काठमाडौं । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सञ्चालन हुँदै छ । तर, शिक्षकहरूले परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहभागी नहुने घोषणा गरेकाले छन् । परीक्षा सञ्चालन गर्ने शिक्षकले नै सहभागी नहुने बताएपछि अन्योल भएको छ ।
राष्ट्रिय परीक्षा बोडर्का अध्यक्ष महाश्रम शर्मा यहि गतिमा शिक्षकहरूको आन्दोलन जारी रहेमा परीक्षा प्रभावित हुने बताउँछन् । ‘आन्दोलन रोकिएन भने प्रभावित हुन्छ । परीक्षाको व्यवस्थापन गर्ने नै शिक्षक हो । तर, सरकार र शिक्षकको संवाद निष्कर्षमा पुग्छ भन्ने विश्वास छ’, उनले भने ।
बोर्डले परीक्षाको तयारी पूरा गरेको उनले बताए । ‘बोर्डले तयारी गरेको छ । व्यवस्थापन गर्न पनि भनेका छौं ।विद्यार्थीको भविस्य भनेको हामी सबैको भविष्य हो । कक्षा १२ उच्च शिक्षामा जाने परीक्षा हो ।अन्तर्राष्ट्रिय विषय पनि हो । एक दिन अफ्ट्यारो भ्स्यो भने पनि असर पर्छ’, उनले भने, ‘बोर्डले अनुरोध गरेको छ । सरकार र शिक्षकबीचको संवाद टुंगिन पर्यो ।’
शिक्षकले परीक्षा नरोक्ने उनले विश्वास व्यक्त गरे । ‘आफैंले पढाएको विद्यार्थीको परीक्षा रोक्छौं भन्नु राम्रो होइन । शिक्षकले रोक्नु हुन्छ भन्ने विश्वास छैन’, उनले भने ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार परीक्षा दिने करिब ५ लाख विद्यार्थी छन् । उनले पनि परीक्षा नरोकिने बताए । ‘क्यालेन्डर बनाएर काम गरेका छौं । यो मितिमा परीक्षा हुने एक वर्षअघि नै थाहा थियो । परीक्षा प्रभावित हुँदैन भन्ने विश्वास छ’, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: