Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकको संख्या बढ्दै

फइल तस्विर
खबरडबली संवाददाता

मुस्ताङ ।  वि.सं. २०८१ मा चार हजार एक सय ३६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्। यस अवधिमा सार्क राष्ट्रका दुई सय ३० जना र अन्य मुलुकका तीन हजार नौ सय छ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङले जनाएको छ।

कार्यालय प्रमुख उमेश पौडेलका अनुसार एक वर्षमा ७२ राष्ट्रका पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन्। सबैभन्दा बढी असोज महिनामा सात सय ३४ जना र सबैभन्दा कम माघ महिनामा ३० जना पर्यटकले यहाँको भ्रमण गरेका छन्।

अघिल्लो वर्ष विसं २०८० मा तीन हजार छ सय १३ जना विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए। त्यस अवधिमा सार्क राष्ट्रका ५२ र अन्य मुलुकका तीन हजार पाँच सय ६१ जनाले भ्रमण गरेका थिए। विसं २०८० को अनुपातमा विसं २०८१ मा पाँच सय १३ जना अर्थात् १२ दशमलव ६४ प्रतिशत बढी पर्यटक संख्या वृद्धि भएको एक्यापका कार्यालय प्रमुख पौडेलले जानकारी दिए।

सडक यातायात सहज भएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन वृद्धि हुन थालेको उनले बताए। मुस्ताङ जिल्लामा भित्रिने कुल विदेशी पर्यटक संख्याको करिब चार प्रतिशत मात्रै उपल्लो मुस्ताङ पुग्ने गरेको पौडेलले बताए।

२७ करोडभन्दा बढी राजस्व संकलन

उपल्लो मुस्ताङबाट गत वर्ष पर्यटक रोयल्टी शुल्कवापत २७ करोड २९ लाख रुपैयाँ राजस्व संकलन भएको छ। चालु वर्षको विदेशी मुद्राको औसत नेपाली मुद्रा अनुमानमा सरकारले उक्त राजस्व संकलन गरेको हो।

चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा सूचीकृत गरेको छ। सीमा क्षेत्रमा अवान्छित गतिविधि हुनसक्ने भन्दै सरकारले यस क्षेत्रलाई निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा राखेको हो। यसैकारण मुस्ताङ भित्रिएका सीमित पर्यटक मात्रै उपल्लो मुस्ताङ पुग्ने गरेका छन्।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमाथिको क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रमा राखेको छ। तल्लो मुस्ताङका दुई गाउँपालिका, बारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ र कागबेनीसम्म पुग्नका लागि एक्यापले लिने प्रवेशआज्ञा शुल्कबाहेक अन्य शुल्क पर्यटकले बुझाउनुपर्दैन तर, कागबेनीदेखि माथि उपल्लो मुस्ताङ जाने पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले १० दिनको प्रवेशआज्ञा अनुमतिस्वरुप पाँच सय डलर शुल्क लिने गरेको छ।

सरकारलाई शुल्क बुझाएर अनुमति लिएका विदेशी पर्यटकले १० दिन कटेपछि दैनिक ५० डलरका हिसाबले अतिरिक्त शुल्क बुझाउनुपर्ने प्रावधान छ। उपल्लो मुस्ताङको प्रवेश शुल्क महँगो भएकै कारण यहाँ विदेशी पर्यटकको उपस्थित न्यून भएको स्थानीय पर्यटन व्यवसायीको गुनासो छ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले यस क्षेत्रलाई निषेधित क्षेत्रको सूचीमा राख्दा पर्यटकीय हिसाबले समस्या भएको बताए।

सरकारले विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेवापत उठाउने राजस्वको कम्तीमा यसबाट पर्यटन व्यवसायीलाई मार परेको उनले बताए।

‘सीमा क्षेत्र हो, सुरक्षाको हिसाबले निषेधित क्षेत्रमा राखिनु गलत होइन तर निषेधित क्षेत्रले यहाँको पर्यटन चलायमान हुन सकिरहेको छैन, यसैकारण यहाँका युवा जति विदेशपलायन हुन थालेका छन्,’ अध्यक्ष विष्टले भने।

उपल्लो मुस्ताङको पृथक भूगोल, ऐतिहासिक धर्मसंस्कृति, रहनसहन र मौलिकता अवलोकन गर्न विदेशी पर्यटक यहाँ आउने गरेको छन्। यहाँ तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो पृथक धर्मसंस्कृति र परम्परा विद्यमान छ।

लोमान्थाङमा सातौँ शताब्दीमा बनेको ऐतिहासिक लोमान्थाङ दरबार छ। त्यहाँका गुम्बा, माने, छोर्तेन पर्यटक आर्कषणका आधार हुन्। लोघेकर दामोदरकुण्डको मराङमा सातौँ शताब्दीमा निर्मित लोघेकर (घर) गुम्बा छ। उक्त गुम्बा गुरु पद्यसम्भवसँग सम्बन्धित छ।

यहाँ पुगेपछि लुरी गुम्बा, चराङ गुम्बा, ढाक्मरमा रातो पहाड, छोसेर गुफा, चिउसी गुफा, मुस्ताङ गेट, विश्वकै अग्लो ठाउँमा रहेको गल्फ खेल मैदानलगायत दर्जनौँ धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा अवलोकन गर्न पाइन्छ। यहाँ बर्सेनि तिजी र यार्तुङ पर्वमा विदेशी पर्यटकको उपस्थित बढी हुने गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending