Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

धनगढीमा कफ्र्यु आदेश जारी

\"kailali_district\"धनगढी । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी  जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्रमा आज दिउँसो ११ बजेदेखि अपराह्न ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । सुरक्षाका कारण भन्दै नगर क्षेत्रमा आइतबार दिउँसो ११ बजेदेखि अपराह्न ४ः३० बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । यसैगरी, चौबीस घन्टे निषेधाज्ञा लाग्दै आएको टीकापुर नगरपालिका र भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका गाविस क्षेत्रमा आज बिहान ५ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यी क्षेत्रमा अन्य समयमा भने निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र यथावत् रहने जनाइएको छ । कैलालीको टीकापुरमा भदौ ७ गते भएको हिंसात्मक घटनापछि टीकापुर नगरपालिका, भजनी–त्रिशक्ति नगरपालिका तथा आसपासका गाविस क्षेत्रमा र सदरमुकाम धनगढीमा लगातार स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै आएको छ । विज्ञप्तिमार्फत स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यान दिई संविधान जारी भएको खुसियालीमा ठूला दलहरुले आज कैलालीको लम्की, सुखड अत्तरियालगायतका क्षेत्रमा गर्ने भनिएको ¥यालीको आयोजना नगरी जिल्लाको सुरक्षा व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरेको छ । स्थानीय प्रशासनले कैलाली जिल्लामा सुरक्षा व्यवस्थापन सुदृढ र चुस्त बनाउन दुई दिनदेखि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्दै आएको छ । आफूहरुका माग संविधानमा नसमेटिएको भन्दै असन्तुष्ट रहेको थरुहट÷थारुवान सङ्घर्ष समितिले निषेधित क्षेत्रबाहेकका ठाउँमा दिनहुँ विरोध सभा र प्रदर्शन गर्दै आएको छ । सिलिन्डर विस्फोट कैलाली जिल्लाको पूर्वी सीमा क्षेत्रको चुहा–लम्की नगरपालिका वडा नं २ को थकालीपुर गाउँमा आज बिहान सिलिन्डर विस्फोटन भएको छ । गाउँको सडक छेउमा मनकामना ग्यासको सिलिन्डर विस्फोट गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक जगन्नाथ खनालले बताउनुभयो । घटनामा मानवीय क्षति हुन नपाएको खनालले बताउनुभयो । आइतबार जारी भएको नेपालको संविधानप्रति विरोध दर्शाउन विस्फोटन गराएको हुन सक्ने अनुमान गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending