ।

इसाको छैटौँ सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल बैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलित मध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रिय स्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख के को हो ? कसरी यतिका दिनसम्म बाँचि रहेका छन् ? यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ ।

मधेश प्रदेश अन्तर्गत पूर्वपश्चिम लोकमार्र्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्र देखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन अर्थात बैशाख एक गते त्यो दुर्लभ फूल फुल्ने गर्दछन् । हारम जातका बिशाल रूखमा एक्कासी फूल फुल्नु र बैशाख १ गते साँझपख स्वतः ओइलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ । सलहेश को थिए ? सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ ? यो जान्नलाई पौराणिककालमा फर्किनु पर्ने हुन्छ ।

लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्ला अन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो भनिन्छ । आफना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् भनिन्छ । सलहेशलाई मनमनै ह्दयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा बैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोही दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहि आएको स्थानीयबासीको भनाई रहेको छ ।

राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, बिराटपुर, त्रिवेणी धाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन् । बैशाखको पहिलो दिन फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछन् । जुन फूल हेर्न देश–विदेशबाट हजारौको संख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । भनिन्छ सलहेश एकै दिनमा मानिस दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे ।

मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेम विछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहि आएकाले यस फूलबारी भित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको पाइन्छ । भनिन्छ, युवायुवती बीचको प्रेमकथालाई जीवन्तता प्रदान गर्न फूलबारीमा रहेको सो रूखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास अनुरुप प्रत्येक वर्ष सो फूलबारीमा विवाह गर्नेको संख्या बढदै गएको स्थानीयबासीहरुको भनाई रहेको छ । वर्षेनी फुलबारी मेला हेर्न आउने आन्तरिक पर्यटकको सख्या बृद्धि हुदै गई रहेको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई किलो चरेससहित होटेल सञ्चालक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा दुई किलो चरेससहित प्रहरीले एक जना होटल सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ को बंकमा रहेको डिलासैनी...

शिक्षकका माग सम्बोधन गर्न जिम्मेवार भूमिका निर्वाह गर्न सांसदलाई प्रचण्डको निर्देशन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको स...

छात्रालाई यौन दुर्व्यवहार गर्ने निजी विद्यालयका शिक्षक पक्राउ

संखुवासभा  । छात्राबासमा बस्ने छात्रालाई यौ दुर्व्यवहार गरेको आरोपमा संखुवासभाको एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्।  सदरमुकाम खाँदबारीस्थि...

एकै दिनमा १५ जना फरार प्रतिवादी पक्राउ, अभियान प्रभावकारी

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना प्रतिवादी लाई पक्राउ गरेको छ।   जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको ...

नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा विश्वकर्मा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन विश्वकर्मा चयन भएका छन् ।  सम्पर्क समन्वय समितिको दोस्रो अ...

ओलीको निशानामा कान्छारामः राज्यमन्त्री पद खुस्कियो

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पदमुक्त भएका छन् ।  बुधबार राज्यमन्त्री तामाङलाई प्रधानमन्त्री ओलीले ब...

‘गलत समाचार लख्ने’ प्रधान सम्पादकलाई बयानमा बोलाउन सर्वोच्चको आदेश

काठमाडौ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सम्बन्धमा गलत समाचार लेखेको भन्दै दायर भएको अदालतको अवहेलना मुद्दामा प्रधान सम्पादकलाई बयानका लागि बोल...

कक्षा १२ को नयाँ रुटिन सार्वजनिक, कुन विषय कुन दिन ? (तालिका सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ...

एक हप्ताभित्र जुत्ता, चप्पल र औषधिमा एमआरपी राख्न सरकारको निर्देशन

काठमाडौं । सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता...

तीनकुनेमा बन्दुक खोस्ने युवक भन्छन्ः भिडमा कसले लग्यो पत्तै भएन

काठमाडौं । तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा खोसिएको बन्दुक अझै फेला पर्न सकेको छैन । बन्दुक खोस्ने युवकलाई पहिचान गरेर पक्राउ गरिए पन...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending