Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

धनगढीमा कफ्र्यु आदेश जारी

\"kailali_district\"धनगढी । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी  जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्रमा आज दिउँसो ११ बजेदेखि अपराह्न ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । सुरक्षाका कारण भन्दै नगर क्षेत्रमा आइतबार दिउँसो ११ बजेदेखि अपराह्न ४ः३० बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । यसैगरी, चौबीस घन्टे निषेधाज्ञा लाग्दै आएको टीकापुर नगरपालिका र भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका गाविस क्षेत्रमा आज बिहान ५ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यी क्षेत्रमा अन्य समयमा भने निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र यथावत् रहने जनाइएको छ । कैलालीको टीकापुरमा भदौ ७ गते भएको हिंसात्मक घटनापछि टीकापुर नगरपालिका, भजनी–त्रिशक्ति नगरपालिका तथा आसपासका गाविस क्षेत्रमा र सदरमुकाम धनगढीमा लगातार स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै आएको छ । विज्ञप्तिमार्फत स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यान दिई संविधान जारी भएको खुसियालीमा ठूला दलहरुले आज कैलालीको लम्की, सुखड अत्तरियालगायतका क्षेत्रमा गर्ने भनिएको ¥यालीको आयोजना नगरी जिल्लाको सुरक्षा व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरेको छ । स्थानीय प्रशासनले कैलाली जिल्लामा सुरक्षा व्यवस्थापन सुदृढ र चुस्त बनाउन दुई दिनदेखि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्दै आएको छ । आफूहरुका माग संविधानमा नसमेटिएको भन्दै असन्तुष्ट रहेको थरुहट÷थारुवान सङ्घर्ष समितिले निषेधित क्षेत्रबाहेकका ठाउँमा दिनहुँ विरोध सभा र प्रदर्शन गर्दै आएको छ । सिलिन्डर विस्फोट कैलाली जिल्लाको पूर्वी सीमा क्षेत्रको चुहा–लम्की नगरपालिका वडा नं २ को थकालीपुर गाउँमा आज बिहान सिलिन्डर विस्फोटन भएको छ । गाउँको सडक छेउमा मनकामना ग्यासको सिलिन्डर विस्फोट गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक जगन्नाथ खनालले बताउनुभयो । घटनामा मानवीय क्षति हुन नपाएको खनालले बताउनुभयो । आइतबार जारी भएको नेपालको संविधानप्रति विरोध दर्शाउन विस्फोटन गराएको हुन सक्ने अनुमान गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending