Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

२०८२ सालमा कुन मिहनामा कति सार्वजनिक बिदा ?

खबरडबली संवाददाता

काठमाडौं । नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व एवम् दिवसका बिदा हुने छन् ।

दशैंमा सात दिन र तिहारमा पाँच दिन समेत गरी विभिन्न पर्वहरुको बिदा २८ दिन हुने छ । यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ ।

ती बाहेक विभिन्न पालिकाहरुले स्थान विशेष मनाइने चाडपर्वको बिदा दिन पाउने छन् । साथै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैंले दिन सक्ने छन् ।

हेर्नुहोस् २०८२ सालका चाडपर्व र दिवसको बिदा

वैशाख

वैशाखमा चार दिन शनिबारको बिदा छ । त्यसबाहेक नयाँ वर्षको अवसरमा वैशाख १ गते र वैशाख १८ गते विश्व मजदुर दिवसको बिदा छ । चण्डी पूर्णिमा ९वैशाख पूर्णिमा०, बुद्ध जयन्ती, राई, लिम्बू, याक्खा, सुनुवार लगायतका किराँत समुदायको उभौली पर्वको अवसरमा वैशाख २९ गते पनि सार्वजनिक बिदा छ ।

जेठ

जेठ महिनामा पाँच दिन शनिबारको सार्वजनिक बिदा छ । त्यसबाहेक जेठ १५ गते गणतन्त्र दिवसको एक दिन बिदा छ ।

असार

असारमा चार दिन सार्वजनिक बिदा छ । त्यसबाहेक असार महिनामा एक दिन पनि सार्वजनिक बिदा छैन ।

साउन

साउनमा पाँच दिन शनिबारको बिदा छ । २४ गते शनिबारकै दिन रक्षाबन्धन तथा जनैपूर्णिमा परेको छ ।

साउन २५ गते आइतबार गाईजात्रा पर्वको बिदा छ । यस दिन काठमाडौं उपत्यकामा मात्र बिदा हुने छ । ३१ गते श्रीकृष्ण जन्माष्टमी पर्व पनि शनिबार नै परेको छ ।

भदौ

भदौमा चार शनिबार परेका छन् । भदौ ७ गते शनिबारको दिन बुवाको मुख हेर्ने दिन परेको छ । १० गते हरितालिका ९तीज०को दिन महिला कर्मचारीहरुलाई मात्र बिदा हुने छ ।

भदौ १५ गते गौरा पर्व र भदौ २१ गते इन्द्रजात्रा परेका छन् । इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र बिदा हुने छ । ३० गते जितिया पर्व परेको छ । यस दिन जितिया पर्व मनाउने महिलाहरु कर्मचारीहरुलाई मात्र बिदा हुने छ ।

असोज

असोज महिनामा चार शनिबार परेका छन् । असोज ३ गते शुक्रबारको दिन संविधान दिवसको बिदा छ ।

असोज ६ गतेदेखि नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ । यस दिन घटस्थापना परेको छ ।

त्यसपछि असोज १३ गते सोमबारको फूलपातीदेखि असोज १८ गते शनिबारसम्म दशैं बिदा छ । १६ गते दशैंको टीकाको दिन छ ।

कात्तिक

कात्तिक महिनामा पाँच शनिबार परेका छन् । १ गते शनिबार तिहारको धनतेरसको दिन परेको छ । २ गते आइतबार काग तिहार छ । ३ गते काग तिहारको एक दिन कार्यालयहरु खुले पनि ३ गतेदेखि ७ गतेसम्म तिहार बिदा छ । ६ गते भाइटीकाको दिन परेको छ । त्यसपछि कात्तिक १० गते छठ पर्वको बिदा हुने छ । कात्तिक २५ गते फाल्गुनन्द जयन्ती छ । यस दिन किराँत धर्मावलम्बीका लागिमात्र बिदा हुने छ ।

मंसिर

मंसिर महिनामा चार दिन शनिबारको बिदा हुने छ । मंसिर १७ गते धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस परेको छ । मंसिर १८ गते ज्यापु दिवसको बिदा छ ।

पुस

पुसमा चार शनिबार परेका छन् । पुस १० गते इसाई धर्मालम्बीको पर्व क्रिसमस डेको बिदा छ । यसैगरी पुस १५ गते मंगलबार तमू ल्होछार र पुस २७ गते आइतबार पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको बिदा छ ।

माघ

माघ महिनामा चार शनिबार परेका छन् । १ गते माघी पर्व अर्थात् माघे संक्रान्तिको दिन सार्वजनिक बिदा हुने छ । यसैगरी माघ ५ गते सोनम ल्होछार, ९ गते सरस्वती पूजा र १६ गते शहीद दिवस परेको छ ।

फागुन

फागुन महिनामा ५ शनिबार परेका छन् । २ गते शनिबार र ३ गते महाशिवरात्रिको बिदा हुने छ ।

फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस छ । यसैगरी १८ गते हिमाली र पहाडी जिल्लामा होली पर्वको बिदा छ । १९ गते तराई मधेशका जिल्लामा होलीको बिदा हुने छ । त्यसपछि फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस ९मार्च ८० को सार्वजनिक बिदा हुने छ ।

चैत

चैतमा चार शनिबार परेका छन् । चार गते घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा छ । चैत १३ गते शुक्रबार रामनवमीको बिदा हुने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending